20111221

परपुरुषससँग सम्बन्ध राखेको आरोपमा पाकिस्तानमा ६ सय ७५ जना महिलाको हत्या, मारिनेमध्ये ७१ जना १८ वर्षमुनिका किशोरी, दुई तिहाइ विवाहित महिला !

पाकिस्तानमा यो वर्ष इज्जत फालेको आरोपमा ६ सय ७५ जना महिलाको हत्या भएको छ । पाकिस्तानी मानव अधिकार आयोगले सन् २०११ को पहिलो ९ महिनामा मात्र ६ सय ७५ जना महिलाको इज्जतको मामिलामा हत्या अर्थात् ‘अनर किलिङ’ भएको जनाएको छ । यसरी मारिने
मध्ये दुई तिहाइ विवाहित महिला रहेका र उनीहरुलाई परपुरुषससँग सम्बन्ध राखेको आरोपमा मारिएको मानव अधिकार आयोगको प्रपतवेदनले औँल्याएको छ । त्यस्तै इज्जत फालेको आरोपमा मारिनेमध्ये ७१ जना १८ वर्षमुनिका किशोरी छन् । आयोगका प्रवक्ताले आफुहरुसँग ६ सय ७५ जना महिलाको मात्र हत्या भएको तथ्यांक रहेपनि अझ धेरै महिला समेत मारिएको हुनसक्ने बताएका छन् । उनले पाकिस्तानमा महिलामाथि हुने अपराधका घटनामा वृद्धि भैरहेको समेत बताका छन् । मानव अधिकार आयोगका अनुसार अघिल्लो वर्ष सन् २०१० मा इज्जत फालेको आरोपमा ७ सय ९१ जनाको हत्या भएको थियो । त्यसमध्ये १ सय जना युवती घरपरिवारको मञ्जुरी बिना बिहे गरेको आरोपमा मारिएका थिए । मानवअधिकार सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टनेशनलले इज्जत फलेको आरोपमा हत्या गर्नेहरुलाई कारबाही गर्न सरकारले कुनै पहल नगरेको भन्दै पाकिस्तानी सरकारको आलोचना गरेको छ । धार्मिक रुपमा यसको कुनै मूल्य नहुने भएपनि सांस्कृतिक कारण देखाउँदै पाकिस्तान, भारत, खाडी मुलुक तथा अफ्रिकी मुलुकहरुमा ‘अनर किलिङ’ हुने गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक