20120126

अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई मनोरञ्जन दिलाउन नेपालबाट कलाकारहरुको समुह अमेरिका

अमेरिकामा रहेका नेपाली दर्शक एवं संगीत पारखीहरुलाई रोचक कार्यक्रम गरेर मनोरञ्जन दिलाउने उद्देश्यसहित नेपालबाट कलाकारहरुको समुह अमेरिका आईपुगेको छ । एक महिने सांगीतिक यात्राको कार्यक्रम लिएर आएको यो टोलीले अमेरिकाका विभिन्न शहरमा
कार्यक्रम गर्ने तयारी गरिरहेको छ । कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी लिएका छन् नेपाल अमेरिका प्रेस क्लवका अध्यक्ष शिव विष्ट र नोबल कन्सट्यान्सीका अध्यक्ष सोमनाथ घिमिरेले । बिष्टका अनुसार यो सांगीतिक यात्राको टोलीमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा,नायक दिवस उप्रेती र नायिका युना उप्रेती,गुरुङ चलचित्रकि नायिका मीरा गुरुङ सहित तीतो सत्यका निर्मल शर्मा (गैंडा), गोपाल नेपाल (फिष्टे),गायक नरेन्द्र प्यासी,गायिका मल्लिका कार्की,लोक गायक बिमल डाँगी र रंगपत्रकार एवं रेडियो कार्यक्रम सञ्चालक जयप्रकाश रिजाल रहेका छन् । स्थानीय तहमा कार्यक्रम आयोजना गर्न चाहनेहरुले फोन नम्वर ४४३ -९२७- ६४५६ मा आफूसँग र ९१७-७४२-७५६६ मा सोमनाथ घिमिरे सँग सम्पर्क गर्न पनि नेपाल अमेरिका प्रेस क्लवका अध्यक्ष शिव विष्टले आग्रह गरेका छन् । फेब्रुअरीको तेश्रो साता बाल्टिमोरमा कार्यक्रम गर्ने तयारी गरिरहेको पनि विष्टले जानकारी दिएका छन् । सम्पूर्ण कलाकारहरुलाई गत आइतवार बाल्टिमोरमा वरिष्ठ लोकगायक प्रेमराजा महतले एक रात्री भोजको आयोजना गरी आफ्नै निवासमा उहाकी धर्मपत्नी कविता महत र परिवार का सम्पूर्ण सदस्यहरु लगायत अन्य सामजिक सङ्घ, सस्थाका प्रतिनिधीहरुले स्वागत गर्नु भएको थियो । कलाकारहरुको सो टोली सोमबार साँझ पून न्यूयोर्क प्रस्थान गरेको छ। यसै बिच अन्तरास्ट्रिय कलाकार मँच (International Artists Forum) का तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै नेपाल बाट अमेरिका कार्यक्रम का लागि आएका सबै कलाकार हरुलाई अमेरिकामा न्यानो स्वागत गर्दै उनिहरुको कार्यक्रममा सक्दो सहयोग गरिदिन अमेरिकाको सम्पूर्ण नेपाली समुदायमा अपिल गर्नुभएको छ । कलाकार टोली केही दिन पछी अन्तरास्ट्रिय कलाकार मँच (www.IAFAmerica.com) को निमन्त्रणामा भर्जिनियामा आयोजना हुने स्वागत तथा अध्यक्ष्य खनालले आयोजना गर्नुहुने दिवा भोजमा सामेल हुने कार्यक्रम छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक