20120121

फ्रान्सको पेरिसमा हुने युरो एकल नेपाली नृत्य प्रतियोगिता-२०१२ लाई अन्तराष्ट्रिय कलाकार मन्चले सफल पार्न साथ दिने



- टेक नेपालीबाट -
गत वर्ष जस्तै यो वर्षको युरो एकल नेपाली नृत्य प्रतियोगिता-२०१२(EU Single Nepalese Dance Competition-2012)फ्रान्सको पेरिसमा हुने भएकोछ। नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर आगामी १५ अप्रिल २०१२ का दिन आयोजना गरिने यो प्रतियोगात्मक कार्यक्रमलाई अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखा र अन्तर्गतका शाखाहरुले प्रमूख सहयोगीकारुपमा सक्दो सहयोग गर्ने भएका छन । यो कार्यक्रमले  कला र संस्कृतिको उत्थान गर्न र नृत्य  बिधाका कलाकारहरुको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन मद्द्त गर्ने हुँदा आफूहरुले यो कार्यक्रमलाई सकेसम्मको सहयोग गर्नलागेको कुरा अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखाका अध्यक्ष श्री निता श्रेष्ठले हामीलाई
जानकारी गराउनु भयो । उहाँले कार्यक्रमको मुख्य आयोजक नेपाली एकता समाज फ्रान्स भएपनि सह-आयोजकका रुपमा फ्रान्स, नेदरल्यान्डस, बेल्जियम, लग्जम्बर्ग, जर्मनी, पोल्यान्ड, इङ्ल्यान्ड, इटाली, स्पेन र पोर्तुगल लगायतका देशहरुमा रहेका धेरै  संघसंस्थाहरुको साथमा आफ्नो संस्था पनि रहेको र यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण शाखाहरुलाई समेत विषेशरुपमा अनुरोध गरी पत्राचार गरिएको जानकारी समेत हामीलाई दिनुभयो ।यस्तै हामीसँगको कुराकानीमा महाशाखाका उपाध्यक्ष र प्रमूख कार्यक्रम संयोजक पुष्प बरुवालले युरोपस्तरीय नृत्य  प्रतियोगिता आयोजना गर्नुपर्ने कारण र यसको सफलताको लागि महाशाखाले गर्ने सहयोगबारे जानकारी गराउनु भयो । उहाँकाअनुसार यस कार्यक्रममा विषेश अतिथिको रुपमा नेपालबाट मिथिला शर्मा, प्रदिप बम्जन र अमेरिकाबाट अध्यक्ष रामप्रसाद खनाललाई समेत आमन्त्रण गर्न लागिएको छ । यससम्वन्धी सम्पूर्ण जिम्मेवारी महाशाखाका अध्यक्षलाई दिएको छ ।  यस प्रतियोगितामा पहिलो पटक इङ्ल्यान्डबाट समेत सहभागीता रहन लागेको जानकारी गराउदै उहाँले यो प्रतियोगितालाई सफल बनाउन आफ्नो प्रमूख साँगीतिक सहकर्मीको रुपमा रहेको युरो नेपाल कलाकार संघ,  बेल्जियमबाट समेत बिगतमा जस्तै सौहार्दपूर्ण सहयोग र सहभागीता निरन्तर रहने बताउनु भयो । लुकेर रहेका प्रतिभाहरुको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन यसप्रकारको कार्यक्रम अतिनै सहायकसिद्ध हुने कुरामा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको कुरा हामीसँगको कुराकानीमा कलाकार मन्च, युरोप महाशाखाका महासचिव श्री उज्वल केसीले बताउनु भयो । उहाँले कला संस्कृतिको प्रवर्धन गर्न र कलाकारहरुको हितको लागि अन्तराष्ट्रिय कलाकार मन्च, युरोप सधैं तत्पर रहने बताउदै अब संसारभरका कलाकारहरु एक हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै, उहाँले आफूहरु विशुद्धरुपमा गीत-संगीतका सर्जक, निर्देशक, अभिनयका कलाकारहरुलगायत कला र संस्कृतिसँग सम्बन्धित सबै पक्षसँग एक भएर अघिबढ्ने एउटा अभियानमा लागेको जानकारी गराउदै आफ्नो यस अभियानमा एकवद्ध हुन सम्बन्धित सबैलाई विषेश अनुरोध समेत गर्नुभयो । 

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक