20120222

न्यायाधिश हुन त यस्ता पो ! : आँटिलो र सहासी न्यायाधीश शुशिला कार्की बहालवाला मन्त्री र गठवन्धन सरकारको एक घटकको अध्यक्षलाई जेल पठाएपछि भन्छिन "भ्रस्टाचारी लाई नियम कानुन अनुसार जेल हालेको हो, यो बधाई खाने बिषय होइन "

भावी प्रधान न्यायाधीशको लाइनमा रहेकी न्यायाधीश शुशिला कार्की ( सर्वोच्च अदालतकै एकमात्र महिला न्यायाधीश ) संलग्न वेञ्चले बहालवाला मन्त्री र गठवन्धन सरकारको एक घटकको अध्यक्षलाई जेल पठाएपछि न्याय क्षेत्रभित्र उनलाई आँटिलो र सहासी न्यायाधीशका रुपमा चर्चा गर्न थालिएको छ । फैसलासँगै उनलाई ब्यक्तिगत र सार्वजनिकरुपमा बधाई दिनेको कमी छैन् । बिहीवार भावी संबिधानमा न्यायापालिका
http://onlinekhabar.com/wp-content/uploads/2012/02/cart-15.jpgस्वरुपमा बिषयक ललितपुरमा आयोजना गरिएको कार्यक्रममा प्रधान न्यायाधीश खिलराज रेग्मीसहित सवै न्यायाधीश निर्धारित समयमै पुगेपछि फैसलामा संलग्न कार्की र तर्कराज भट्ट भने कार्यक्रममा अनुपस्थीत रहे । जेपी गुप्तालाई जेल हाल्ने न्यायाधीशलाई बधाई दिएर कार्यक्रम सुरु गर्न आयोजक कुरिरहेका थिए । मिडियाका आँखा पनि भर्‍याङतिरै सोझिएका थिए । तर दुई न्यायाधीश आएनन् । फैसलामा संलग्न न्यायाधीश कार्की भने सार्वजनिक बिदाको दिन धापासीस्थित घरमै थिइन् । एकएक सेलिबि्रटी भएकी कार्कीलाई नागरिककर्मीले घरमै पुगेर सोधे- कार्यक्रममा किन नजानुभएको ? ‘मलाई हिजैदेखि चिने-जानेकाले फोन गरिरहेका छन् । त्यहाँ पनि साथीहरुले बधाई दिएरै हैरान पार्ने हुन’- कार्कीले भनिन- अर्कालाई थुनामा पठाउने फैसला गरेर के बधाई खाइरहनु ?’ तीन दशक वकालत गरेर बरिष्ठ अधिवक्ता हुँदै न्यायाधीश भएकी कार्की फैसला बधाई लिने दिने बिषय नभएको बताउँछिन् । ‘न्यायाधीशले मनखुसी निर्णय गर्न पाउने पनि त हैन’- कार्की भन्छिन- प्रमाण मिसिल हेरेर, संबिधान ऐन, कानुन र नजिरअनुसार फैसला गर्ने हो ।’ सहकर्मीहरुले भनेझैं यो सहासिक निर्णय पनि नभएको कार्कीको बुझाई छ । यो फैसलाको जस पूर्व प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र हालका प्रधान न्यायाधीश खिलराज रेग्मीले स्थापित गरेको नजिरलाई दिनुपर्ने बताउँछिन् । उनीहरु दुवैले झण्डै एक बर्षअघि चिरन्जीवी वाग्लेको मुद्दामा अकुत सम्पत्तिसम्बन्धी फैसला गरेपछि यस्ता मुद्दाले गति पाएका हुन् ।
http://onlinekhabar.com/wp-content/uploads/2012/02/cart-25.jpg


३. आज अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक