20120126

सुप्रसिद्ध अभिनेत्री सुशीला रायमाझीको निधन, अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली अर्पण

अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले अमेरिकामा एक शोक बक्तब्य जारी गर्दै  मँच समस्त परिवारका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्नुभएको छ । वहाँको निधनले नेपाली चलचित्र र कलाको क्षेत्रमा ठुलो क्षती भएको छ भन्दै शोक सन्तप्त परिवार जनमा समबेदना समेत प्रकट गरिएको छ । "तपाईं हामी बिच नरहनुभए पनि तपाईंको कला र संस्कृति प्रतिको योगदान हामी सँग सधैं जिबित रहने छ।" शोक बक्तब्यमा  उल्लेख छ । 
     दुई दशकभन्दा लामो समयदेखि नेपाली रेडियो नाटक रंगमचीय नाटक टेलिचलचित्र तथा ठूलो पर्दाको चलचित्रमार्पुत नेपाली स्रोता र दर्शकको मन जित्दै आएकी सुप्रसिद्ध अभिनेत्री सुशीला रायमाझीको निधन भएको छ। बुधबार बेलुकी साढे ५ बजे उपचारका क्रममा बीएनबी अस्पतालमा उनको निधन भए पनि बिहीबार राति ढीलो मात्र उनको निधनको खबर बाहिर आएकाले यो निधन अज्ञात सरह हुन गएको छ। पाठेघर क्यान्सरबाट पीडित भई करिब डेढ वर्षदेखि काठमाडौं तथा भारतका अस्पतालमा उपचार गर्दै आएकी दुई छोरीकी आमाको निधन भए पनि बहिनी अमेरिकामा रहेका
कारण सुशीलाकी नायिका छोरी प्रसिद्धिका रायमाझीले बहिनी नआइपुगेकाले निधनको खबरलाई गुपचुप राखेकी छिन्। अस्पताल स्रोतले भने बुधबार साँझ नै निधन भएको र उनको शव परिवारलाई त्यसै दिन जिम्मा लगाएको पुष्टि गरेको छ। स्रोतका अनुसार ५५ वर्षीया उनको शव हाल महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। उनकी कान्छी छोरी बिहीबार राति अमेरिकाबाट फर्केपछि दाह संस्कार गरिने स्रोतले जानकारी गराएको छ। रायमाझीको निधनको खबर हावासरी फैलिएपछि भीमसेनगोलास्थित निवासमा पुग्दा उनको परिवारका सदस्य कसैलाई भेटिएन भने सो घरमा बहालमा बस्दै आएकाहरुलाई समेत सुशीलाको निधनबारे थाहा नभएको पाइयो। दर्जनौं रेडियो नाटक रंगमाचीय नाटक टेलिचलचित्र हुँदै अभिनययात्रालाई अगाडि बढाउँदै आएकी रायमाझीले ख्यातिप्राप्त निर्देशक स्व. प्रकाश थापाद्वारा निर्देशित चलचित्र सिन्दुरमा डक्टरको भूमिका निर्वाह गरेर ठूलो पर्दाको चलचित्रयात्रा आरम्भ गरेकी थिइन्। चलचित्र चोटको नायिकासमेत रहेकी रायमाझी जस्तोसुकै भूमिकामा पनि स्वाभाविक र सरल अभिनयका लागि ख्याति कमाएकी थिइन्। बाँसुरी पुकार युगदेखि युगसम्म नाता रगतको पाहुना सुपरस्टारलगायत तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरी ख्याति कमाएकी अभिनेत्री रायमाझीले खलनायक पवन मैनालीसँगको साझेदारीमा पिँजडा नामक चलचित्रको निर्माण पनि गरेकी थिइन्। स्वास्थ्य समस्याका कारण उनले पछिल्लो समय चलचित्रमा काम गरेकी थिइनन् भने कसैसँग भेट पनि गरेकी थिइनन्। उनले केही वर्षअघि नै पतिवियोग सहनुपरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक