20120310

छैटौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको क्रममा नेपाल सहित १३ देशका कलाकारहरु शनिबारदेखि काठमाडौंको प्रज्ञा भवनमा भेला

नेपाल सहित १३ देशका कलाकारहरु शनिबारदेखि काठमाडौंको प्रज्ञा भवनमा भेला भएका छन् । तीन सय ५० भन्दा बढी कलाकार जमघट रहेको यो भेला आउँदो चैत ५ गतेसम्म चल्नेछ । छैटौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको क्रममा कलाकारहरुको जमघट भएको हो । कार्यक्रमको आयोजना चाहिं एभरेष्ट नेपाल कल्चरल ग्रुपले गरेको छ । ‘भारत, बंगलादेश, श्रीलंका, इस्टोनिया, घाना, फिनल्याण्ड, ईटली, लिथुआनिया, मेक्सिको, पोल्याण्ड, ग्रीस र टोगोको टोली मेलामा सहभागी छन्’ मेला संयोजक रामचन्द्र कोइरालाले भन्नुभयो । मेला राजधानीमा मात्रै नभएर मोफसलमा पनि गर्ने तयारी छ । आयोजकका अनुसार शनिबार राजधानीमा उद्घाटन सकेपछि कलाकारको टोली आइतबार लुम्बिनी पुग्नेछ । आइतबार लुम्बिनीमा कार्यक्रम गरेर सोमबारदेखि बुटवल, दाङ र पोखरामा कार्यक्रम गरिने कोइरालाले जानकारी दिनुभयो । ‘नेपालको धार्मिक तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन र लोकसंस्कृतिको संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो’ कोइरालाले भन्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक