20120703

पूर्वराजा आउने भन्दै सुरक्षा व्यवस्था कडा !

पूजापाठका लागि रूपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार कपिलवस्तुका विभिन धार्मिक स्थलको भ्रमण गरेका छन् । सोमबार कपिलवस्तुका दुईवटा मन्दिरको दर्शनका लागि पुगेका पूर्वराजा शाह सर्वसाधारणले स्वागत गर्दै नारा लगाएका थिए । कपिलवस्तुको भारतीय सीमावर्ती क्षेत्र कृष्णनगरस्थित राधाकृष्ण मन्दिरमा गएर पूजाआजा गरेपछि पूर्वराजाले सर्वसाधारणसँग भेट पनि गरेका थिए । पूर्वराजाको आगमनका क्रममा जिल्लाको चन्द्रौटा, कृष्णनगर तथा सदरमुकाम तौलिहवामा उपस्थित सर्वसाधारण,
शुभेच्छुक तथा समर्थकले स्वागत गरेका थिए । स्वागत गर्न आएका सर्वसाधारणले ‘राजा आऊ देश बचाऊ’ लगायतका नाराबाजी गर्नुका साथै पुष्पगुच्छाले सम्मान गरेका थिए । पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी तथा निजी कर्मचारीसहित लुम्बिनी अञ्चलका रूपन्देही, नवलपरासी तथा कपिलवस्तुका प्रसिद्ध मन्दिरमा पूजाआजाको लागि आएका हुन् । उनी सोमबार कपिलवस्तु पुगेर साँझ भैरहवामै फर्किएका छन् । पूर्वराजा शाहले कपिलवस्तुको प्रसिद्ध तथा प्राचीन तौलेश्वरनाथ मन्दिरमा समेत पूजाआजा गर्दै देशमा शान्ति स्थापना होस् भन्ने कामना गरेको मन्दिरका पुजारी पुण्यप्रसाद अर्यालले जानकारी दिए । मन्दिरवरिपरि तथा सदरमुकाम तौलिहवामा पूर्वराजालाई हेर्न राजतन्त्रका समर्थक तथा स्थानीयवासीको भिड लागेको थियो । राजालाई स्वागत गर्न आएको उहाँका समर्थक तथा सर्वसाधारणले पुन: राजतन्त्र सक्रिय भई देश बचाउन लाग्नुपर्ने भन्दै अनुनय पनि गरेका थिए । पूजाआजा तथा भेटघाटको क्रममा भने पूर्वराजाले देशको परिस्थिति र राजनीतिक घटनाक्रमका बारेमा भने केही बोलेनन् । पूर्वराजाको स्वागतका लागि राजतन्त्र सर्मथकहरूले ५ सय १ सदस्यीय स्वागत समितिसमेत गठन गरेका थिए । जिल्लामा पूर्वराजा आउने भन्दै आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
- Soura 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक