20120613

एसएलसी परीक्षामा ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भए

यो निलो मसीले  result रिजल्ट लेखेको स्थनामा क्लीक गरेर एसएलसी २०६८ सालको सबै रिजल्ट डाउनलोड गरी नतिजा थाहा पाउन सक्नु हुन्छ ।
 यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको छ। यस वर्ष नियमित तर्फ ४७.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए। त्यसैगरी आंशिकतर्फ यस पटक १३.७० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ ह जार ७९१ जना उत्तीर्ण भएका छन्। यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए। परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ। जन्ममितिसहित सिम्बोल नम्बर राखेर प्राप्ताङ्क  http://slc.ntc.net.np/slc2068_ledger.php बाट हेर्न सकिन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक