20120122

श्रीमान र श्रीमती बिच बिबाद बढ्दै गएपछी आक्रोसित सशस्त्र प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालाले आफ्नी श्रीमती गीताको हत्या

श्रीमान र श्रीमती बिच बिबाद बढ्दै गएपछी आक्रोसित सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाले आफ्नी श्रीमती गीताको पुस २७ गते राती नै हत्या गरेको खुलासा भएको छ । पुस २८ गते विहान मकवानपुरको टिस्टुङ्गमा जलेको र टुक्रा टुक्रा भएको शब गीताको नै भएको मवानपुर प्रहरी श्रोतले जनाएको छ । पुस २७ गते राती टिस्टुङ्गको सडकबाट अलि भित्र पट्टीको फाँटमा आगो बलेको देखेपछि स्थानीयबासिन्दा
२८ गते बिहानै त्यहाँ पुगेका थिए । स्थानीयवासिन्दाले राती आगो बलेको ठाउँमा जलिसकेको महिलाको शब भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जलेको लास महिलाको नै भएको पुष्टि गरे पनि पहिचान भने गर्न सकेको थिएन । प्रहरीले घटनास्थलमा परिचय खुल्ने एउटा घडी मात्र फेला पारेको थियो । त्यही दिन बिहान डिआईजी कोइराला पनि घटनास्थलमा थिए । घटनास्थलमा फेला परेका कोइरालालाई स्थानीयवासिन्दाले हत्यारा भएको भन्दै समातेर प्रहरीमा बुझाएका पनि थिए । तर घटनाको अनुसन्धान गर्न गएका इन्सपेक्टरसँग आफू त डिआइजी हुँ र बाटो परेर के भएछ भन्दै बुझ्न आएको भन्दै परिचय पत्र देखाए पछि कोइरालालाई छाडिएको मकवानपुर प्रहरी श्रोतले जनाएको छ । उनी घटनास्थलमा
प्रमाणको रुपमा रहेको घडी खोज्न त्यहाँ पुगेको स्थानीयवासिन्दाको अनुमान छ ।  गीता पुष २७ गतेदेखि सम्पर्कविहीन भएपछि गीताका बाबु हरेराम ढकालले डिआइजी कोईरालाले नै छोरी बेपत्ता बनाएको भन्दै महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएपछि अनुसन्धान थालेको प्रहरीले आइतवार थानकोटबाट कोईरालालाई पक्रेको थियो ।  पक्राउ परेपछिको सोधपुछका क्रममा कोइरालाले श्रीमती गीताको हत्या गरी जलाएको स्वीकार गरेका महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमान ढोका स्रोतले जनाएको छ । डिआइजी कोइरालाको १८ वर्ष अघि गीतासित विहे भएको थियो । उनीहरुका दुई छोरा छन् । जिल्ला अदालत काठमाण्डौंले कोइरालालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमित दिएको छ । प्रहरीले पक्राउ गरेपछि म्याद थपका लागि आइतवार जिल्ला अदालत काठमाण्डौंमा लगेको थियो ।

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ
- Editor in Chief, www.Nepalmother.com

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक