20120626

‘अब प्रधानमन्त्रीले कहाँ राजीनामा दिने ? कहाँ गएर स्वीकृत गर्ने ?’, ‘कामचलाउ प्रधानमन्त्रीले राजीनामा दिएको संसारमा कहिँ देख्नुभएको छ ?’ : एमाले नेता केपी शर्मा ओली

एकीकृत नेकपा माओवादी पार्टीबाट छुट्टएिर बनेको मातृका यादव नेतृत्वको नेकपा (माओवादी) पनि  विभाजित !
एमाले नेता केपी शर्मा ओलीले नयाँ निर्वाचन नभएसम्म राजीनामा नदिने अभिव्यक्ति प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट आउनुलाई ‘जङ्गबहादुरको प्रेत’ सवार भएको आरोप लगाएका छन् । अजरबैजानमा सम्पन्न एसियाली राजनीतिक पार्टीहरूको सङ्गठन (आइक्याप) को स्थायी समितिको १७औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता ओलीले अहिले कुनै जङ्गबहादुर या तानाशाहको युग नभएको पनि बताए । नेता ओलीले संविधान जारी हुन नसकी संविधानसभा विघटन भई राष्ट्रपतिले प्रधानमन्त्रीलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ पत्र दिइसकेको अवस्थामा अब उनको राजीनामा माग्नु वा उनले दिन्न भन्दा त्यसैको पछि दगुर्नु आवश्यक नभएको पनि बताए । ‘अब प्रधानमन्त्रीले कहाँ राजीनामा दिने ? कहाँ गएर स्वीकृत गर्ने ?’ ओलीले व्यङ्यपूर्ण शैलीमा प्रश्न गरे, ‘कामचलाउ प्रधानमन्त्रीले राजीनामा दिएको संसारमा कहिँ देख्नुभएको छ ?’ राष्ट्रपति डा रामवरण यादवले स्वतः पदमुक्त भएको भन्ने पत्र गत जेठ १६ गते दिइसकेको सन्दर्भमा त्यसलाई कुरा नबुझेर प्रधानमन्त्री पदमा बसिरहेको हुनसक्ने ओलीको टिप्पणी छ । प्रधानमन्त्री भट्टराईले हिजो ब्राजिलबाट फर्कने क्रममा आफ्नो
राजीनामा माग्नु दलहरूको ‘बालहठ’ भएको बताएका थिए । सरकारले तोकेको संविधानसभाको निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै निकासका लागि संविधानको धारा ४३ अनुसार दलहरूको सहमतिको नयाँ सरकार गठन हुनुपर्ने, त्यसका लागि दलहरूले नयाँ प्रधानमन्त्रीको नाम तय गर्नुपर्ने वा राष्ट्रपतिले दलहरूलाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने विकल्पबाट अघि बढ्नुपर्ने उनको भनाई थियो ।
एकीकृत नेकपा माओवादी पार्टीबाट छुट्टएिर बनेको मातृका यादव नेतृत्वको नेकपा (माओवादी) विभाजित भएको छ । पार्टीका चारजना केन्द्रीय सदस्य र २८ जिल्ला सेक्रेटरीले मंगलबार नयाँ संयुक्त क्रान्तिकारी मोर्चा नेपाल गठन गरेको जानकारी दिएका हुन् । पार्टी अध्यक्ष मातृका यादवको नेतृत्व एकाधिकारबादी, मनोगत र गोलचक्करवादी चिन्तन प्रवृत्ति भएको आरोप लगाउँदै २८ जना जिल्ला सेक्रेटरीहरुले नेकपा माओवादीसँग सम्बन्ध विच्छेदगरी नयाँ संयुक्त क्रान्तिकारी मोर्चा गठन गरिएको हो ।  ‘दीर्घकालिन जनयुद्ध गर्ने रणनीति सहित हामीले मोर्चा गठन गरेका हौं’ नवगठित मोर्चाका भुपेन्द्र न्यौपानेले भन्नुभयो । उहाँ सहित केन्द्रीय सदस्यहरु अशोक लामा, बलराम राई र राजन यादब मातृका यादवको पार्टीबाट अलग भएका हुन् । आफूहरुले कुनै पार्टीसँग गाभिनको लागि नभई छुट्टै क्रान्तिकारी पार्टी गठन गर्ने हिसाबले मोर्चा गठन गरेको न्यौपानेले बताउनुभयो । मोहन बैद्य किरणको नेकपा माओवादीमा लाग्नको लागि मातृका यादवलाई छाड्नुभएको हो भन्ने प्रश्नमा न्यौपानेले भन्नुभयो -’बैद्यको लाईन त झनै अस्पष्ट छ, हामी कसैसित मिसिनेछैनौं ।’
मातृका यादवबाट अलग भएकाहरुले २०५२ सालमा सुरु भएको जनयुद्ध चुनवाङ वैठक हुँदै १२ बुँदै दिल्ली सम्झौतामा लगेर जनयुद्धको अवसान गराएको र कथित बृहत शान्ति सम्झौतासम्म आईपुग्दा माओवादी पार्टीको अस्तित्व समाप्त पछि यादवको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मुल उद्देश्यका साथ नयाँ पार्टीको गठन भए पनि मातृका यादवको संकिर्ण स्वभाव, फूट परस्त स्वभाव र वैज्ञानिक अडान नभएको कारण आफूहरुले नयाँ मोर्चा गठन गर्नु परेको बताएका छन् ।
मंगलबार राजधानीमा भएको पत्रकार सम्मेलनका नवगठित मोर्चाका संयोजक अशोक लामाले भन्नुभयो-’अहिलेको परिस्थितिमा मालेमावादी सिद्धान्तको रक्षा गर्दै दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि बृहत क्रान्तिकारी मोर्चाको आवश्यक भएको महशुस गर्दै हामीले नेकपा (माओवादी) सँग सम्बन्ध विच्छेद गरी नयाँ मोर्चा गठन गरेका हौं ।’

2 comments:

  1. good news for the peace lover peoples. come on keep it up frequently ahead in future too.!

    ReplyDelete
  2. good news for the peace lover peoples. come on keep it up frequently ahead in future too.!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक