20120122

तथाकथित जनसत्तावाट भएका घरजग्गा विक्रीको रजिष्ट्रेशन पासलाई मान्यता दिने सरकारको निर्णय विरुद्ध प्रतिपक्षी दलहरु आन्दोलित

व्यवस्थापिका संसदको बैठकमा मन्त्रीहरु उपस्थित नभए पछि वैठक स्थगित 
 
- किशोर सापकोटा / टंक पन्त -
माओवादी सशस्त्र संघर्षको समयमा तथाकथित जनसत्तावाट भएका घरजग्गा विक्रीको रजिष्ट्रेशन पासलाई मान्यता दिने सरकारको निर्णय विरुद्ध प्रतिपक्षी दलहरु आन्दोलित भएपछि सरकारले सो निर्णय फिर्ता लिने भएको छ । प्रधानमन्त्री डा. वावुराम भट्टराईले आज आइतवार नै सरकारको सो निर्णय फिर्ता लिएको औपचारिक जानकारी गराउन लाग्नु भएको भए पनि पार्टीभित्रै उपाध्यक्ष मोहन वैद्यपक्षले विरोध जनाए पछि सहमति भने हुन सकेन । आज संविधानसभा संवैधानिक समितिको वैठक पछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुवीचमा भएको संक्षिप्त छलफलमा प्रधानमन्त्री भट्टराईले सो निर्णय आफुले स्थगित गरिदिने जानकारी दिदै संसद सुचारु गरिदिन प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले)लाई आग्रह गर्नुभएको थियो । कांग्रेस र एमालेले प्रमुख दलहरु वसेर सरकारका तर्फवाट आधिकारिक रुपमा नै निर्णय फिर्ता हुनुपर्ने अडान व्यक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री भट्टराईले आज नै तीन दल वैठक पुन वस्ने प्रतिवद्धता जनाए पनि माओवादीभित्र विवाद भएको
कारण वैठक वस्न सकेन । तर प्रधानमन्त्री डा. भट्टराईले आइतवार नै कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस महामन्त्री कृष्ण सिटौलासंग टेलिफोन वार्ता गरी सरकार तुरुन्त समस्या समाधानका लागि तयार भएको जानकारी गराउनुभएको थियो ।
सत्ता गठबन्धनको प्रमुख साझेदार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सशस्त्र माओवादी सशस्त्र द्वन्द्वका समयको जनसत्तालाई बैधता दिने सरकारी निर्णय फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ ।
मधेसी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले जनसत्तालाई कानूनी मान्यतालाई बैधता दिने सरकारी निर्णय फिर्ता गराउन पहल गर्ने निर्णय गरेको मोर्चाले जनाएको छ । मन्त्रिपरिषदले जनसत्तालाई कानूनी मान्यता दिन निर्णय गरेलगत्तै त्यसको चौतर्फि बिरोध हुँदै आएको थियो । मधेसी मोर्चाले सरकारले गरेको जनसत्तालाई बैधता दिने निर्णयप्रति अनभिज्ञता जनाउदै आएका थिए । 

 व्यवस्थापिका संसदको आजको बैठकमा मन्त्रीहरु उपस्थित नभए पछि वैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेका सांसदहरुले बैठकमा कुनैपनि मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि बैठक स्थगित भएको हो ।
सभामुख सुवास नेम्वाङले व्यवस्थापिका संसदमा सरकारका कुनैपनि मन्त्री उपस्थित नहुँदा वैठक अघि बढ्न नसक्ने भन्दै पन्ध्र मिनेटका लागि समेत बैठक स्थगित गराउनुभएको थियो । दोश्रो पटक प्रतिपक्षी दलहरुले वैठक अवरुद्ध गरे । बैठकको कारवाही सुरु हुनासाथ नेपाली कांग्रेसका रमेश लेखकले सरकारले गैर कानूनी काम गरेको, सभामुखको रुलिङ पनि नसुनेको र सदनलाई वहिष्कार गरेको आरोप लगाउनुभयो । उहाले सरकारले नै वहिष्कार गरेको सदन चल्न सक्दैन भन्नुभयो ।
एमाले सभासद प्रदीप ज्ञवालीले सरकारले यति हदसम्म संसदको अपमान र अवज्ञा गर्ला भन्ने नसोचेको बताउदै यसबाट संसदको अपमान भएको छ भन्नुभयो ।
संसद बैठक स्थगित पछि दोश्रो पटक वसेको व्यबस्थापिका संसदकोे बैठकको सुरुमै कांग्रेसका सभासद शोभाकर पराजुलीले यसअघि दुई पटक बसेको संसदको बैठकमा सरकारबाट भएको निर्णय फिर्ता लिनुपर्ने माग राखेपनि सरकारले त्यसलाई ब्यवास्ता गरेको भन्दै खेद ब्यक्त गनुृभयो । उहाँले द्वन्द्वकालमा कथित जनसरकारले गरेका कामकारबाही र जनयुद्धकालमा कब्जा गरिएका सम्पत्तीलाई बैधानिकता दिने सरकारको निर्णयले सरकार संसदबाट निर्बाचित होईन भन्ने शंका उत्पन्न भएको छ भन्नुभयो ।
उहाँले सम्झौता बिपरित सरकार चललेको भन्दै तत्काल फिर्ता गर्न सरकारको जवाफ माग गर्नुभयो । सरकारको स्पस्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने उहाँले बताउनुभयो ।
एकीकृत माओवादीका सभासद एकराज भण्डारीले सरकारले गरेको निर्णय बृहत शान्ति सम्झौता र अन्तरीम संबिधान अनुरुप नै भएको उल्लेख गर्नुभयो ।
एमालेका सभासद भीम रावलले सरकारले संसदको रुलिङ बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले बर्तमान सरकार सदन र जनताप्रति उतरदायी नभएको आरोप लगाउनुभएको छ ।
सभासद रावलले भङ्ग भइसकेको कुरालाई कोट्याएर बतामान सरकारले मुठभेड निम्त्याउन खोजेको आशंका गर्नुभयो ।
प्रतिपक्षीको अबरोध पछि सभामुख नेम्वाङले सम्पूर्ण कार्यक्रमहरु कार्यसुचीबाट हटाइएको जानकारी सदनलाई गराउनु भएको थियो । 



सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ
- Editor in Chief, www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक