20120324

बाबुराम भट्टराईको सरकार राक्षसी सरकार भएको केपी ओलीको आरोप, देशका सबै ३९९६ गाबिसमा वाइसियलका अपराधी गुण्डाहरुलाई खेलकुद्का नाममा जागीर दिने र देशको ढुकुटीबाट एक वर्षमा ५६ करोड लुटाउने तयारी !

एमाले नेता केपी शर्मा ओलीले यो सरकारको आयु सकिएकोले नयाँ सरकार निर्माण प्रकृया सुरु गर्ने बताएका छन् । दोलखाको सिंगटीमा आयोजित एमाले क्षेत्र नं. २ को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता ओलीले अब बन्ने सरकार एमालेको हुने ठोकुवा पनि गरे । बर्तमान सरकारलाई उनले ‘धर्मशास्त्रको राक्षस’को संज्ञा दिए । ‘धर्मशास्त्रमा राक्षस सकेजती कुकृत्यसहित निकृष्ठ काम गर्ने गर्ने पात्रको रुपमा चिनिएजस्तै यो सरकार पनि त्यस्तै भएको छ,’ उनले भने । दोलखाका २३ गाविसबाट सहभागी जनसभामा उनले आउने जेठ १४ मै संविधान जारी हुने र त्यसका लागि पनि एमालेको सरकारको अपरिहार्यता रहेको बताए । ‘यो सरकार व्यासनमा कथा भन्ने पण्डित उठेका बेला बाख्राको पाठो गएर बसेको जस्तै भएको छ,’ उनले थपे, ‘कथा भन्नलाई पाठो हैन व्यासनमा पण्डित चाहे जस्तै शान्ति र संविधानका लागि सरकारमा एमाले नै चाहिन्छ ।’ सभामा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाईंले प्राविधिक रुपमा जे भए पनि जनमतको हिसावमा एमाले पहिलो पार्टी भएको प्रमाणित हुँदै गएको बताए
उता लडाकुले जस्तै एकमुष्ठ रकम वा रोजगारी पाउनुपर्ने माग गर्दै आएका वाईसीएललाई सम्हाल्न माओवादीलाई समस्या परिरहेका बेला उक्त पार्टी नेतृत्वको सरकारले 'वाईसीएल व्यवस्थापन रणनीति' अन्तर्गत हरेक गाविसमा खेलकुद अधिकारी राख्ने भन्दै देशका सबै गाबिसमा वाइसियलका अपराधी
गुण्डाहरुलाई खेलकुद्का नाममा जागीर दिने तयारी थालेको छ । त्यसरी नियुक्ति दिन आउँदो आर्थिक वर्षको बजेटमै कार्यक्रम र रकम छुट्टयाउने तयारी भएको हो । 'झन्डै चार हजारवटै गाविसमा खेलकुद अधिकारी राख्नेबारे छलफल भइरहेको छ,' खेलकुदमन्त्री कमला रोकाले भनिन् । नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि यतिखेर अर्थ र योजना आयोगले प्रस्ताव लिइरहेका छन् । आएका प्रस्तावहरूमा चैत १४ देखि छलफल हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले यसबारे अनौपचारिक छलफल भएको तर प्रस्ताव आफूसम्म आइपुगिनसकेको बताए । 'साथीहरूसँग छलफल भएको हो, तर औपचारिक प्रस्ताव आइसकेको छैन,' उनले भने । गाविसमा हरेक वर्ष सरकारी अनुदान जाने र त्यसैबाट पनि तलब दिन सकिने भन्दै सरकारले प्रस्ताव अघि सारेको अर्थका एक अधिकारीले बताए । गाविसमा त्यहाँको जनसंख्या र केन्द्रदेखिको दूरीका आधारमा प्रतिवर्ष १५ देखि ३० लाख रुपैयाँ सरकारले सीधै रकम दिने गरेको छ । स्रोतका अनुसार गाविसमा नियुक्त गरिने यस्ता अधिकारीको दर्जा यकिन भइसकेको छैन । नियुक्ति खुला प्रतिस्पर्धा वा सीधै हुने भन्नेबारे पनि टुंगो लागिसकेको छैन । गाविसका खरिदारसरह मात्र तलबभत्ता दिने हो भने पनि महिनाको करिब १२ हजार खर्च हुनेछ । करिब ३ हजार ९ सय गाविसमा एक वर्षमा ५६ करोड रुपैयाँ थप आवश्यक पर्नेछ । मन्त्री रोकाले सबै गाविसमा खेलकुद अधिकारी राख्दा लाग्ने थप बजेटको यकिन भने भइनसकेको बताइन् । निर्वाचित जनप्रतिनिधि नहुँदा गाविसमा जाने रकमको सदुपयोग हुन नसकेको गुनासो आइरहेकै बेला माओवादी सरकारले यो नयाँ योजना ल्याएको हो । माओवादी शिविरका लडाकुमध्ये केहीले अवकाश लिएर एकमुष्ठ रकम पाएको र बाँकी सेनामा समायोजन हुने प्रक्रियामा रहँदा वाईसीएलको व्यवस्थापन पार्टीका लागि टाउको दुखाइको विषय बनेको छ । वाईसीएलले आफूहरूलाई पनि रोजगारी वा एकमुष्ठ रकम माग गर्दे विरोध गरेपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टीबाट रकम दिने आश्वासन दिएका थिए । यसअघि ३ हजार लडाकुलाई माओवादीले वाईसीएलमा तानेको थियो । यो र अन्यबाट समेत कार्यकर्ता ल्याएर गठन गरिएको वाईसीएलको संख्याबारे यकिन तथ्यांक छैन । लडाकुबाट आएकालाई स्वैच्छिक अवकाश रोजेका लडाकुसरह ५ लाख रुपैयाँ दिँदा करिब डेढ अर्ब रुपैयाँ दिनुपर्ने देखिएको थियो । ठूलो रकम दिनुपर्ने देखिएपछि माओवादी वैकल्पिक बाटो खोजिरहेको थियो । जसमा गाविसमा अधिकारी र सरकारी विद्यालयमा खेलकुद शिक्षक राख्ने विकल्पसमेत अगाडि आएको छ । वाईसीएल संयोजक गणेशमान पुनले भने करिब २ वर्षअघि सबै गाविसमा खेलकुद समिति बनाउने माग गरिए पनि कुनै निर्णय नभएको बताए । 'त्यसपछि यसबारेमा कुनै निर्णय भएको छैन,' उनले भने । खेलकुदमन्त्री रोकाले खेलकुद विकास र रोजगारीका लागि ल्याउने तयारी भइरहेको कार्यक्रमलाई वाईसीएल लक्षित भन्न नमिल्ने दाबी गरिन् । 'वाईसीएलका लागि भनेर ल्याउन लागिएको होइन, मान्छेहरूको बुझाइमा फरक परेको हो,' उनले भनिन्, 'हामीकहाँ रुकम-रोल्पाको ढुंगामोटोलाई पनि माओवादी भनेजस्तै यसलाई पनि वाईसीएल भनेर चर्चा गरिएको हो, यो ४ हजारलाई रोजगार दिने योजना हो ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक