20120205

कहीं नभएको जात्रा हाँडी गाउँमा : माओवादीका नेता समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै बन्दको घोषणा

कुनै दल सरकारमा पुगेपछि प्रतिपक्षी दल बन्द र हड्तालमा उत्रिन्छन् भन्ने आरोप लाग्ने गर्छ । अब बन्द गर्न प्रतिपक्षीमात्र होइन मन्त्री नै अघि सरेका छन् । त्यो पनि सरकारको नेतृत्व गर्ने एकीकृत नेकपा माओवादीका नेता समेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै बन्दको घोषणा गर्नुभएको छ । आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका मन्त्री भट्टले राज्यपुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदन प्रति असन्तुष्टि प्रकट गर्दै त्यसका विरुद्ध माघ २७ गते सुदुर पश्चिम क्षेत्र बन्दको आब्हान गर्नुभएको हो । आयोगले बुझाएको प्रतिवेदनमा खप्तड कर्णाली प्रदेश नामाकरण गर्दै सुर्खेतलाई राजधानी सिफारिस गरेको भन्दै उहाँले सुदुरपश्चिमको भावना समेटन नसक्ने बताउनुभयो ।
  ‘सेती महाकालीको अस्तित्व र अखण्डता समाप्त पारेर गरिने राज्यपुर्नसंरचना हामीलाई स्वीकार्य छैन’, मन्त्री भट्टले भन्नुभयो, ‘सेती महाकाली र भेरी कर्णालीलाई समेटेर एक प्रदेश बनाउने हो भने त्यसको नाम खस वा खसान प्रदेश हुनुपर्छ ।’ आयोगको प्रतिवेदनले सेती महाकालीको पहिचान, ईतिहास र संस्कृतिलाई बेवास्ता गरेर बनाएको दुई वटै प्रतिवेदन सोमबार जलाउने समेत उद्घोष गर्नुभयो । मोर्चाको तर्फबाट घोषित आन्दोलनको कार्यक्रममा माघ २४ गते प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री, सभामुख र संवैधानिक समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउने, केन्द्रमा सभामुख, प्रधानमन्त्री र शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउने र माघ २६ गते दिउसो १ बजेदेखि एक घण्टा चक्का जाम र मसाल जुलुस गर्ने  लगायतका रहेका छन् । 
 
उहाँले जातीय आधारमा राज्यको पुर्नसंरचना गर्ने हो भने नेपालमा विशिष्ट ईतिहास, संस्कृति र पहिचना बोकेको खस जातीको पनि छुट्टै राज्य हुनु पर्ने माग गर्नुभयो ।  सुदुरपश्चिमका खसहरु शासक नभई उत्पीडित रहेको उहाँको भनाई छ ।  
 
‘खस जातीलाई अन्यमा राख्ने द्यृष्टता फेरि पनि भए म लड्छु’, खस जातीलाई अन्य जातीमा राखिएको प्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री भट्टले भन्नुभयो, ‘मेरो लागि मन्त्री पद ठुलो होईन, सुदुर पश्चिमेलीको अधिकारको लागि म राजिनामा दिएर पनि लडन तयार छु ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक