
टिप्पणी गर्दै पूर्वराजा शाहले आफुले छाडेको बेलामा भन्दा स्थीति झन भयावह देखिएको बताउनुभयो । तीनै जिल्लाका पत्रकारहरुलाई निम्ताइएको सो भेटघाटमा उहाँले पत्रकारका प्रश्नको सहज जवाफ दिनुभएको थियो । तीन दिनदेखि पश्चिम तराईमा रहनुभएका शाहले यहाँका बिभिन्न शक्तिपीठहरुमा पुजा अर्चना गर्दै जनतासँग अन्तरक्रियासमेत गरिरहनुभएको छ । रुपन्देहीको बुटबलमा गणेश मन्दिर र मुक्तिनाथ धाममा पुजा गर्ने क्रममा शाह एक किलोमिटर पैदल हिड्नुभएको थियो । उहाँ भोली नवलपरासीमा भगतवीको मन्दिरको दर्शन गरि बिहीवार काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।
संविधानसभा बिघटनसँगै मुख्य राजनीतिक दलहरु दुई ध्रुवमा बाँडिएको र राजनीतिक संकट झन् गहिरहेको बेला पूर्व राजा ज्ञानेन्द्रले आफ्नो भूमिका प्रष्ट्याउने मौका पाएका छन् । धार्मिक भ्रमणको लागि रुपन्देही पुगेका ज्ञानेन्द्रले वर्तमान राजनीतिक अवस्थाप्रति कटाक्ष गर्दै राजसंस्था अर्को शक्तिको रुपमा आउनसक्ने संकेत गरेका छन् । मंगलबार बेलुकी रुपन्देहीको एक होटलमा पत्रकारसित खुलेर प्रस्तुत भएका राजाले जनताले आफ्नो भूमिका खोजेको दावी गरे ।

के भने राजाले ?
· म राजनीतिज्ञ होइन, राजा हुँ । मलाई राजा नै ठीक छ । योभन्दा तलको कुनै पोस्ट मेरो लागि होइन ।
· दोस्रो जनआन्दोलनपछि पनि राजसंस्था राख्ने लिखित सहमति भएको हो ।
· मैले नारायणहिटी छोडेकोभन्दा अहिलेको स्थिति बिग्रेको छ । जातजाति, धर्म यस्ता कुरा राम्रो होइन ।
· म बाट केही भूमिका जनताले खोजेजस्तो लागेको छ । धैर्य गरौं, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्नेछन् ।
· मुलुकको संकट अब नयाँ शक्तिले पार लगाउँछ, नयाँ शक्ति भनेको राजतन्त्र पनि हुन सक्छ ।
· नेताहरु स्वचालित भएनन्, परिचालित भए ।
· देशलाई कुनै हालतमा टुक्राटुक्रा पार्न दिनुहुँदैन । नेपाली -नेपाली फुट्यौं र नेपाली -नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो नेपालको राष्ट्रिय संरचनालाई रक्षा गर्दैन । विविधतालाई एकतामा राख्ने खुबी हामीमा छ ।
· नेपाली जनतामा अहिले घोर कुण्ठा, निराशा र द्वन्द्व खडा भएको कटु अनुभूति मलाई भएको छ ।
यसरी पूर्व राजाले गणतन्त्र आएपछि मुलुकमा झन् अस्थिरता छाएको भन्दै असन्तुष्टी जनाएका छन् । आफू नेता भन्दा राजा भएकै ठीक भन्दै उनले राजा भन्दा तलको ठाउँ आफूलाई नसुहाउने उल्लेख गरेका छन् । नेताहरुले केही गर्न नसकेको उनको ठम्याई छ । जातीय राज्यले मुलुकलाई हित नगर्ने भन्दै उनले घुमाउरो भाषामा संघीयताको बिरोध गरेका छन् । परिचालित भएको भन्दै उनले नेताहरु विदेशीको इशारामा चलेको बताएका छन् । दोस्रो जनआन्दोलनको बेला राजसंस्था राख्ने सहमति गरेपनि दलहरुले आफूलाई धोका दिएको उनको गुनासो छ ।
समग्रमा पूर्व राजा ज्ञानेन्द्रले आफू विस्तारै बलियो हुँदै गएको अनुभूति गरेका छन् । बाहिर जाँदा आफ्नो समर्थनमा जयजयकार सुनेर मख्ख छन् । राजनीतिक दलहरुले जनभावना अनुसार काम गर्न नसकेकोमा उनी गद्गद् छन् । राजनीतिक दलहरुप्रति जनताको गुनासो बढ्दै जाँदा आफू शक्तिशाली भएको उनलाई लागेको छ । दलहरुबीचको दूरी यसरी नै बढ्दै जाने हो भने पूर्व राजा र राजतन्त्र समर्थकहरु अर्को शक्तिको रुपमा देखिने पक्का छ । जुन कुरा पूर्व राजाले पुष्टी गरेका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक