20120219

शिवरात्रीको पूर्व सन्ध्यामा पशुपतिनाथमा : ४२ बर्षिया सीता राईले बाग्मतिको पानीमा बसेर २५ घण्टे तपस्या !

शिवरात्रीको पूर्व सन्ध्यामा पशुपतिनाथ मन्दिर झकिझकाउ पारिएको छ ।  सोमबार परेको शिवरात्रीको पशुपति क्षेत्र विकास कोषले सबै तयारी पूरा गरेको छ । शिवरात्रीको अवसरमा भत्तजनलाई सजिलो गरी दर्शन गराउन कोषले चारवटा लाईनको व्यवस्था गरेको छ । हरेक लाइनबाट २० देखि ३० मिनेट सम्ममा दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले बताएको छ । भक्तजनको सुरक्षाको लागि पशुपति क्षेत्र विकास कोषले ६ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । महाशिवरात्रीमा पाशुपत क्षेत्रमा साधुहरु पनि मुख्य आकार्षण हुने गर्छन् । तर अघिल्ला वर्षको तुलनामा यो वर्ष साधुको संख्या घटेको छ । शिवरात्रीको अवसरमा विशेष गरी भारतबाट नागा बाबाहरु र
देशका विभिन्न ठाउँबाट साधुहरु पशुपति मन्दिरमा आउने प्रचलन छ । भारतको ईलाहबाद प्रयागमा कुम्भमेला भईरहेकोले साधुहरुको सँख्या कम भएको अनुमान गरिएको छ । पोहोर १० हजारको हाराहारीमा साधुहरु आएकोमा यसबर्ष अहिलेसम्म झण्डै तीन हजार मात्रै आएका छन् । साधुहरु आउने क्रम भने जारी छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने साधुहरुलाई पशुपति विकास कोष र गुठी संस्थानले सत्कार गरी दक्षिणा पनि दिने चलन छ ।
 खोटाङ्ग खार्पा गाविसकी ४२ बर्षिया सीता राईले बाग्मतिको पानीमा बसेर २५ घण्टे तपस्या सुरु गर्नुभएको छ । शिवरात्रीको अवसरमा आईतबार देखि उहाँले पशुपति मन्दिर नजिकै बाग्मति नदिको पानीमा बसेर तपस्या शुरु गर्नुभएको हो । आइतवार दिउँसो ११ बजेदेखि उहाँ पानीमा बसेर तपस्या सुरु गर्नुभएको हो । संसारमा हिंसा बढेकाले शान्ति र प्रेमको सन्देश दिन राईले जलतपस्या गरेको उहाँकी सहयोगी मिला राईले बताउनुभयो ।
जलतपस्यापछि उहाँ सगरमाथाको चुचुरोमा टाउकोले टेकेर उभिने योगासन गर्ने तयारीमा रहेको सहयोगी मिला राईले जानकारी दिनुभयो । पहेलो बस्त्र पहिरिएर पानीमा तपस्या गरेकी सीता काठमाण्डूको हात्ति गौडामा बस्दै आउनुभएको छ । सीता राई सानै देखि आमाको आध्यात्मिक प्रेरणाबाट धर्मकर्ममा लाग्नुभएको थियो । दुई छोराकी आमा सीताले २०६६ माघमा बन्द खाडलभित्र पशुपतिनाथ मन्दिर परिसरमा ३३ घण्टा निराहार भू तपस्या पुरा गरिसक्नुभएको छ ।
महाशिवरात्रीको पूर्व संध्यामा पशुपति मन्दिर वरपर भेटिएका साधुका तस्बिरः
तस्बिरः सूर्यकुमार क्षेत्री





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक