20111227

बँगाली भ्रस्टाचारी ज्वाँई रुबेलकी महा भ्रस्टाचारी सासु सुजाताले भनिन " माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि भ्रष्टीकरणमा लागे"

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल भ्रष्टीकरणमा लागेको आरोप लगाएकी छन्। पूर्व राजकुमार पारस जस्तो बेइमान र अन डेमोक्रेटीक व्यक्ति भएको संस्थामा बसेको घटनाले यसको पुष्टि भएको बताइन्। 'राजनीतिक दलको प्रमुखजस्तो व्यक्ति भएर प्रचण्ड विदेशी गैससमा पारस बसेकै पदमा बसेर काम गर्न थालेका छन्,' कोइरालाले भनिन्, 'यो घटनाले माओवादी पैसा कमाउने खेलमा लागेको पुष्टि हुन्छ।' नेपाल प्रेस युनियन म्याग्दीको पाचौं साधारण सभाको मंगलबार बेनीमा उद्‍घाटन गर्दै उनले माओवादीको कारण शान्ति र सविधान धरापमा परेको आरोपसमेत लगाइन्। 'माओवादी शान्ति चाहेका छैनन्,' उनले भनिन्, 'सहमति भएका विषयमा विवाद झिकेर संविधानमा गतिरोध सिर्जना गरेका छन्।' उनले सबै कम्युनिष्टहरु प्रजातन्त्र कमजोर बनाउने खेलमा लाएको टिप्पणीसमेत गरिन्।' प्रजातन्त्रलाई सुदृढ गर्ने कांग्रेसको जिम्मेवारी हो, 'उनले भनिन्,' अब कांग्रेस यसको संरक्षणमा जुट्नुपर्छ।'

1 comment:

  1. She doesn't care about the country. She just cares about money and publicity. She is so desperate to be on PM chair that she can go against the countries interest. I don't like her 100%.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक