20120703

उल्टियो बुटवल : बुटवलमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा नेपाली काङ्रेस , एमाले, एकीकृत एमाओवादी र मधेशवादी दलका कार्यकर्ताहरुको समेत सहभागिता

एमाले नेता एवं बुटवल नगरपालिकाका पूर्व उप–प्रमुख बिमलबहादुर शाक्य भन्छन "राजसंस्थासंग बुटवलवासीको सदियौं देखिको सम्वन्ध"
- बुटवलबाट पत्रकार यमलाल भुसालको स्थलगत रिपोर्ट  

 बुटवल पाँचदिने धार्मिक भ्रमणमा रुपन्देही आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले मगलवार बुटवलका विभिन्न मन्दिरमा पुजाअर्चना गर्नुभएको छ । गत आइतबार धार्मिक भ्रमण भन्दै काठमाडौबाट बुद्ध एयरको नियमित उडानबाट भैरहवा आएपछि पुजाआजा गर्न थाल्नुभएका ज्ञानेन्द्र शाहले आज बुटवल ४ को गणेशस्थान मन्दिर र बुटवल १४ नयाागाउँमा रहेको मुक्तिनाथ धाममा सञ्चालन भैरहेको प्राणप्रतिष्ठामा पूजाआजा गर्नुका साथै विष्णुपुरास्थित मन्दिरमा पुगी पुजाआजा गर्नुभएको छ । पूर्वराजाको आगमनका अवसरमा उहाँका समर्थक एवं सर्वसाधारणले स्वागत तथा सम्मान गरेका थिए । गणेशस्थान मन्दिरमा जान लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत तथा सम्मान गर्न
बिहानैदेखि फूलमाला लिएर लामबद्ध रहेका उहाँका समर्थकहरुले राष्ट्रिय झण्डा फहराउँदै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ, सारा नेपाली के भन्छ–राजा फेरि चाहिन्छ, हिमाल पहाड तराई, कोही छैन पराई लगायत बिभिन्न नारा लगाउँदै स्वागत गरेका थिए । गणेस्थान मन्दिरमा पुजाआजाको लागि आएका पूर्वराजा ज्ञानेन्द्र
शाहलाई ६ सय १ ले केही गरेनन् सरकार हजुरको भरमा हामी छौ भन्दै उहाँका सर्मथकहरुले फुलमालाले स्वागत गरेका थिए । त्यस अवसरमा पूर्व राजाले बुटवल र पुरानो बटौली बजारको पनि केहीबेर अवलोकन भ्रमण गर्नु भएको थियो । सोही अवसरमा नेकपा एमालेका स्थानीय नेता एवं बुटवल नगरपालिकाका पूर्व उप–प्रमुख बिमलबहादुर शाक्यले बुटवलको बारेमा अबगत गराउँदै राजसंस्थासंग बुटवलवासीको सदियौं देखिको सम्वन्ध भएको बताउनुभएको थियो । ज्ञानेन्द्र शाहको स्वागतमा नेपाली काग्रेस, एमाले, एकीकृत एमाओवादी र मधेशवादी दलका कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले यसअघि रुपन्देही र कपिलबस्तुका विभिन्न मन्दिरमा पुगी आजापुजा गर्नुका साथै आफ्ना शुभचिन्तकलाई भेटघाट गर्नुभएको थियो ।
- news of nepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक