20120322

नेताहरुलाई आउँदो जेठ १४ सम्म काठमाडौ नछाड्न दिएको आफ्नै पार्टीको निर्देशन विपरित शीर्ष नेताहरु समेत विदेश जानेक्रम !

नेताहरुलाई आउँदो जेठ १४ सम्म काठमाडौ नछाड्न दिएको आफ्नै पार्टीको निर्देशन विपरित शीर्ष नेताहरु समेत विदेश जानेक्रम बढेको छ । दुई दिनअघि आफ्नै पार्टीको ह्वीप विपरित कांग्रेस नेता विमलेन्द्र निधि बेल्जियम जानुभएको थियो । बिहीबार नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल एक हप्ता लामो भारत भ्रमणमा जान लाग्नुभएको छ । केहीबेरमा खनाल भारत जाने कार्यक्रम रहेको उहाँको नीजि सचिवालयले जनाएको छ । एमाले संसदीय दलको बैठकले जेठ १४ सम्म आफ्ना सभासद् र नेताहरुलाई विदेश भ्रमणमा जान नहुने ह्वीप जारी गरेको हो । भारतमा रहँदा खनालले केही राजनीतिक भेटवार्ता गर्ने स्रोतले बताएको छ । 
*************************************
 संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनको नेपाल भ्रमण अनिश्चितकालका लागि स्थगित
संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनको नेपाल भ्रमण अनिश्चितकालका लागि स्थगित भएको छ। उहाँ वैशाख १६ गते लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउने कार्यक्रम तय भएको थियो। नेपालका लागि राष्ट्रसंघीय आवासीय प्रतिनिधि रोवर्ट पाइपरले बुधबार आफ्नो ट्विटरमा महासचिव नआउने जानकारी दिनुभएको हो। उहाँले लुम्बिनी बैठकको तयारीका लागि थुपै समय लाग्ने र जारी शान्तिप्रक्रियालाई अवरोध पुग्न नदिनका लागि भ्रमणको अर्को मिति तय नभइंजेलसम्मका लागि सरेको ट्विटरमा उल्लेख
गर्नुभएको छ। यसअघि लुम्बिनी विकास राष्ट्रिय निर्देशन समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ ले मुन नेपाल आउने जानकारी गराउनुभएको थियो। प्रचण्डको जानकारीसँगै नेपाली कांग्रेसका सभापति सुशील कोइरालालगायत विभिन्न राजनीतिक पार्टी र केही व्यक्तिहरुले उहाँलाई नेपाल नआउन भनेका थिए।

मुनको भ्रमण अनिश्चित्कालका लागि सरेको बारे परराष्ट्र मन्त्रालयका अधिकारीहरुले आफूहरु अनभिज्ञ रहेको बताएका छन्। उनीहरुले भने- 'मन्त्रालयले सरकारका तर्फबाट न पहिले औपचारिक निम्तो पठाएको थियो न त अहिले कुनै कारणले भ्रमणको मिति सार्न या रद्द गर्न नै पत्राचार गरेको छ। मुनले नेपाल आउन चासो देखाएका हुन् तर कहिले आउने भन्ने सन्दर्भमा सरकारी निकायबाट औपचारिक रुपमा त्यस्तो मिति तय भएको थिएन।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक