(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120222

मन्त्री जयप्रकाश प्रसाद गुप्ता, पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी पछि अरु नेता र कर्मचारीको पनि ओठतालु सुक्न थालेको छ !

अख्तियारले २०५९ पछि विशेष अदालतमा दायर गरेका ९५७ मुद्दामध्ये ७९९ को फैसला भएको छ । जसमा ६३० वटा सफल र १६९ वटा असफल भएका छन्
भ्रष्टाचारको मुद्दा खेपेर सफाई पाएकाहरु फेरि धमाधम जेल पर्न थालेपछि पालोमा रहेका अरुहरुको पनि ओठतालु सुक्न थालेको छ । पूर्वमन्त्री चिरञ्जीवि वाग्ले, वायुसेवा निगमका पूर्व प्रमुख रामज्ञा चतुर्वेदी हुँदै पछिल्लोपटक बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्बोच्चले भ्रष्टाचारी ठहर गर्दै जेल पठाएपछि अब यसअघि मुद्दा परेका अरु नेता र कर्मचारीको पनि पालो आउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार छिटै पूर्वमन्त्रीहरु खुमबहादुर खड्का, गो बिन्दराज जोशी, पूर्व प्रहरी प्रमुखहरु मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल लगायतको फैसलाको तयारी हुँदैछ । २०५९ सालपछि मुद्दा परेका उनीहरुलाई प्रमाण नपुगेको भन्दै विशेष अदालतले गुप्तालाई जस्तै सफाई दिएको थियो । गुप्ताकै मुद्दामा जस्तै भ्रष्टाचार गरेको रकममा बढि मूल्याड्कन गर्नुका साथै म्याद गुज्रेको भन्दै उनीहरुलाई बिशेष अदालतले सफाई दिएको थियो । गुप्तालाई मात्रै हैन, गुप्ताको बिषयमा फैसला गर्ने न्यायाधीशलाई पनि कारवाही गर्न निर्देशन भएकाले त्यस्तै प्रकृतिका अन्य मुद्दामा पनि अदालतले गुप्ताकै जस्तो फैसला गर्ने सम्भावना बढि छ । ‘जनदबाबका कारण अब भ्रष्टाचार गर्ने कोही
पनि उन्मुक्ति हुने अवस्था छैन’ भ्रष्टाचारको विषयमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार हरिबहादुर थापाले भन्नुभयो । न्यायालय र न्यायाधीशहरुले यो कुरा राम्ररी बुझेकाले अब कसैले पनि छुटकारा नपाउने उहाँले बताउनुभयो । तर सबै वाग्ले र गुप्ता झैं जेल नै जान्छन् भन्ने पनि छैन । ‘अभियोग लागेका सबै भ्रष्टाचारी ठहरिन्छन् भन्ने छैन’ अर्का पत्रकार विकास भट्टराईले भन्नुभयो -’प्रमाण पुगेकाहरु त जेल गइहाल्छन्, तर सबैको प्रमाण पुग्छ भन्ने हुँदैन ।’
अब पालोमा को–को ?
कांग्रेस नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्का- २,३६,८७,६२४।
कांग्रेस नेता एवं पूर्व मन्त्री गोबिन्दराज जोशी- ३,९३,६२,५७८।
पूर्व प्रहरी प्रमुख अच्युतकृष्ण खरेल- १,६३,३६,१३०।
पूर्व प्रहरी प्रमुख मोतीलाल बोहरा- २,३८,२३,६२७।
कल्याण तिमिल्सिना- ६३,९१,०९८।
किरणकुमार गौतम- ६१,८६,८३०।
पद्मप्रसाद पोखरेल- १,५१,३८,८९८।
स्व. पूर्व प्रधानमन्त्री गिरिजाप्रसाल कोइरालाका स्वकिय सचिव गोकर्ण पौडेल- २,०६,३१०००।
चक्रबन्धु अर्याल-२,६०,८१,५६१।
‘अख्तियार ७८ प्रतिशत सफल’
भ्रष्टाचार सम्बन्धी अहिलेसम्म दायर भएका मुद्दामा ७८ प्रतिशत सफलता हात लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार अख्तियारले २०५९ पछि विशेष अदालतमा दायर गरेका ९५७ मुद्दामध्ये ७९९ को फैसला भएको छ । जसमा ६३० वटा सफल र १६९ वटा असफल भएका छन् । अहिले पनि दर्जनौं मुद्दा पेश भएका र कुनै हुने क्रममा रहेको अख्तियारको भनाई छ । भ्रष्टाचार सम्बन्धी सर्बोच्चको फैसला सकारात्मक र स्वागतयोग्य भएको पौडेलले बताउनुभयो । ‘अख्तियारले ठूला ओहोदामा रहेकालाई मुद्दा लगाउँदैन र लगाईहालेमा पनि केही हुँदैन भन्ने जुन छाप थियो, त्यो अहिले मेटिएको छ’ पौडेलले भन्नुभयो-’यसबाट भ्रष्टाचार निवारण गर्ने अभियानमा उर्जा थपिएको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक