20111218

नयाँ लोकतान्त्रिक, गणतान्त्रिक, के के तान्त्रिक हाम्रो नेपालमा : हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबार देखि हप्ताको ६९ घण्टा लोडसेडिङ हुने, एक दिन १० घण्टा लोडसेडिङ हुने !

फेरि बढ्यो लोडसेडिङ, मंगलबारदेखि हप्तामा ६९ घण्टा
मंगलबारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ हुने भएको छ । मंसिर १९ गतेदेखि हप्तामा ४० घण्टा लोडसेडिङ हुँदै आएकोमा मंगलबारदेखि भने हप्ताको ६९ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइतबार निकालेको नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा लोडसेडिङ हुने छ । हप्तामा एक दिन भने एकै पटक ६ घण्टा लोडसेडिङ हुने छ । प्राधिकरणले पहिले जस्तै नदीहरुमा पानीको बहाव घटेको र विद्युत् उत्पादन कम भएको भन्दै लोडसेडिङको समय बढाउनु परेको जनाएको छ । ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङ गर्ने प्राधिकरणले जानकारी दिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक