20120131

प्रचन्डलाई नेपालमा कसैले पनि नसक्ने भए, कती बोली फेर्न, झुक्याउन सकेको सबैलाई ! यथार्थतामा उनी सफल छन

रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा माघ ८ गते प्रमुख तीन दलको बैठक बसिरहेको थियो। यता लाजिम्पाटस्थित नयाँ घरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि प्रमुख तीन दलको बैठक बोलाएका थिए। तर, 'जनसत्ता लिखितलाई वैद्यता दिने' माओवादी सरकारको निर्णय फिर्ता नलिएसम्म
वार्ता नगर्ने अडानमा रहेका कांग्रेस सभापति सुशील कोइराला प्रचण्ड निवास लाजिम्पाट आउन मानेनन्। अनि, एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सुझाब र पहलमा सो बैठक बोहोराटारस्थित पौडेल निवासमा वस्न पुगेको थियो। बैठकमा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री भट्टराईको राजीनामाको प्रसंग उठाउँदै बैठक सुरु गरे भने माओवादी अध्यक्ष प्रचण्डले त्यसको वचाउ गरिरहेका थिए। बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो राजीनामा दलकै वहस केन्द्रित हुन थाले पछि शौचालय गए। प्रधानमन्त्री भट्टराई शौचालय जाने बितिक्कै माओवादीका अध्यक्ष प्रचण्डले पौडेलतिर फर्कदै मुख फोरे, 'जनसत्ताको निर्णयलाई वैद्यता दिने विषयलाई लिएर तपाईहरू बाबुरामजीको राजीनामा माग्नुहोस न, व्याकमा म छदैछु नि?' उनले आफैले राजीनामा माग्दा अप्ठ्यारोमा पर्ने भन्दै एमाले/कांग्रेसका नेतालाई भट्टराईका राजीनामा माग्न बैठकमै उचालेको देख्दा कांग्रेस–एमाले नेता तीनछक परे। युद्धकालमा कथित जनसत्ताले गरेको लिखतलाई कानुनी मान्यता दिने सरकारको निर्णय पार्टीसँग कुनै सरसल्लाह नै नगरी 'क्रान्तिकारी' देखिन मात्र भट्टराईले मन्त्रिपरिषद्वाट  निर्णय गराएको प्रचण्डको थप गनगन थियो। 
जवकी अध्यक्ष दाहालकै निर्देशन र दबाबमा प्रधानमन्त्री भट्टराईले जनसत्ताको लिखितलाई वैद्यता दिने निर्णय गरेका थिए। स्रोतका अनुसार रोल्पा महोत्सवमा भाग लिन जानु अघि रोल्पालीहरूले माग गर्दै आएको जनसत्ताका लिखितलाई वैद्यता दिनुपर्ने भन्दै प्रचण्डले भट्टराईलाई निरन्तर दबाब दिइरहेका थिए। शान्ति प्रक्रिया र संविधान निमार्णमा गतिरोध उत्पन्न भइरहेको वेला सो निर्णय गर्दा अन्य दलको विश्वास जित्न कठिनाई हुने भन्दै भट्टराई  आनकानी गरिरहेका थिए। 'तर अध्यक्षले निरन्तर दबाब दिए पछि बाबुरामले  निर्णय गर्न बाध्य भएको कुरा बालुवाटार स्रोतले दृष्टिलाई बतायो। 
अध्यक्ष प्रचण्डले पहिला दबाबमा काम गराउने, तर विवादित हुन थालेपछि त्यसको अपजस लिन अस्विकार गरेको यो एउटा उदाहरण मात्र हो। भट्टराईको लोकप्रियतालाई कमजोर वनाउन प्रचण्डले यस्ता धेरै घटनाहरू घटाउन वाध्य गराएका छन्। जुन अझै पनि पर्दा पछाडि नै रहेको छ। उनी जनमानसमा रहेको भट्टराईको साख र शक्ति दुवै सिध्याउन लागिरहेका छन्। त्यसमा भट्टराई, माधव नेपालले भनेको जस्तो निरिह वनेर बसिरहेका छन्।
बाबुरामको पुत्ला
त्यसो त प्रचण्डले पेट्रोलियम पदार्थको मूल्यवुद्धि गर्ने निर्णयमा पनि प्रधानमन्त्री भट्टराईलाई घुमाउनुसम्म घुमाए। आफू निकट पोलिटव्युरो सदस्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई इन्धनको भाउ वढाउन लगाएर भट्टराईलाई विवादित वनाउने काम प्रचण्डले नै गरेको स्रोतले वतायो। प्रधानमन्त्रीको इन्कारका बाबजुद पनि प्रचण्डको सल्लाहमा मन्त्री भट्टले 'नेपाल आयल निगम डुब्ने भो, भाउ नवढाएर निगम डुबाउ कि राजीनामा दिएर बाहिरिऊ' भन्ने निरन्तर दवाव राखेपछि भट्टराई अन्ततः भाउ वढाउन वाध्य भएको स्रोतले बतायो। तर, दबाबको भरमा इन्धनको भाउ वढाउन लगाएका प्रचण्डले अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालाई वोलाएर इन्धनको मूल्य वृद्धिको विरोधमा नारावाजी गर्न लगाए। 'इन्धनको भाउ वढाउदा पनि हामी चुप लाग्यौं भने त जनताले भोली हामीलाई पत्याउँदैनन, त्यसकारण विद्यार्थी जुटाएर 
आन्दोलन गर्नुहोस' प्रचण्डले शर्मालाई निर्देशन नै दिए। अध्यक्ष शर्माले पनि अन्य विद्यार्थी संगठनसँग मिलेर आफ्नै पार्टीको उपाध्यक्ष भट्टराईले नेतृत्व गरेको सरकारको विरोधमात्र होइन, पार्टी उपाध्यक्ष समेत रहेका भट्टराईको पुत्ला दहनसम्म गरे।   
प्रमुख तीन दलको बैठकमा जनसत्ताको निर्णय कार्यान्वयन नगर्ने भनेर प्रतिवद्धता जनाएका प्रचण्डले त्यसको दुई दिन पछि पदाधिकारी बैठक वोलाएर उल्टै कार्यान्वय गराउनमा जोड दिए। कम्तिमा पनि पदाधिकारी बैठकमा सल्लाह गरेर कुनै पनि निर्णय गराउनुपर्ने पार्टी भित्र नियम वनाएका प्रचण्डले सो नियमको फाइदा उठाउँदै भट्टराईको सरकारलाई झन अप्ठ्यारोमा पारिदिएका छन्। जबकी भट्टराई सो निर्णयलाई तत्काल थाति राखी शान्ति र संविधानका काममा वाधा ल्याउन चाहदैनथे। त्यसको घोषणा स्वयं प्रधानमन्त्री आफैले गरेका थिए। तर, 'जनसत्ताको लिखितलाई वैद्यता दिने निर्णय तत्काल कार्यान्वयन गर्ने छैन' भनेर प्रतिवद्धता जनाएर वातावरण सहज बनाइसकेका प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने काम सोही पदाधिकारी बैठकले गरिएपछि प्रधानमन्त्री भट्टराई थप समस्यामा परेका छन्। 
त्यसो त मंसिर ११ गते प्रचण्डले आफ्नो निरन्तर विरोधमा रहेका उपाध्यक्ष मोहन वैद्यलाई लिएर सरकार गिराउन डल्लुस्थित एमाले अध्यक्ष झलनाथ खनाल निवासमा नपुगेका होइनन्। संवादहिनताको स्थितिमा रहेका प्रचण्डले अकस्मात बोलाएपछि बैद्य पनि भट्टराई सरकार ढाल्ने त्रिपक्षिय योजना खनाल निवासमै वन्यो। भट्टराईको सरकार विघटन गर्नुपर्ने माग गर्दै आएका वैद्य पक्षको मागमा जोड दिदंै प्रचण्डले भने, 'झलनाथजी बाबुरामले त भारतको लह लहैमा लागेर मनपरी गर्न थाल्ो, अव त जसरी पनि यो सरकारको विकल्प खोज्नु पर्‍यो, पहलकदमी पनि तपार्इंवाटै हुनुपर्‍यो।' आफूले अगाडि सरेर सरकारको विकल्पको विषयमा वोल्न नमिल्ने समस्या सुनाउँदै प्रचण्डले ११ गत साँझ खनाललाई 'राष्ट्रिय सहमतिको सरकार'को पक्षमा वकालत गर्न दबाब दिए। न भन्दै, १२ गते वसेको एमाले स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको सरकार अबिलम्ब निमार्ण गर्नुपर्ने निर्णय गर्‍यो।  १४ मंसिरमा संविधानसभाको म्याद थप्नु अघि त्यो एजेन्डा प्रमुख तीन दल वीचको ६ वुँदे सहमतिमा दर्ज नै हुन पुग्यो। 
म्याद थपिएका केही दिन पछि अर्थात मंसिर १७ गते वालुवाटारमा प्रचण्ड–बाबुराम पक्षधर पोलिटव्युरो सदस्यहरूको संयुक्त बैठक वस्ोको थियो। त्यसमा प्रचण्डले भने, 'बाबुरामजी, तपाई कुनै हालतमा राजीनामा नदिनुहोस, तपाईले राजीनामा दिनुभयो भने त त्यसको फाइदा झलनाथ र किरणलाई हुन जान्छ ।' झलनाथ निवासमा सरकारको विकल्पमा सहमति जनाएका प्रचण्डले भट्टराईसँग भने उल्टो कुरा गरेको थाहा पाउने वितिक्कै वैद्य प्रचण्डसँग खुवै रिसाउन पुगे। त्यसपछि प्रचण्ड–वैद्य वीच केही दिनसम्म बोलचाल नै भएन। -दृष्टि



बिशेष प्रतिनिधि (रिपोर्टर) को आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि बिशेष प्रतिनिधि (रिपोर्टर) हरुको आवश्यकता आफ्नो बायोडाटा एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता हाललाई बिशेष प्रतिनिधि (रिपोर्टर) हरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान इज्यत अबस्य दिन्छौं, हामी पनि नेपाल नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक