20120222

११ प्रदेशको नामाकरण गर्दा ऐतिहासिक तथ्यलाई भुसुक्कै विर्सेर लुम्बिनी प्रति घोर अपमान र उपेक्षा गरिएको लुम्बिनी प्रदेशका लागि नागरिक अभियानको गुनासो

"राज्य पुनःसंरचना आयोगवाट हालै प्रस्तुत प्रतिवेदनले गरेको नामाकरण अनुसार हामी यस क्षेत्रका नागरिक अवध प्रदेशका नागरिक भएका छौ् । ऐतिहासिक,पुरातात्विक, र सांस्कृतिक सम्पदाको हिसाबले विश्वको गौरव महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीका बासिन्दा हौ हामी । लुम्बिनी अञ्चलको नामाकरण गर्दा पनि उपर्युक्त भावका आधरमा गरिएको हो भन्ने हाम्रो बुझाइ छ । यदाकदा नेतृत्वबाट आउने विचारका आधारमा लुम्बिनीलाई विश्व शान्तिको शहर बनाउने महान लक्ष्य राज्यले नै लिएको होकी भन्ने लाग्छ हामीलाई । तर ११ प्रदेशको नामाकरण गर्दा यो ऐतिहासिक तथ्यलाई भुसुक्कै विर्सेर लुम्बिनी प्रति घोर अपमान र उपेक्षा गरिएको महशुस हामीले गरेका छौं । अहिले आयोगले भनेको र प्रस्तावित गरेको आाधारमा स्वायत्तता सहितको जातीय राज्यले आपसी द्धन्द्ध, विस्थापन र राष्ट्रिय अखण्डतामाथिनै कालान्तरमा प्रश्नचिन्ह उठाउने भएकोले संयमता र दुरदृष्टिका साथ नामाकरण गरियोस् भन्ने हामी यस क्षेत्रका व्यावसायिक, सामाजिक र पेशागत संघसंस्थाको माग रही आएको छ । जातीय राज्यको नाममा जात जातिलाई फुटाएर र लडाएर शासन गर्नू भनेको ‘फुटाऊ र शासन गर’ को नीतिसंग मेल खाने कुरा हो । आपसी एकता, सद्भाव र सह अस्तित्वको सट्टा विभाजन र विस्थापनको खतरा निम्ताएर हरेक जात जातिलाई राज्य
दिनको सट्टा ऐतिहासिकता र प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई जोडेर नामाकरण गर्नु नै अहिलेको उत्तम विकल्प हो । अतः यस क्षेत्रलाई लुम्बिनी प्रदेशको रुपमा नामाकरण गर्न अनुरोध र दवाव दिनुका साथै हाम्रो एकिकृत अभियानः लुम्बिनीको सार्थक पहिचान भन्ने उद्घोषका साथ कम्तिमा लुम्बिनी अञ्चललाई नटुक्राइकन प्रदेशको व्यवस्था गरियोस् भन्ने कुरामा रुपन्देहीका करिब ३५भन्दा वढी संघ संस्थाहरुको सामुहिक निर्णय भएकोले यो निवेदन गरेका छौ । उक्त भेलाले लुम्विनी प्रदेशका लागि नागरिक अभियान संचालन गर्ने निर्णय गरेको ब्यहोरा समेत् यहालाई अवगत गराउन चाहन्छौ ।भुगोलको पर्याप्त जानकारी विना प्रदेशको विभाजन गरिएको कुरा अर्घाखा“ची जिल्ला अन्तर्गत दक्षिण खा“चीका २३ गाविसका जनता एउटा प्रदेशको राजधानी हुंदै आफ्नो प्रदेशमा जानुपर्ने परिस्थितिका आधारमा अनुमान गर्न सकिन्छ । अहिले हतारमा यो वा त्यो राज्यको घोषणा गरेर फुर्सदमा पछुताउनु भन्दा तत् तत् क्ष्ँेत्रमा ब्यापक बहश र अन्तरक्रिया गरी उनीहरुको मनोेभावना अनुकुल निर्णय गर्न आवश्यक भएकोले तदनुसारको प्रक्रिया अवलम्बन गर्नु सबैभन्दा उत्तम विकल्प हुन सक्छ । अन्यथा ०६८।११।४ गते बुटवलमा गरिएको बृहत छलफलले निम्न निष्कर्ष निकालेकोमा सो अनुसार कार्यन्वयन गरियोस् भन्ने हाम्रो विनम्र निवेदन छ ।

हाम्रा धारणा तथा मागहरु ः

१. संविधानसभा राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा अन्तर्राष्ट्रिय पहिचान,नेपालको गौरव र विश्व सम्पदामा सूचीकृत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अस्तित्व गौण बनाउने पर्यत्न गरिएको महसुस भएकोले हामी यस क्षेत्रका जनसमुदायहरु त्यस निर्णयप्रति असहमति जाहेर गर्दछांै ।
२.सांस्कृतिक पहिचान, विकासको पूर्वाधार, दूरगामी विकासको सम्भावना, ऐतिहासिक,महत्व, आर्थिक र सामाजिक अन्तर सम्बन्ध आदिको कारणले तराईदेखि हिमालयसम्मका सबै नागरिकलाई स्वीकार्य हुने लुम्बिनीको नामबाट नै यस प्रदेशको नामाकरण गर्नुपर्छ भन्ने कुरामा जोडदार माग गर्दर्छाैं ।
३. प्रदेशको सीमाना निर्धारण गर्दा कम्तिमा हालको लुम्बिनी अञ्चललाई नटुक्राई लुम्बिनी प्रदेश बनाउनु पर्दछ ।
४. प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी आर्थिक—सामाजिक पूर्वाधार र टा«न्जिट प्वाएन्टका दृष्टिले रुपन्देहीमा रहनु पर्छ ।

लुम्बिनी प्रदेशका लागि नागरिक अभियानको तर्फबाट

१.डी.आर.घिमिरे– अध्यक्ष, संपादक समूह

२.तेजकुमार पाठक –अध्यक्ष,रुपन्देही उद्योग संघ

३.सुरेन्द्र प्रसाद श्रेष्ठ –अध्यक्ष, उद्योग वाणिज्य संघ बुटवल

४.टंक पोखरेल — अध्यक्ष, रुपन्देही व्यापार संघ

५.मनिष जोशी — अध्यक्ष, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन"
( भैरहवामा भएको अखिल नेपाल किसान संघको भेला उद्घाटनका लागि आउनुभएका एमाले अध्यक्ष झलनाथ खनाललाई लुम्बिनी प्रदेशका लागि नागरिक अभियानको तर्फबाट दिइएको ज्ञापन पत्र ।  )


सहमती गर्ने तर कार्यान्वयन नगर्ने माओवादीको चरित्रका कारण शान्ति र संविधान निष्कर्षमा पुग्न नसकेको : झलनाथ खनाल
 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको अकर्मण्यताका कारण शान्ति र संविधान निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ । उहाँले माओवादीले ठूलो पार्टी हुँ भन्ने तर नागरिकको भावना नबुझ्ने आरोप लगाउनुभयो । रुपन्देहीको भैरहवामा वुधवारदेखि सुरु भएको एमालेको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय परिषदको वैठकलाई सम्बोधन गर्दै खनालले सहमती गर्ने तर कार्यान्वयन नगर्ने माओवादीको चरित्रका कारण शान्ति र संविधान निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँले शान्तिपूर्ण आन्दोलनले नै मुलुकमा राजनितिक परिवर्तन भएको भन्दै गणतन्त्र आयो भन्दैमा माओवादीले त्यसको जस लिन नमिल्ने धारणा राख्नुभयो । उहाँले कांग्रेस पनि परम्परागत रुपमा राजतन्त्रबादी भएकाले परिवर्तनको मुख्य भूमिका नभएको भन्दै मुलुकको राजनैतिक परिवर्तनको नायकत्व एमाले भएको दाबी गर्नुभयो । खनालले एमाले मुलुकको शक्तीशाली पार्टी भएपनि विगतमा विभाजनका कारण सत्ताको अग्रमोर्चामा रहन नसकेको बताउदै एमाले विभाजनकै कारण मूलुकमा उग्रबामपन्थको उदय भएको टिप्पणी गर्नुभयो ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक