20120218

स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेसी माथि कसैले औंला उठाए त्यसको औंला काटिदिने चेतावनी दिए !

के सारो मात्तिएका हुन हो यि भ्रस्टाचारी मन्त्री र मधेसी नेताहरु, अत्ति नै गर्न थाले बा !   
राष्ट्रियताविरुद्ध नबोल्न राष्ट्रपति रामवरण यादवले सम्झाए पनि मन्त्रीहरूले आफ्नो धारणामा परिवर्तन ल्याएका छैनन् । सञ्चारमन्त्रीको विवादास्पद अभिव्यक्ति तातिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मधेसी नेता वा जनताको राष्ट्रियतामाथि कसैले औंला उठाए त्यसको औंला काटिदिने चेतावनी दिएका छन् । मधेसी नेताहरू केही बोल्दैमा राष्ट्रियताको सवाल देखाएर विरोध हुने गरेको बताउँदै अब मधेसी नेता र मधेसी जनताको राष्ट्रियतामाथि कसैले औंला उठाए त्यो औंला काट्ने बताए । सुनसरीको हरिपुरमा शनिबार स्वास्थ्य शिविर उद्‍घाटन गर्दे सद्‍भावना पार्टीका अध्यक्ष समेत रहेका महतोले भने, 'सञ्चारमन्त्री जेपीजी (जेपी गुप्ता) मात्र होइन म पनि भन्छु मधेसीलाई अधिकार दिइएन भने शासकवर्गसँगको सम्बन्ध सुमधुर रहन सक्दैन, त्यो समबन्धमा खोट आउँछ, मधेसमा आगो बल्छ ।' राष्ट्रियताका लागि अब मधेसीहरूले अग्निपरीक्षा नदिने बताउँदै उनले कुनै पनि हालतमा कुनै विरोधका अगाडि अब घुँडा नटेक्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक