20120315

काठमाडौं डिल्लीबजारकी पुष्पा बस्नेत यो वर्षको अमेरिकी टेलिभिजन "सिएनएन हिरो" को मनोनयनमा

जेलमा रहेका बाबु आमासँगै दुःख कष्टका साथ हुर्किदै गरेका बालबालिकालाई उद्धार गरी उनीहरुको पालन पोषणा गर्दै आएकी काठमाडौं डिल्लीबजारकी पुष्पा बस्नेत यो वर्षको सिएनएन हिरोको मनोनयनमा पर्नुभएको छ । अमेरिकी टेलिभिजन संस्था सिएनएनले बस्नेतलाई सिएनएन हिरोमा मनोनयन गरेको घोषणा सहित उहाँको बारेमा तयार पारिएको सामाग्री शुक्रवार सार्वजनिक गर्दै छ । तर बस्नेतलाई तपाई मनानयनमा पर्नुभयो भनेर विहीवार विहान ३ बजेर ३ मिनेट जाँदा बधाई सहिको इमेल पठाएको छ । विहीवार विहान ३ बजेर ३ मिनेटमा आफू मनोनयनमा परेको आधिकारीक जानकारी पाएको भन्दै बस्नेतले भन्नुभयो । “राती ३ बजे मनोनयनमा परेको खबर पाएँ, त्यसपछि त मलाई के गरौं के गरौं भयो । निन्द्रा नै लागेन ।”  


को हुन पुष्पा ?
आमा बाबुको माया पाउनु पर्ने बेलाका निर्दोष बालबालिका आमाले गरेको अपराधका कारण उनीहरुसँगै जेलमा बस्न बाध्य छन् भन्ने थाहा पाएपछि समाजसेवामा लागेकी २८ वर्षिय युवती हुनुहुन्छ उहाँ । सेन्ट जेभियर कलेजमा सोसियल स्डडिजको विद्यार्थी रहँदा प्राक्टिलका लागि सुन्धारको जेलमा  पुगेकी पुष्पालाई ८ वर्षअघि जेलमा रहेकी एउटी महिलाको काखमा ८ महिने बालक देखेपछि ती बालकलाई जेलबाट उद्धार गर्न मन लाग्यो । कारागार प्रशासनले दिने दैनिक सिधाको भरमा ती महिलाले आफूसहित बच्चालाई हुर्काएको थाहा पाएपछि उहाँको मनले थाम्न नै सकेन र अर्ली चाईल्ड हुड सेन्टर स्थापना गरी उहाँले जेलमा अभिभावकसँगै रहेका बालबालिकाको उद्धार गरी उनीहरुको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी लिनुभयो । जेलमा रहेका बालबालिका उद्धार गरी उहाँले सेन्टरमा ल्याउर उनीहरुलाई हुर्काउने बढाउने काम गर्नुभएको हो । राम्रो कलेजमा पढेर अमेरिका जाने सोचमा सेन्ट जेभियर कलेजमा पढ्न थालेकी पुष्पाको सोच समाज सेवामा लागेपछि एकाएक परिवर्तन भयो । बालबालिकासँगै खेल्न र रमाउँन पाएपछि उहाँले अमेरिकाको सपना छाडेर यही बस्ने र सेन्टरलाई नै अघि बढाउने निर्णय गर्नुभयो ।  बस्नेत भन्नुहुन्छ “अरु साथी जस्तै मसँग पनि कलेज भर्ना हुँदा राम्रो मार्कस् ल्याउने र अमेरिका जाने सोचाई थियो ।  तर बालबालिकालाई उद्धार गर्न थालेपछि म उनीहरुसँगै रमाउन थालें ।” उहाँ भन्नुहुन्छ “मैंले सेन्टरमा हुर्काई बढाई गरेको बालबालिकाको सपना पुरा गर्नु नै मेरो जीवनको लक्ष्य बनेको छ ।”
अर्ली चाईल्ड हुड सेन्टरले गर्छ ?
२०६२ सालमा स्थापना भएको अर्ली चाईल्ड हुड सेन्टरले जेलमा अभिभावकसँगै रहेका बालबालिकालाई उद्धार गरी उनीहरुलाई खाने बस्ने र पढ्ने व्यवस्था गर्दै आएको छ । अहिले यो सेन्टरमा  ४० जना बालबालिका छन् । उनीहरुलाई हेरचाहका कलागि पुष्पा सहितका ४ जना दिनरात खटिनुहुन्छ । सेन्टरले सुरुमा नै सुन्धारा कारगारबाट उद्धार गरेका बालक अहिले ८ वर्षका भईसकेका छन् । उनकी आमा पनि जेलबाट छुटेर अहिले ती बालकसँगै यही सेन्टरमा बस्छिन् ।
के हो सिएनएन हिरो ?
यो अमेरिकी टेलिभिजन सस्थाले प्रदान गर्ने एउटा अवार्ड हो । विश्वभरबाट असाधारण काम गर्नेहरुलाई छानेर सिएनएनले सन् २००७ देखि हरेक वर्ष एक जनालाई सिएनएन हिरोको अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१० को सिएनएन हिरोको अवार्ड माइती नेपालकी अनुराधा कोइरालाले जित्नु भएको थियो । पोहोर यो अवार्डका लागि २४ जनालाई मनोनयन गरेको सिएनएनले यस पटक मनोनयनमा परेका मध्ये ४ जनाको नाम विहीवार बेलुकीसम्ममा सार्वजनिक गरिसकेको छ । र मनोनयनमा पर्ने अरुको नाम पनि क्रमश सार्वजनिक गरिने छ ।
सिएनएन हिरोको मनोनयनका लागि २ जनाको टोलीले केही समयअघि आएर पुष्पाले गरेको काम बारे अध्ययन गरेको थियो । त्यो टोलीले ३ दिन लगाएर आफू, आफ्नो संस्था र संस्थामा रहेका बालबालिका बारे भिडियो तथा अरु सामाग्रीहरु संकलन गरेको पुष्पाले जानकारी दिनुभयो । सिएनएनले ३ दिन लगाएर तयार गरेको सामग्री नै शुक्रवार टेलिभिजन मार्फत प्रशारण हुने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक