20120202

हत्या मुद्धामा अदालतद्वारा वारेन्ट जारी गरिएका र प्रहरीको फरार सूचीमा रहेका अभियुक्त गुठी संस्थानका प्रमुख !

कथित "जनप्रिय" प्रधानमन्त्री बाबुराम कमरेडलाई हत्यारा र अपराधी नै प्यारो लागेपछी कसको के नै लाग्छ र !? 
हत्या मुद्धामा अदालतद्वारा वारेन्ट जारी गरिएका र प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्त सरकार मातहतकै एक संस्थानमा कार्यकारी प्रमुख छन् । उनी हुन-गुठी संस्थानका प्रशासक एवं कार्यकारी प्रमुख बलिरामप्रसाद तेली शाह । तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहले बलिरामलाई उक्त पदमा नियुत्त गरेका हुन् । हिन्दु युवासंघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा गत असोज २५ गते जिल्ला अदालत पर्सामा बलिरामविरुद्ध मुद्धा दायर गरिएको थियो । अदालतले असोज १३ गते बदिरामविरुद्ध वारेन्ट जारी गर्दै बरिलामलाइ पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । पर्साका प्रहरी प्रमुख रमेश खरेलले बलिराम फरार अभियुक्त भएकाले उनलाई पक्राउ गर्न मातहतका इकाई र काठमाडौँ प्रहरीलाई पत्राचार गरिएको बताए ।
तर, बलिराम भने काठमाडौँको डिल्लीबजारमा रहेको गुडी संस्थानको कार्यलयमा दिनहुँ जान्छन् । बलिरामले मुद्धा दायर हुँदैमा सरकारी संस्थानमा काम गर्न कानुनले बन्दजे नलगाएको दाबी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक