20120121

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कङ्ग्रेस र एमालेलाई धम्की दिदै भने "माओवादीलाई गलाउँछु भन्नु मूर्खतामात्र हो"

"कङ्ग्रेस र एमालेले जनसत्ताबारे राम्रोसँग बुझेका छैनन् त्यसैले सरकारविरुद्ध उत्रिए" : प्रधानमन्त्री बाबुराम भट्टराई
Breaking News...
नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले पूर्व सहमतिअनुसार शान्ति प्रक्रिया र संविधान लेखन पूरा नगर्ने भए 'माओवादी जंगल पसे हुने' बताए !
राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले "कथित जनसत्ताले गरेको निर्णयको बिरोध गर्ने काग्रेस एमालेले अधिनायकबादी राज्यसत्ता स्थापनाको लागि मलजल गरिहेको" आरोप
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अरु पार्टीले माओवादीलाई घेराबन्दी गर्न खोजेको बताएका छन्। 'अभिजात वर्गको प्रतिनिधित्व गर्नेहरुले घेराबन्दी गरेर माओवादीलाई
गलाउँछु भन्नु मूर्खतामात्र हो'- उनले भने। तिनै अभिजात वर्गहरुको नेतृत्व गर्ने कङ्ग्रेस र एमाले माओवादीसँगै आफूलाई अगाडि बढ्नै दिनुहुन्न, सताउनुपर्छ, गलाउनुपर्छ भन्ने सोच राखेको उनले दाबी गरे। 'शान्ति र संविधानका लागि कति लचक हुनुपर्ने हो हामी लचक हुन्छौं, जनताको साथ लिएर आएका हौं, कमजोर पार्न खोज्यो भने फेरि जनताकै साथमा
जान्छौं। 'माओवादीलाई जङ्गल पठाएर विपक्षीहरुले फेरि सिंहदरबारमा रजाई गर्न खोजेका हुन'- उनले आरोप लगाए। एमाओवादीको आन्तरिक कलह नटुङ्गिएका बेला तीन ठूला नेताले एउटै मञ्चबाट शान्ति र संविधानप्रति प्रतिबद्धता पनि जनाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य तथा प्रधान मन्त्री तथा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले मकवानपुरको हेटौंडामा शनिबार एउटै मञ्चबाट शान्ति र संविधानप्रति प्रतिबद्धता जनाएका हुन। पार्टीका सल्लाहकार परिषदका महासचिव भक्तबहादुर श्रेष्ठको श्रद्धाञ्जली सभा कार्यक्रममा हेटौंडामा पार्टी एकबद्ध भएको विषयमा अध्यक्ष दाहाल र उपाध्यक्ष तथा प्रधान मन्त्रीले खुलेर बोले। तर अर्का उपाध्यक्ष मोहन वैद्यले भने शान्ति र संविधानमा एकै ठाउँमा पार्टी रहेकोमात्रै बताए। पार्टी एकता र कलह अन्त्यको जिकीर प्रष्टसँग उनले गरेनन्।


आफ्नै पार्टीभित्रका नेताहरुले राजीनामा माग गरिरहेका बेला प्रधान मन्त्री बाबुराम भट्टराईले भने शान्ति र संविधानको प्रतिबद्धतासँगै पार्टी एक ढिक्का भएको बताए। विपक्षी दलका नेताहरुलाई माओवादीप्रति शङ्का नगर्न आग्रह गर्दै उनले सहमति र सम्झौता पूर्णरुपमा पालना गर्ने बताए। जनचाहनाअनुसार पार्टी एकताबद्ध भएर अघि बढेको उनले उल्लेख गरे। प्रधान मन्त्री भट्टराईले पार्टीलाई क्रान्तिकारी रुपान्तरणको दिशामा अघि बढेको दाबी गरे। उनले थप उपलब्धिका लागि जनतासँग मिलेर अघि बढ्ने पनि बताए। राज्य सत्तामा सबैको समानुपातिक सहभागितालाई माओवादीले महत्व दिएको उल्लेख गर्दै प्रधान मन्त्रीले सरकार शान्ति र संविधानको दिशामा अघि बढेको प्रष्ट्याए।

जनसत्ताको निर्णय कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुपर्ने ठूलो कारण नभएको पनि उनले बताए। कङ्ग्रेस र एमालेले जनसत्ताबारे राम्रोसँग बुझेका छैनन्, उनले भने- त्यसैले सरकारविरुद्ध उत्रिए। सरकारविरुद्ध बोल्नु भन्दा पनि निर्णयको दूरगामी प्रभावबारेमा अन्य दलहरुले बुझ्नुपर्ने उनले बताए। 'जनसत्ताको निर्णय सामान्य हो तर त्यसलाई दलहरुले सर्प भनेर झुक्किएका छन्, प्रधान मन्त्रीले भने त्यो सर्प हैन, अब आउनूस् नजिकिनोस्, छलफल गरेर सबै कुराको समाधान निस्कन्छ, त्यसपछि अगाडि बढौंला।'

वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले शान्ति र संविधानमा सदैव आफ्नो साथ रहेको प्रष्ट पारे। 'मेरो साथ सधैं तपाँईको साथमा छ, अध्यक्षलाई इङ्गित गर्दै उनले भने- शान्ति र संविधान कसैको खल्तीको सम्पत्ति हैन।' 'शान्ति र संविधानमा म पनि प्रतिबद्धता जाहेर गर्छु, कमरेड प्रचण्ड पनि ढुक्क बनेर अगाडि बढ्नूस्, यही मञ्चबाट अनुरोध गर्छु'- वैद्यले भने। उनले जनसत्ता कार्यान्वयन गर्नसके जनताको शासनबाट मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे। पार्टीका अग्रज र कार्यकर्ताहरुको भावना नै माओवादीको एकता रहेकाले पार्टी क्रान्तिकारी दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिए। तर कब्जा गरेका घरजग्गा तत्काल फिर्ता नहुने उनले बताए। पार्टीमा केही विषयमा सहमति भए पनि सबै विषयमा नभएको वैद्यले जिकिर गरे। शीर्ष नेताहरुले एकै मञ्चबाट शान्ति र संविधानप्रति एकबद्ध भएको बताउँदा पार्टी एकीकरण भएको ठानेर कार्यकर्ताले ताली बजाएर खुशी जनाएका थिए।
नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले पूर्व सहमतिअनुसार शान्ति प्रक्रिया र संविधान लेखन पूरा नगर्ने भए 'माओवादी जंगल पसे हुने' बताएका छन्। शनिबार काठमाडौं-सोलुखुम्वु जि्ल्ला सम्पर्क समितिले राजधानीमा आयोजन गरेको कार्यक्रममा बोल्दै उनले माओवादी जंगल पसे केही फरक नपर्नेसमेत बताए।

कोइरालाले शान्ति प्रक्रियामा आएदेखि आफूले पालन गर्नुपर्ने सहमतिका कुरा पालन नगर्ने र सरकार तथा अन्य  दलबाट भने सबै सहमतिका कुरा लिनाले उनीहरुमाथि विश्‍वास गर्न नहुने बताए। माओवादीले विश्वासको वातावरण समाप्त पारेको दावी गरे। 'विगतमा सहमति भएअनुसार माओवादी केही छोड्नु पर्ने आयो भने सहमति नै नमान्ने र हामीले दिनुपर्ने सहमति मात्रै लिन खोजे। त्यसरी अब सहमति हुन सक्दैन,' उनले भने, 'सहमति अनुसार शान्ति प्रक्रिय अघि नबढाई रोकेर राख्ने हो भने उनीहरु फेरि जंगल पस्दा पनि हामीलाई केही फरक पर्दैन।'
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र संविधानका लागि एकीकृत माओवादी गैरजिम्मेवार बन्दै गएको आरोप लगाएका छन्। उनले माओवादीले कब्जा जग्गा फिर्ता गर्नुको साटो उल्टै जनसत्तालाई निरन्तरता दिन खोजेको भन्दै माओवादीलाई लोकतन्त्रवादी पार्टी बन्न आग्रह गरे।

नेपाली कांग्रेस कैलालीको अत्तरियामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा नेता देउवाले सातबुँदे सहमति पालना नगर्नुको कारण पनि माओवादीमा पुरानै सत्ताको मोह पलाएको आरोपसमेत लगाए। उनले पार्टीभित्रको विवाद केही दिनपछि मिल्ने बताउँदै कार्यकर्तालाई निरास नहुन आग्रह गरे।
सुदूरपश्चिमलाई सङ्घीयतामा लैजाँदा टुक्र्याउन नहुने बताउँदै उनले सुदूर र भेरी कर्णालीलाई एउटैमा जोड्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले शान्ति र संविधानका लागि माओवादी लचिलो बन्नुपर्ने बताए।  कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले एकीकृत माओवादीलाई सत्ता कब्जाको सपना नदेख्‍न आग्रह गरेका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र-१ ले शनिबार स्याङ्जाको फेदीखोलामा आयोजना गरेको क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै नेता थापाले नेपाली जनता धेरै चेतनशील भइसकेको बताउँदै उनले सत्ता कब्जाको दिवास्वप्न नदेख्‍न माओवादीलाई आग्रह गरे।

माओवादीले चाहेजस्तो जनसंविधान मुलुकका लागि स्वीकार्य नहुँने बताउँदै नेता थापाले लोकतन्त्र नै अहिलेको मुख्य आवश्यकता भएको बताए।
'संविधान सभाले लोकतान्त्रिक संविधान निर्माण गर्न सकेन भने संविधान सभाबाट कांग्रेसले कुनै पनि संविधान बनाउन दिँदैन' नेता थापाले भने, 'जनताको हक, अधिकार संरक्षणका लागि कांग्रेसले कसैसँग पनि सम्झौता गर्दैन।'
लोकतन्त्र र संसदीय प्रणाली नै नेपालका लागि उपयुक्त भएको बताउँदै उनले लोकतन्त्र र समाजवादको पक्षमा कांग्रेस सधैं अडिग रहने बताए।
राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कथित जनसत्ताले गरेको निर्णयको बिरोध गर्ने काग्रेस एमालेले अधिनायकबादी राज्यसत्ता स्थापनाको लागि मलजल गरिहेको आरोप लगाउनु भएको छ ।  राष्टिय प्रजातन्त्र पाटी नेपालले आज सुर्खेतको बीरेन्द्रनगरमा गरेको अञ्चलस्तरीय कार्यकर्ता सम्मेलनमा थापाले राजनीतिक दलहरुका कारण अहिले नागरिकबीच फाटो उत्पन्न भएको, राष्टियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेको बताउनुभयो ।
आगामी जेठ १४ गतेभित्र नया संबिधान जारी हुन नसक्ने ठोकुवा गदै उहाले नया संबिधान बनिहाले पनि त्यो ठुलादलहरुबीचको लेनदेनको संबिधान बन्ने र नागरिकलाई मान्य नहुने बताउनुभयो । सम्मेलनमा भेरी अञ्चलका पाचवटै जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधीको साथै कार्यकर्ताहरुको सहभागीता छ ।
उपाध्यक्ष धवलशमशेर राणाले बिदेशीको इसरामा देशलाई संघियता, धर्म निपेक्षता र गणतन्त्र लिने काम भएको भन्दै यि बिषयलाई जनमत संग्रहबाट टुंगो लागाउनु पर्ने बताउनु भयो ।
यस्तै संसदिय दलका नेता चन्द्रबहादुर गुरुङ्गले राजा सहितको प्रजातन्त्र नेपालको  लागि सुहाउँदो शासन व्यवस्था भएको तर्क गर्नुभएको छ ।
आइतवारसम्म सम्म चल्ने सम्मेलनमा समसामयिक राजनीतक अवस्था र पार्टी सदृढिकरण लगायतका बिषयमा छलफल हुने छ ।
सम्मेलनमा भेरी अञ्चलका पाचवटै जिल्लाका पार्टी प्रमुख तथा प्रतिनिधीको साथै कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक