20120626

खुकुरीले छाती र घाँटी काटी अध्यक्ष रविलाल मेहताको हत्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक कार्यकर्तालाई गएराति अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ। सुनसरीको गौतमपुर गाविसस्थित पार्टी गाउँ समितिका अध्यक्ष रविलाल मेहताको हत्या भएको पार्टी सचिव किरणहरि विष्टले जनाएका छन्। गएराति १२ बजेदेखि एक बजेभित्रको समयमा अज्ञात समूहले खुकुरीले छाती र घाँटी काटी हत्या गरेको उनले जनाएका छन्। विष्टले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अपराधीलाई सरकारले अविलम्ब कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
प्रचण्ड र बाबुरामको बिचमा पनि गम्भिर बिबाद  
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुका सम्बन्धमा पछिल्लो पटक दिएको अभिब्यक्ति आफूसँग सल्लाहनै नगरेर राखेको बताएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्थाका बुझ्न शिक्षण अस्पताल महारजागञ्ज पुगेका दाहालले भट्टराईले दिएका अभिब्यक्ति आफू र पार्टीसँगको सल्लाहमा नआएको बताए । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘प्रधानमन्त्रीले म सँग कुनै सल्लाह गर्नु भएको छैन ।’ प्रधानमन्त्री भट्टराईले आफूले पदबाट राजीनामा नदिने भन्दै विपक्षी
दलहरुलाई ‘बालहठ’को आरोप लगाएपछि आलोचना बढेको थियो । भट्टराईको आलोचना भईरहेका समयमा एमाओवादी अध्यक्ष दाहालले पनि सो विषयमा आश्चर्य जनाउदै असन्तुष्टि जनाएका छन् । अध्यक्ष दाहालले आफू राष्ट्रिय सहमतिकै पक्षमा रहेको जनाउदै सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् । भट्टराईले तत्काल राजीनामा नदिने समेत अभिब्यक्ति दिएका थिए । उपसभापति पौडेलले प्रधानमन्त्री भट्टराईले दिएको पछिल्लो अभिब्यक्तिका सम्बन्धमा जिज्ञासा राखेपछि दाहालले सो जानकारी गराएको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक