20120602

संविधानसभा विघटनपछि तनावमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई, हिसिला यमी आरामका लागि भन्दै धुलिखेल माउन्टेन रिसोर्टमा, पुष्पकमल दाहाल नगरकोटस्थित भंगेरी दरबार होटलमा !

संविधानसभा विघटनपछि तनावमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई आरामका लागि भन्दै धुलिखेल आएका छन् । पत्नी हिसिला यमीसाथ आएका उनी माउन्टेन रिसोर्टमा बसेका छन् । शुक्रबार राति अबेर यहाँ आएका प्रधानमन्त्रीले आइतबार बिहान १० बजेसम्मका लागि कोठा बुक गरेका छन् । प्रधानमन्त्रीको धुलिखेल बसाईबारे प्रहरीले बोल्न चाहेन । यसअघि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल नगरकोटस्थित भंगेरी दरबार होटलमा आराम गर्न आएका थिए । राजनीतिक दस्तावेज लेख्न र आराम गर्न माओवादी शीर्ष नेताहरु नगरकोट, धुलिखेललगायतका रिसोर्टमा आउने परम्परा पुरानै हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक