20120130

काङ्रेस, एमाले लगायतका दल र तिनका नेतालाई आफुले फेरी पनि गलाइसकेको, देश माओवादीमय हुने कुराको फेहरिस्त माओवादी अध्यक्ष्य प्रचन्डले लडाकु कमान्डरहरुलाई बताउनुभएपछी!

काङ्रेस र एमाले लगायतका दल र तिनका नेतालाई आफुले फेरी पनि गलाइसकेको र अब साढे छ हजार मात्र होइन करिब १० हजार आफ्ना लडाकु नेपाली सेनामा लैजाने र माओवादी कै कमान्डर लाई दोस्रो ठुलो पदमा नियुक्त गर्ने, बर्तमान प्रधानसेनापती को पदाबधी सकिए पछी माओवादी कमान्डरले नेपाली सेना हाँक्ने, त्यस पछी सम्पूर्ण देश माओवादीको पूर्ण कब्जामा आउने, कङ्रेस र एमाले का नेताहरु लाई पूर्वराजाकै हालतमा पुर्याइदिने, देश माओवादीमय हुने कुराको फेहरिस्त माओवादी अध्यक्ष्य प्रचन्डले लडाकु कमान्डरहरुलाई बताउनुभएपछी लडाकु कमान्डर खुशी हुँदै प्रचन्ड निवासबाट बिदा मात्र भएनन आफ्ना शिबिरमा गएर यही कुरा बेलिबिस्तार बताउँदा अरु सबै लडाकु पनि खुशी छन । यो कुरा प्रचन्डले बैद्य र बाबुरामलाई समेत सँगै राखेर भनेको र प्रचन्डले आफुले चितवनको शक्तिखोरमा दुई बर्ष अगाडि भनेको सबै कुरा पुग्दै आएको, कङ्रेस एमालेहरुको बुद्धी भुट्न माओवादी सफल रहेको सुनाउँदा उपस्थित माओवादी नेता र लडाकु कमान्डर नेताहरुले ताली पिटेका थिए ! 

 माओवादी का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ले माओवादीका थप १-२ हजार लडाकूलाई पनि समायोजन प्रक्रियामा थप्न नेपाली कांग्रेस र नेकपा एमाले तयार भएको लडाकूहरुलाई जानकारी दिनुभएको छ। उहाँले स्वैच्छिक अवकास रोजेका लडाकूलाई बिदाइ प्रक्रियामा सहभागी हुन निर्देशनसमेत दिनुभएको छ। माओवादी लडाकूका उपल्लो दर्जाका कमान्डरहरुले दर्जा मिलानमा अन्य दलसँग सहमति नगरी वर्गीकरणका क्रममा स्वैच्छिक अवकास र पुनःस्थापनाको विकल्प रोजेका लडाकूलाई अस्थाथी शिविरबाट बिदाइ गर्न लागिएको भन्दै पार्टी नेतृत्वसँग लडाकू कमान्डरहरुले आइतबार असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले पार्टीले चाहेअनुरुप नै समायोजन प्रक्रिया अगाडि बढ्ने बताउनुभयो। स्वैच्छिक अवकासमा जान चाहनेहरुलाई बिदाइ गर्ने प्रक्रिया शुरु भएमा नेपाली कांग्रेस र नेकपा एमाले ले समायोजनको संख्यालाई बाधक नबनाउने अध्यक्ष प्रचण्डले बताउनुभयो। 'कांग्रेस र एमालेसँग आन्तरिक कुराकानी भएको छ उनीहरु समस्या समाधान गर्ने क्रममा १-२ हजार लडाकूलाई समायोजनमा थप्न तयार छन्’ -प्रचण्डले भन्नुभएको थियो। लडाकू कमान्डरहरुले समायोजनका लागि सहमति गरिएको ६ हजार ५ सय लडाकूको संख्या भन्दा बढी लडाकूहरुले समायोजनमा जान इच्छा गरेकाले उनीहरुलाई के गर्ने भन्ने प्रश्न अध्यक्ष प्रचण्डसँग गरेका थिए। लडाकू कमान्डरहरुले अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतालाई आइतबार सामूहिक रुपमा भेटेर समायोजन पुनःस्थापना र स्वैच्छिक अवकाससँगसँगै अगाडि नबढेको र समायोजनमा पनि दर्जा मिलानको कुरा नटुंगिएको अवस्थामा आफूहरुलाई बिदाइ गर्नु उचित नभएको भनी असन्तुष्टि जनाएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ को निवास लाजिम्पाटमा भएको भेटमा उनीहरुले सहमतिका नाममा पार्टी नेतृत्व बढी उदार भएको भन्दै आपत्ति जनाए ।

'हामीले दर्जा मिलानमा रहेको विवाद समाधान गरेर मात्र बिदाइको प्रक्रिया थाल्न नेतृत्वलाई सुझाव दिएको हौं’ -भेटमा सहभागी इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका कमान्डर यमबहादुर अधिकारी 'प्रतीक्षा’ ले भन्नुभयो। माओवादीले नेपाली सेना मातहत गठन हुने महानिर्देशनालयमा दोस्रो तहको नेतृत्व सम्हाल्ने गरी मेजर जनरलको पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। पहिलो दर्जामा कुरा नमिलाई शिवरबाट लडाकू निकाल्दा पार्टीको 'बार्गेनिङ’ क्षमता घट्ने र त्यही मौकामा कांग्रेस-एमालेलॆ थप गलाउन प्रयास गर्नॆ हो कि भन्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए। प्रचण्ड निवासस्रोतका अनुसार नेताहरुले भने जसरी पनि सरकारको निर्णयअनुसार बिदाइ प्रक्रिया थाल्न निर्देशन दिएका थिए।

'अहिले परिस्थिति थप जटिल र गम्भीर बनेको छ’ अध्यक्ष प्रचण्डले कमान्डरहरुलाई निर्देशनका क्रममा भनेको उद्धृत गर्दै स्रोतले भन्यो- 'हाम्राविरोधीहरु माओवादीका कारण शान्ति र संविधानको काम अवरुद्ध भएको सन्देश जनतामा प्रवाह गरेर हामीलाई सिध्याउन र आफ्नो गुमेको शक्ति फिर्ता गर्न चाहन्छन्।

हामीले सचेत प्रयासद्वारा उनीहरुलाई त्यस्तो मौका प्रदान गर्नु हुँदैन। अहिलेको अवस्था बुझेर अवकाश रोजेका साथीहरुको बिदाइ प्रक्रिया अगाडि बढाउनुहोस् यो मेरो तपाईंहरुलाई निर्देशन भयो।’ कमान्डरहरुले यसअघि आफूहरुलाई राजनीतिक निर्णयका आधारमा उच्च पद दिलाउने आश्वासन दिइएको सम्बन्धमा जिज्ञाशा राखेका थिए। जवाफमा अध्यक्ष प्रचण्डले आफैंले शान्ति र संविधान लेखन प्रक्रियामा समग्रमा सहमति जुटाउने क्रममा उक्त विषय पनि समाधान गर्नेमा ढुक्क रहन कमान्डरहरुलाई आश्वस्त तुल्याउने प्रयास गर्नुभएको थियो। प्रचण्डको कडा निर्देशनपछि कमान्डरहरुले आफूहरु पार्टीदिर्नेशन मान्न माजुर रहेको बताएका थिए। 'दर्जामा कुरा टुंगिएपछि बिदाइ थाल्दा राम्रो हुन्थ्यो कि भन्ने हाम्रो भनाइ हो’ अधिकारीले भने- 'हामीले पार्टीनिर्देशन पालना गर्न तयार रहेको बतायौं।’ भेटमा अध्यक्ष प्रचण्डका अलावा उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्का उपाध्यक्ष मोहन वैद्य महासचिव रामबहादुर थापा लडाकूप्रमुख नन्दकिशोर पुन तथा सातवटै डिभिजनका कमान्डर सहभागी थिए। प्रचण्डले कमान्डरहरुलाई तत्काल बिदाइ प्रक्रियामा सघाउन निर्देशन दिइरहँदा केही समयअघिसम्म 'जनमुक्ति सेना’ लाई आत्मसमर्पण गराउन खोजिएको आरोप लगाउँदै आएका वैद्य र थापा भने मौन रहनुभएको थियो। 'उहाँहरुको भनाइ पनि बिदाइमा जान हुन्न भन्ने थिएन’ स्रोतले भन्यो- 'लडाकू बिदाइ प्रक्रियाप्रति उहाँहरुले पनि असहमति जनाउनु भएन।’

प्रधानमन्त्री भट्टराई संयोजक रहनुभएको लडाकू रेखदेख समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको शुक्रबारको बैठकले आगामी मंगलबारदेखि लडाकू बिदाइको औपचारिक प्रक्रिया थाल्न आफै मातहतको सचिवालयलाई निर्देशन दिएको थियो। वर्गीकरणका क्रममा करिब ७ हजार लडाकूले स्वैच्छिक अवकाशको विकल्प रोजेका छन् भने पुनःस्थापना रोज्नेको संख्या नगण्य छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक