20111126

अमेरिकाको न्युयोर्कबाट नेपाली टेलिभिजन प्रशारणमा आउने

- Kishor Panthi - 

 अमेरिकाको न्युयोर्कबाट पहिलो नेपाली टेलिभिजन प्रशारणमा आउने भएको छ । ह्वाइट हिमाल इन्टरटेनमेन्ट इन्कर्पोरेशनले आगामी डिसेम्बर १५ बाट औपचारिक रुपमा टेलिभिजनको प्रशारण आरम्भ गर्ने भएको छ । टेलिभिजनको परिक्षण प्रशारण भने नोभेम्बर २९ बाट गरिने भएको प्रेश वक्तव्यमार्फत जानकारी दिइएको छ । प्रवाशबाट नेपालीहरुकै पहलमा संचालित पहिलो २४ घण्टे नेपाली टेलिभिजनका रुपमा ह्वाइट हिमाल टेलिभिजनले प्रशारण आरम्भ गर्न लागेको हो ।
 ह्वाइट हिमाल टेलिभिजनका अध्यक्ष सावित्रा खड्काले जारी गर्नुभएको वक्तव्यमा नेपाली लगानी र समर्पणमा ह्वाइट हिमाल टेलिभिजनले डिजिटल प्रविधिबाट अमेरिकाको न्युयोर्कमा अवस्थित टाइम्स स्क्वायरबाट सन् २०११ को २९ नोभेम्बर मंगलबारबाट परिक्षण प्रशारण आरम्भ गर्न लागेको जानकारी दिइएको हो । वक्तव्यमार्फत आगामी एकवर्षभित्रै नेपालभित्र रहेका अरु टेलिभिजन च्यानलहरु सरह नेपालीहरुको टेलिभिजन सेटमा पुग्ने पनि घोषणा गरिएको छ । प्रवाशबाट नेपालीहरुकै पहलमा संचालित पहिलो २४ घण्टे नेपाली टेलिभिजनका रुपमा ह्वाइट हिमाल टेलिभिजनले सन् २०११ को
डिसेम्बर १५ देखि नियमित प्रशारण सुरु गर्ने पनि वक्तव्यमा जानकारी दिइएको छ ।

नियमित प्रशारण आरम्भ भइसकेपछि ह्वाइट हिमाल टेलिभिजन अमेरिका र क्यानडा लगायतका क्षेत्रमा टेलिभिजन सेटमा पनि अरु च्यानलहरुसरह नै हेर्न सकिनेछ भने ह्वाइट हिमाल टेलिभिजनको औपचारिक वेभसाइट ह्वाइटहिमाल डट टिभी मार्फत निशुल्क रुपमा विश्वभर नै लाईभ प्रशारण र प्रशारित कार्यक्रमका रेकर्डेड भागहरु पनि हेर्न सकिनेछ । ह्वाइट हिमाल टेलिभिजनको मुख्य भाषा नेपाली रहेपनि निकट भविश्यमा अन्य भाषामा समेत प्रशारण आरम्भ गर्ने टेलिभिजनले जनाएको छ । ह्वाइट हिमाल टेलिभिजनबाट प्रशारण हुने सामाग्री शिक्षामुलक जानकारीमुलक र मनोराजनात्मक हुने समेत अध्यक्ष सावित्रा खड्काले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक