20120316

बाबुराम भट्टराईले माओवादी नेता र प्रधानमन्त्री बनेर देश त भाँड्नु भयो भयो अब श्रीमान श्रीमती पनि भाँड्न थाल्नु भयो बा !

एक कार्यक्रममा श्रीमती हिसिला र छोरी मानुषी सहित पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रीमानलाई तँ भन्न महिलाहरुलाई उकास्नुभएको छ । आफू महिलाहरुको उत्पीडन देखेरै त्यसको मुक्तिका लागि राजनीति गरेको भन्दै प्रधानमन्त्री भट्टराईले पुरुषकै कारण महिलाले हिंसा सहनुपरेको बताउनुभयो । ‘तँ भन्ने श्रीमानलाई तँ र तिमी भन्नेलाई तिमी भन्नुस्, तपाई भन्नेलाई तपाई भन्नुस्’ महिलाहरुलाई उत्साही बनाउँदै प्रधानमन्त्रीले भन्नुभयो -’यसो गर्दा हिंसा हुनसक्छ, तपाईंहरु पनि एकदुई किक हान्नुस्, यसले के फरक पर्छ ?’ महिला प्रहरीले त किक हाने पनि हुन्छ नि भन्दै उहाँले यसको सिको गर्न भन्नुभएको हो । कार्यक्रममा महिला प्रहरीको पनि उपस्थिति थियो । दर्शक दीर्घामा अरु महिलासँगै हाँसेर बसिरहेकी श्रीमती हिसिलातर्फ लक्षित गर्दै प्रधानमन्त्रीले
भन्नुभयो -’हिसिला जीले पनि मलाई पहिले तिमी भन्नुहुन्थ्यो, म पनि तिमी भन्थें । पछि शान्ति प्रकृयामा आएपछि उहाँले तपाईं भन्न थाल्नुभयो, मैले पनि तपाईं भने ।’ प्रधानमन्त्रीको कुरा सुनेर उपस्थित महिलाले पररर ताली बजाए । कार्यक्रमको उद्घोषक बनेकी छोरी मानुषी र दर्शक दीर्घामा रहेकी पत्नी हिसिला मख्ख भए । आफ्नो भाषण सुनेर गद्गद् भएका महिलाहरुतर्फ हेर्दै प्रधानमन्त्रीले भन्नुभयो -’प्रधानमन्त्री भएर गैरजिम्मेवार कुरा गर्‍यो भन्नुहोला, तर सत्य यही हो क्रान्तिकारी परिवर्तन नगरी हुन्न ।’ प्रधानमन्त्री भट्टराईले महिलामाथिको हिंसा रोक्ने हो पृत्तिसत्तात्मक शैलीलाई परिवर्तन गर्नुपर्ने र राज्यसत्ताको स्वरुप बदल्नुपर्ने बताउनुभयो । माओवादी जनयुद्धका बेलामा जति महिला मुक्ति सम्भव भयो त्यो कहिले पनि नभएको उहाँको दावी थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक