20120123

यस्तो दु:खद समाचार कहिलै सुन्नु नपरोस कसैले पनि !

ट्रकले किच्दा बस कुरिरहेका राउत परिवारका छजनाको मृत्यु, एक दुर्घटनामा आमा, बाबु, दाजु, भाउजू, दिदी र भान्जी गरी परिवारका छ जना !
अमर खड्का/ सुनसरी पकलीका सीताराम राउत 'अब म कसरी बाँच्नू' भन्दै घरिघरि बर्बराउँछन्, भगवानको नाम लिन्छन् र छिनछिनमा बेहोसझैं हुन्छन्। सोमबार बिहान एक दुर्घटनामा आमा, बाबु, दाजु, भाउजू, दिदी र भान्जी गरी परिवारका छजनालाई एकैचोटि गुमाएपछि उनलाई
मानसिक रूपमा सम्हालिन गाह्रो परेको छ। सुनसरी पकलीमा बिहान साढे ५ बजे ना४ख ७९६ ट्रकले किच्दा राउत परिवारका छजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सीतारामका ६७ वर्षीय बाबु कृष्ण राउत, ६२ वर्षीया आमा तारा, ४२ वर्षीय दाजु बाबुराम, ३२ वर्षीया भाउजू शारदा, २८ वर्षीया दिदी कमला केसी र ७ वर्षीया भान्जी शिलु केसी छन्। माइतीबाट घर फर्कन लागेका दिदी र भान्जीलाई बसमा चढाउन जाँदा दुर्घटना भएको राउतले बताए। उनीहरू सडकछेउ बस कुरिरहेका थिए। सीतारामका १४ वर्षीय छोरा शिशिर सँगै गएका भए पनि ट्रक आउनेबित्तिकै पछाडि धकेलिएकाले बाँच्न सफल भए। प्रहरीका अनुसार कमला, शिलु र शारदाको घटनास्थलमै मृत्यु भएको थियो। अरू तीनजनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाबुराम र शारदाका १२ वर्षीय छोरा सागर र ७ वर्षीया छोरी शिक्षा यो घटनाले मानसिक रूपमा विक्षिप्त छन्।
ट्रक चालक निदाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ। 'सडक छेउको ढुंगामा ठक्कर खाएपछि ड्राइभरले ब्युँझिएर हतारहतार गाडी मोड्न खोज्यो,' प्रहरी निरीक्षक राम ढकालले  भने, 'मोड्दा-मोड्दै सडकछेउ ढुंगानजिक बसेका सबैलाई एकैचोटि किच्यो।'  प्रहरीले चितवन भण्डाराका ट्रकचालक श्रवणकुमार चौधरी र सहयोगी रमेश खरेललाई पक्राउ गरेको छ। खरेल घटनास्थलमै र दुर्घटनापछि भागेका चालक चौधरी लौकहीमा समातिएका हुन्। काठमाडौं, कपनकी कमला छोरी शिलुलाई लिएर १० दिनअघि माइती आएकी थिइन्। आइतबार साँझै फर्कने योजना थियो। गाडीको टिकट नपाएकाले सोमबार बिहान साढे ४ बजे विराटनगरबाट छुट्ने अग्नि यातायातको टिकट काटेकी थिइन्। बस रोक्ने ठाउँ घर नजिकै भएकाले परिवारका सदस्यहरू विदाइ गर्न गएका थिए।
राउत परिवारका सदस्यहरू दुई दिनअघि बराह क्षेत्रमा लाखबत्ती बाल्न भेला भएका थिए। 'आइतबारकै टिकट पाएको भए पनि यस्तो हुने थिएन,' आफन्त रमेश अधिकारीले भने, 'भगवानले कस्तो छलेको।'
पाँच वर्षअघि कान्छी छोरीको बिहे भएपछि यसैपालि परिवारका सबै सदस्य भेला भएको छिमेकी रन्जन कोइरालाले बताइन्। राउत परिवारका दुई छोरा र दुई छोरी हुन्। विदेशमा काम गर्ने सीताराम र बाबुराम दुवैजना दुई वर्षपछि छुट्टीमा आएका थिए। बाबुराम माघ १८ र सीताराम २१ गते फर्कंदै थिए। बाबुराम साउदी र सीताराम कुवेत आउजाउ गरेको ६ वर्ष बितिसक्यो।
'छोराहरू छुट्टीमा आएको मौकामा छोरीहरूलाई पनि डाकेर लाखबत्ती बाल्नुभएको थियो,' कृष्णकी भाइबुहारी हरिमायाले भनिन्, 'यस्तो विपत्ति कसैलाई नपरोस्।'
राउत परिवारको मृत्युले पकली भवानीटोल शोकमा डुबेको छ। गाउँलेले सोमबार मध्याह्न १२ बजेसम्म पूर्व-पश्चिम राजमार्गको सुनसरी पकली सडक खण्ड अवरुद्ध गरे।
ट्रकचालक चौधरीले निद्रा र हुस्सुले दुर्घटना भएको बताएका छन्। 'हुस्सु पनि लागेको थियो, निद्राले पनि सताएको थियो,' उनले भने, 'सडकभन्दा पर बसेकालाई ट्रकले किचेछ। सबै चिच्याउँदा पो झसंग भएँ। ट्रक मोड्दामोड्दै पल्टियो, डरले हत्तपत्त भागेँ।'
खरेलले पनि आफू निद्रामै भएको बताए। 'म त निद्रामै थिएँ, ट्रकले मान्छे किचेको र पल्टिएको त पत्तै भएन,' उनले भने।
अढाइमा महिनामै ३२ जनाले ज्यान गुमाए
पकलीको दुर्घटनासँगै सुनसरीमा अढाइ महिनायता भएका तीन ठूला दुर्घटनामा ३२ जनाको मृत्यु भइसकेको छ।
कात्तिक २४ गते बिहान धनुषाबाट बराह क्षेत्र दर्शन गर्न आएका तीर्थयात्री चढेको ट्र्याक्टर सुनसरी भरौल-२ को सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा पल्टिँदा १८ तीर्थयात्रीको ज्यान गएको थियो। त्यतिबेला पनि चालक र तीर्थयात्री निद्रामा परेकाले ट्र्याक्टर सडकबाट झन्डै २० मिटर तल नहरमा खसेको थियो।
त्यसअघि कात्तिक २१ गते सुनसरी मधेसामा दुईवटा सवारी साधन आपसमा जुध्दा आठजनाको मृत्यु भयो। त्यसमा मधेसाको एउटै गाउँका पाँचजना थिए।
निन्द्रासँगै हुस्सुले दुर्घटना भयो : ट्रकचालक
चितवनको नारायणघाटबाट बिर्तामोडमा दाना पुर्‍याउन हिजो साँझ (आइतबार ६.३० बजे) खलासी र म हिँडेका थियौं। राति साढे नौ-दस बजेतिर अमलेखगन्जमा भात खायौं। भात खानासाथ हिँडिहाल्यौं। राति ११ बजेतिर हुनुपर्छ, ढल्केबरमा आएर चिया खायौं। त्यहाँ एकछिन पनि अलमल गरेनौं।

सुनसरी कोशी कटान क्षेत्रमा आएपछि पिसाब फेर्‍यौं। लगभग ३ बजेको हुनुपर्छ। त्यतिखेरसम्म हामीलाई खासै निद्रा लागेको थिएन। त्यहाँबाट पूर्व लागेपछि झुपुझुपु निद्रा लाग्यो। पकली आइपुगेपछि हुस्सु पनि लागेको थियो। निद्राले एकदमै सतायो। सडकभन्दा पर बसेकालाई ट्रकले किचेछ। सबै चिच्याउँदा पो झसंग भएँ। ट्रक मोड्दामोड्दै पल्टियो, डरले हत्तपत्त भागेँ।

पछाडि सर्दा बाँचेँ : शिशिर
फुपू र भान्जीको असाध्यै माया लाग्थ्यो। उहाँहरू फर्कने भनेपछि म पनि बस चढ्ने ठाउँसम्म पुर्‍याउन गएँ। सात मिनेटजति बस पर्ख्यौं। हजुरबुवाले ल्याउनुभएको टर्चलाइट मैले बोकेको थिएँ। त्यही बालेर पश्चिमतिर हेरेँ। ट्रक आउँदै थियो। ट्रकलाई हेरिरहेँ। त्यो त सुररर हामी बसेको ठाउँतिर पो आयो। म डरले चिच्याएँ। बुवा ट्रक त यतै आयो भन्दै कराएँ। म पछाडि ठेलिएछु। लडेर बेहोस भएँ। अस्पतालमा पुगेपछि मात्र होस आयो। पछाडि नधकेलिएको भए मेरो पनि ज्यान जान्थ्यो।
दाङ्गको हैसईमा मंगलवार राती भएको ट्रयाक्टर दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् । घोरहीबाट लमहीका लागि छुटेको लु २ त २३ ७८ नम्बरको ट्रयाक्टर हैसाईको खोल्सामा खसेको थियो । ज्यान गुमाउने मध्ये चालक लक्ष्मीपुर ६ का राजु चौधरीसहित दीपक चौधरी, घोराही बेलवारका सन्तराम चौधरी रहेका प्रहरीले जनाएको छ । अरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीम उपचार भइरहेको छ ।

माओवादी नेताहरुले बारम्बार सत्य बोलेका छन्। तर नागरिक समाजकै कमजोरी हो उनीहरु 'माओवादी आफ्नो पार्टीभन्दा बाहिरका जनताको पनि विचार सुन्ने लोकतन्त्रवादी बनिसके’ भनेर विश्वास गर्न थाले !

यो अनलाइन प्रकाशन www.nispakhya.com पनि नेपाल मदर डट कमकै एउटा अभिन्न अँग हो ।
This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (हाल यो पत्रिका केबल Online Version मा प्रकाशित हुन्छ) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा हाल यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। यो नाम अनुसार नै निस्पक्ष भएर समाचार र बिचार सम्प्रेसण गर्नेछ । Chief Editor : Ram Prasad Khanal, Editor : Rishi Khanal, Email : rampdkhanal@gmail.com, info@nepalmother.com

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

कागजातहरु अंग्रेजीमा उल्था (Translation) तथा प्रमाणित (Notarize) गराउन, घर किन्न बेच्न परेमा

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक