20111220

देश प्रचण्ड पथ हुँदै अर्को अधिनायकबाद तर्फ अघि बढ्दै, बुझेनन काङ्रेस र एमालेहरुले, नेपाली जनताका अझै दुर्दिन आउने निश्चित !

माओवादीद्वारा लुटिएका जनताका गाडी माओवादी पार्टीका नाममा दर्ता गर्ने, नेपाली सेनामा ३ हजार मधेसी भर्ना गर्ने बाबुराम सरकारको बिबादास्पद निर्णय, गणतन्त्र र लोकतन्त्रका नाममा हर क्षेत्रमा प्रहार, केही बाँकी नरहने भयो, साढे छ हजार माओवादी अपराधी लडाकु र अब ३ हजार मधेसी एकै चोटि सेनामा मिसाउदा नेपाली सेना पनि लथालिँग हुने निश्चित, प्रचण्डले शक्तिखोरको भिडियोमा जे जे भनेका थिए दिन प्रतिदिन त्यही भैरहेकोछ, देश प्रचण्ड पथ हुँदै अर्को अधिनायकबाद तर्फ अघि बढ्दै, बुझेनन काङ्रेस र एमालेहरुले, नेपाली जनताका अझै दुर्दिन आउने निश्चित !
       
मधेसी मोर्चासँग भएको चार बुँदे सहमति अनुरुप सेनालाई समावेशी बनाउन ३ हजार मधेसीका लागि नयाँ भर्ना खोल्न सरकारले सेनालाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले सेनालाई समावेशी बनाउने नीतिपत्र पारित गर्दै यस्तो निर्देशन दिएको हो। निर्देशन अनुसार अब सेनाले मधेसका मधेसी, आदिवासी जनजाति र दलित समुदायका लागि ३ हजारको भर्ना खोल्ने प्रक्रिया अघि बढाउनु पर्नेछ। सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा (माओवादी) र सरकारमा सहभागी मधेसी दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २ हजार मधेसी र १ हजार मधेसका आदिवासी, जनजाति र दलित समुदायका युवालाई भर्ना गर्ने सहमति भइसकेको छ। माओवादी कै वैद्य पक्षलगायत अन्य प्रतिपक्षी दलहरुले यसको विरोध गर्दै आएका छन्। मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका चार एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय पनि गरेको छ। बढुवा हुनेमा गोपालप्रसाद भण्डारी, हेमन्तलाल ठकुरी, केशव अधिकारी र नेत्रप्रसाद आचार्य रहेका छन्। सूचना प्रविधि आयोग विघटन गरिएपछि प्रधानमन्त्रीकै अध्यक्षतामा राष्ट्रिय सूचना प्रविधि परिषद् गठन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ। यसैगरी एकीकृत नेकपा माओवादीसँग भएका अस्थायी नम्बर प्लेट भएका ९४ गाडीमध्ये ४७ वटा सोही पार्टीको नाममा र बाँकी शान्ति मन्त्रालयको नाममा दर्ता गर्ने निर्णय बैठकले गरेको बैठकपछि सरकारका प्रवक्ता एवं उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक