20120322

राजधानी काठमाडौं मा विहीवार एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट, कुटपिटबाट पुडासैनीको दुवै आँखाको चोट !

राजधानी काठमाडौंको जोरपाटी नयाँबस्तीमा विहीवार एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । गोठाटारमा बस्ने ३६ बर्षिया सुनिता पुडासैनीलाई बोक्सीको आरोप लगाएर कुटपिट भएको हो । पुडासैनीलाई जोरपाटी नयाबस्तीमा पुडासैनीकै सानीआमाको घरमा गएको बेला कुटपिट भएको हो । कुटपिटबाट पुडासैनीको दुवै आँखाको चोट लागेको छ । उहाँको अहिले तिलगंगा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोक्सीको आरोपमा कुटपिट गर्दै आँखा फुटाउन पछि नपर्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न काभ्रे घर भई हाल काठमाडौं जैशी देवल बस्ने ३५ बर्षिय ज्ञानेन्द्र दाहाल, ज्ञानेन्द्र दाहालकी श्रीमती २६ बर्षिया तारा दाहाललाई प्रहरीले पक्रेको छ । यस्तै जोरपाटी गा.वि.स वडा नंम्वर २ नयावस्ती बस्ने २८ बर्षिय दिलिप तिमिल्सीना उनकी श्रीमती २७ बर्षिया सिता तिमिल्सिना, काभ्रे दाप्चा घर हुने ६५ बर्षिय भवानीशंकर गौतम र जोरपाटी २ बस्ने २० बर्षिया मन्दिरा दाहाललाई प्रहरीले पक्रेको हो । सबैलाई थाहा भएकै कुरा हो काठमाडौं देशको राजधानी मात्रै होइन, मूख्य प्रशासनिक केन्द्रदेखि देशको मुल कानुन निर्माण हुने ठाउँ हो । कानुनमा कसैलाई पनि बोक्सीको आरोप लगाउन पाइदैन । कुसंस्कार नै भन्नु पर्छ, काठमाडौं बाहिरका जिल्लामा अझै पनि बोक्सीको आरोपमा कुटपिट हुने गरेको छ । चितवनमा ढेगनीदवी महतोलाई बोक्सीको आरोप लगाएर जिउँदै जलाइएको थियो । त्यसबेला महिला अधिकारकर्मीले बोक्सीको आरोप लगाएर जिउँदै जलाउनेलाई कारवाही गर्न नारावाजी गरेका थिए । चितवनको यो घटना सेलाउन नपाउँदै देशको मुल कानुन निर्माण हुने ठाउँ काठमाडौंमा बोक्सीको आरोपमा पुडासैनीको आँखा फुटाउने प्रयास भएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक