20120131

आज बोके समाचार : वोका हेर्न प्रथम डुम्रे महोत्सवमा दर्शकको भिड

तनहुँ/ वोयर जातको उन्नत वोका हेर्न प्रथम डुम्रे महोत्सवमा दर्शकको भिड नै लागेको छ । कृषि अनुसन्धान केन्द्र बाख्रा फार्म बन्दिपुरबाट ल्याइएको वोकाको तौल ८५ किलो छ । किसानलाई व्यावसायिक रुपमा बाख्रा पालनतर्फ आकर्षित गर्न र मध्य पहाडी भेगका लागि सिफारिश गरिएको  जातबारे जानकारी दिन महोत्सवमा उन्नत जातका वाख्रा र बोकाहरु राखिएको अनुसन्धन केन्द्रका  वैज्ञानिक देवी अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा ८५ किलोको वोयर, ६५ किलोको जमुनापारी, ४० किलोको खरी र ४० किलोकै वारवरी जातका बोकाहरु राखिएको  छ । केन्द्रले किसानको सहजतालाई लिएर आवुँको बरादी र गोरखाको वक्राङ्गमा बाख्राहरु उत्पादन गरी विक्रि वितरण गर्दै आएको केन्द्रले जनाएको  छ । बन्दिपुरको बाख्रा फार्ममा त्यही जातका ४ सय वटा बाख्रा छन् ।

बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता आफ्नो बायोडाटा एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान इज्यत अबस्य दिन्छौं, हामी पनि नेपाल नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक