20120612

पुष्पकमल दाहाल प्रचण्डको उदण्ड क्रियाकलाप र आतङ्कपूर्ण अभिव्यक्तिका कारण राष्ट्रिय राजनीति अन्यौलपूर्ण बन्दै गएको केपी शर्मा ओलीको आरोप

१४ गते मध्यरातमा मलामीबाट फर्केको मूड बनाएर सुत्न हिंडेका उनीहरु भोलिपल्ट बिहानैदेखि दौडधूपमा व्यस्त छन् 
 नेकपा (एमाले) का प्रभावशाली नेता केपी शर्मा ओलीले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदण्ड क्रियाकलाप र आतङ्कपूर्ण अभिव्यक्तिका कारण राष्ट्रिय राजनीति अन्यौलपूर्ण बन्दै गएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता ओलीले एमाओवादीका अध्यक्ष प्रचण्डको उदण्ड अभिव्यक्ति र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गलत क्रियाकलापले देशलाई द्वन्द्व र मुठभेड तर्फ धकेलेको बताउनुभएको हो । भट्टराई सरकारले संविधानसभाको निर्वाचनको घोषणा ताजा जनादेशका लागि नभइ संविधानसभा भङ्ग गरि सत्ता टिकाईराख्ने दुराशयले गरेको आरोप लगाउादै भन्नुभयो,— “ दलहरु बिच सहमति नभइ नयाा निर्वाचनको सम्भावना छैन ।” तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले अध्यादेश मार्फत बजेट प्रस्तुत गर्दा माओवादीले अर्थमन्त्रीको व्रिफकेस खोसेको स्मरण गर्दै ओलीले भन्नुभयो— “यो सरकारले नै होईन, यसले न त बजेट ल्याउन सक्छ, नत निर्वाचन नै गर्न सक्छ, काम चलाऊले अध्यादेश मार्फत बजेट ल्याउनै सक्दैन, बजेट ल्याउन खोजे युवा तथा विद्यार्थीहरु व्रिफकेस
खोसेर फाल्छु भन्छन् हामी त सरकार नै खोसेर माओवादीलाई सडकमा ल्याउछौ, अध्यादेशबाट बजेट ल्याउन खोज्नु विचरा ढुब्न लागेको व्यक्तिले सिन्कोले साहारा लिनु जस्तै हो ।” 
जातीयताको नारा दिएर विदेशी डलरमा बिक्ने केही ठगहरु वर्षौ देखि नेपालमा रहेको जातीय सद्भावलाई विथोलेर साम्प्रदायिक सद्भावलाई भट्काउन लागेको आरोप लगाउदै उहााले केही बुद्धिजिवी भन्नेहरु पनि डलरमा विकेको दाब िगर्नुभयो ।
ओलीले न्याय र समानताको पक्षमा पार्टी रहदाा रहदै पनि अरुले देखाएको रंगिन चित्रमा लोभिएर पार्टीमा विवाद ल्याएर पार्टी छोड्न खोज्नेहरुलाई समयले नसियत दिने उल्लेख गर्नुभयो । प्रचण्ड र भट्टराई म्याननपावर कम्पनीको एजेण्ड बनेको आरोप लगाउादै उहााले दुबैले म्यानपावरबाट रकम असुल्ने गरेका छन् । सरकारले स्वदेशी उत्पादन कृषि, उद्योगधन्दा बन्द गराएर उर्जाशिल जनशक्तिलाई निकम्मा बनाइ विदेश पलाएन हुन बाध्य बनाएको छ यसको जिम्मेवारी पूर्णरुपमा सरकारले नै लिनुपर्छ उहााले भन्नुभयो ।  माओवादी सत्ताकब्जाको घिनलाग्दो अन्तिम प्रयासमा जुटेको बताउादै नेता ओलीले १० वर्ष युद्ध लड्दा, सेनापति प्रकरणमा, अनिश्चितकालीन काठमाडौंमा तमासा देखाउादासमेत असफल भए पछि आत्तिएको माओवादीले संविधानसभा भंग गरेर सत्ता कब्जा गर्न खोजेपनि अहिले पनि एमाओवादी असफल हुने बताउनुभयो ।



 संविधानसभा भंग भएपछिका बितेका १५ दिनमा दलका नेताहरुले देखिने गरी एउटा पनि उपलव्धीमुलक काम गरेका छैनन् । तर उनीहरु केही नगरी चुप लागेर बसेका पनि होइनन् । १४ गते मध्यरातमा मलामीबाट फर्केको मूड बनाएर सुत्न हिंडेका उनीहरु भोलिपल्ट बिहानैदेखि दौडधूपमा व्यस्त छन् । तर यो दौडधूप जेठ १४ अघिका दिनमा जस्तो सहमति र संविधान निर्माणका काममा होइन, एकअर्का बिरुद्ध मोर्चाबन्दी र आरोपप्रत्यारोपमा खर्च भएको छ । पहिले पार्टीका आन्तरिकभन्दा सामुहिक भेटवार्तामा व्यस्त भएका उनीहरुलाई पार्टीभित्र अल्झेर बसेका समस्या केलाउने समय पनि यहीबेला जुरेको छ । त्यसैले दुई धु्रवमा बाँडिएका दल र नेताहरु एकअर्काको आरोपप्रत्यारोप सँगै पार्टीभित्रको आन्तरिक काममा व्यस्त छन् ।
को के गर्दैछन् ?
जेठ १४ अघि सहमति खोज्न सिंहदरबार, बालुवाटार, बानेश्वर र बिभिन्न रिसोर्ट होटल चाहार्ने मुख्य दलका शीर्ष नेताहरु यतिबेला दुई कित्तामा बाँडिएका छन् । मुख्य चारदलमध्ये एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा एकातिर तथा कांग्रेस र एमाले अर्कातिर छन् । संविधान बन्न नसक्नुको दोष एकअर्कालाई लगाइरहेका दुवै थरीले आआफ्नो कित्ता बलियो बनाउन उसैगरी मोर्चाबन्दी बलियो बनाएका छन् । मुख्य सबै दलभित्र आन्तरिक समस्या पनि उत्तिकै गहिरो छ । त्यसैले फुर्सदमा खुलामञ्च र अरु सभासमारोहमा पुगेर उनीहरु एकअर्कालाई धित मर्नेगरी गाली गर्छन् । फेरि आफ्नै पार्टीको आन्तरिक छलफलमा व्यस्त हुन्छन् ।
बिघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कुटनीतिक, राजनीतिक भेटसँगै पार्टीको अन्तरबिरोध मिलाउने काममा बढी व्यस्त हुनुहुन्छ । संविधान निर्माणको बेला केही नरम देखिएका प्रचण्ड अहिले फेरि विपक्षी दलहरुलाई मुखमा आएजति गाली गर्ने काममा पनि लाग्नुभएको छ । केही दिनअघि उहाँले राजधानीको एउटा कार्यक्रममा यसैगरी कांग्रेस-एमालेलाई गाली गर्नुभयो । अब शुक्रबार राजधानीमा हुने पार्टीको आमसभामा पनि यसैगरी विपक्षी दलको हुर्मत लिने तयारीमा रहनुभएको उहाँ निकट स्रोतले जनाएको छ । यससँगै पार्टीभित्रको आन्तरिक समस्याले पनि उहाँलाई निकै पिरोलेको छ । झण्डै वर्षदिन अघिदेखि पार्टीभित्र प्रतिपक्षको भूमिका निभाउँदै आएको उपाध्यक्ष मोहन वैध किरण पक्षधर छुट्टै पार्टी खोल्ने तयारीमा लागेकाले सकभर मिलाउने प्रयासमा प्रचण्डको ध्यान यतिबेला यसतर्फ पनि केन्दि्रत भएको छ ।
कांग्रेस र एमालेका शीर्ष नेताहरु पनि पार्टीभित्रको आन्तरिक समस्या हल गर्ने काममा बढी व्यस्त छन् । एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरु पार्टी फुटाएरै हिंड्ने प्रयासमा लागेपछि शीर्ष नेताहरु उनीहरुलाई मनाउने र फकाउने अभियानमा छन् । यसै अनुसार आउँदो असार ४ र ५ गते कार्यकर्ता भेला बोलाइएको छ । भेलाअघि अहिले दिनहुँजसो पार्टीभित्र छलफल भैरहेको छ । अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी ओली लगायतका नेताहरुको ध्यान अहिले यतैतिर बढी केन्दि्रत भएको छ । माओवादी र सरकार बिरुद्ध हुने छलफल र कार्यक्रम पनि उनीहरुले छुटाएका छैनन् ।
नेपाली कांग्रेसभित्रको अवस्था पनि यही हो । बल्ल फुर्सद भएजस्तो संयुक्त बैठक बसेर भ्रातृसंस्था सम्बन्धी पुरानो विवाद हल गर्ने काममा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा लगायतका नेताहरु लागेका छन् । एमालेमा जस्तै उनीहरुलाई पनि सरकार र माओवादी बिरुद्धका कार्यक्रममा पनि ध्यान दिनुपर्ने बाध्यता छ ।
विपक्षी दलहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा अर्को चुनाव घोषणा गरेको भनेर आरोप खेप्दै आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो कदम ठीक थियो भन्ने पुष्टी गर्न राजनीतिक र कुटनीतिक पहलमा व्यस्त हुनुहुन्छ । पूर्व प्रधानमन्त्री सहित विपक्षी दलका मुख्य दलका नेताहरुलाई एकसरो भेटेर पनि खासै उपलव्धी हासिल नभएपछि सोमबार उहाँले बिभिन्न देशका राजदूतलाई भेट गर्नुभयो । विपक्षी दलले राजीनामाको लागि दबाब दिएपनि आफ्नै नेतृत्वमा सहमतीय सरकार गठन गरेर मंसिर ७ मै चुनाव गराउने अभियानलाई उहाँले निरन्तरता दिने प्रधानमन्त्रीको तयारी छ । यतिबेला बजेट र अरु कामको लागि अध्यादेश बनाउने कामले पनि उहाँलाई हैरान बनाएको छ ।
सरकारमै रहेका मधेसी मोर्चाका नेताहरुमध्ये उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई अरुलाई भन्दा बढी धपेडी छ । माओवादीकै बोलीमा हो मा हो मिलाउँदै कांग्रेस-एमालेलाई आलोचना गर्नुपर्ने एकातिर, सरकारको काम अर्कोतिर । त्यसमाथि शरतसिंह भण्डारी लगायतका पार्टी नेताहरु चोइटिर हिंडेको अर्को पीर । संविधानसभा भंगले सबैभन्दा बढी घाटा आफूलाई परेको गच्छदारको बुझाई छ ।
संविधानसभा भंगसँगै पद गुमाएका निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङ यतिबेला फुर्सदिलो हुनुहुन्छ । स्रोतका अनुसार संविधानसभा पुनस्र्थापना होला कि भन्ने झिनो आशा उहाँसित बाँकी नै छ । उहाँ अहिले पनि सरकारी निवास बालुवाटारमै हुनुहुन्छ । सरकारले उहाँलाई केही दिन त्यहीँ बस्न भनेको छ । तर उहाँले मान्नुभएको छैन । उहाँ निकट स्रोतका अनुसार नेम्वाङ यतिबेला भाडाको घर खोज्दै हुनुहुन्छ । तर भनेजस्तो घर भेट्नुभएको छैन । एमालेले उहाँलाई कुनै एक महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेपनि त्यो के हुने हो भन्ने अझै निक्र्योल हुन सकेको छैन । संविधानसभाको अर्को चुनाव हुने पक्का भयो भने उहाँ एमालेको राजनीतिमा फेरि सकृय हुने तयारीमा हुनुहुन्छ ।
ऊबेला संविधान निर्माणको काममा सकृयमध्ये एक संवैधानिक समितिका सभापति निलाम्बर आचार्यलाई सबैभन्दा बढी फुर्सद मिलेको छ । ‘म त घरमै आराम गरेर र अध्ययन गरेर दिन बिताइरहेको छु’ अनलाइनखबरको जिज्ञासामा आचार्यले भन्नुभयो ।
सभासद कोही घरतिर, कोही अलमलमै
संविधानसभा भंगसँगै महिनामा झण्डै ५० हजारको आम्दानी गुमेको छ, सभासदहरुको । यो महिनासम्म त बिग्रेको छैन । अर्को महिनादेखि भने त्यसै राजधानीमा बस्न नसकिने भएपछि केही सभासद पोकोपुन्तुरो बोकेर जिल्ला फर्किसकेका छन् । ‘मैले त सबै सामान चितवनस्थित घरमा पुर्याइसकें’ नेकपा मालेबाट सभासद भएकी पार्वती महतोले भन्नुभयो -’अब घरमै बसरे घरायसी कामसँगै समाजसेवा र राजनीतिमा सकृय हुन्छु ।’
राजधानीमा अरु कुनै कामधन्दा र व्यापार व्यवसाय नभएका तथा पार्टीमा ठूलो पदमा पनि नरहेको प्रायः सबै सभासदको अवस्था यस्तै हो । कोही पार्टी कामको सिलसिलामा राजधानी भएपनि धेरैजना आफ्नो क्षेत्र फर्किसकेका छन् । ‘म त अब पार्टीको संगठनभित्र काम गर्ने हिसाबले आफ्नै कार्यक्षेत्र हेटौंडा फर्किसकें’ एकीकृत नेकपा माओवादीबाट सभासद भएकी कुमारी मोक्तानले भन्नुभयो ।
संविधानसभामा आउनुअघि राजनीति भन्दा अरु नै काममा व्यस्त भएकाहरुलाई न राजनीति छाड्न सजिलो छ, न राजनीतिमा लागेर टिक्न । ‘अब राजनीति छाड्ने कुरा पनि भएन, त्यसैले राजनीतिसँगै पहिले गर्ने गरेको समाजसेवालाई पनि निरन्तरता दिन्छु’ एमालेबाट सभासद भएकी दाङकी शान्ता चौधरीले भन्नुभयो ।
कोही सभासदलाई भने अझै संविधानसभा पुनस्र्थापना हुन्छ कि भन्ने झिनो आशा बाँकी नै छ । त्यसैले एकथरी काम नभएपनि राजधानीमै छन् । त्यसमाथि पार्टीभित्र आन्तरिक छलफल र बैठक पनि भएकाले केही दिन राजधानीमै बस्ने र अवस्था हेरेर जिल्ला र्फकने पूर्व सभासदहरुको योजना छ । यीमध्ये सबैले राजनीति नछाड्ने बताएपनि आयआर्जनको लागि धेरैले व्यापार व्यवसाय गर्ने मनस्थिति बनाएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक