20120816

पत्रकारिता क्षेत्रको एउटा उदाहरणीय अग्रज, कुशल र ब्यबसायिक सम्पादक / प्रकाशक पुस्करलाल श्रेष्ठ सँग अमेरिका बाट लिइएको अन्तर्वार्ता सुन्नुस्

(मैले पुस्करलाल श्रेष्ठलाई पत्रकारिताका दौरानमा चिनेको २४ बर्ष अगाडि हो । २४ बर्से मेरो पत्रकारिताको दौरानमा पुस्कर दाईलाई मैले एउटा अत्यन्त अशल, ब्यबसायिक, वास्तविक पत्रकार का रुपमा नजिकबाट चिनिरहेको छु, हेरिरहेको छु । पुस्करलाल कै सिको गरेर कान्तिपुर खुलेको पनि मलाई राम्रोसँग थाहा छ । सगरमाथा, हिमालय टाइम्स, लोक पत्र देखी धेरै पब्लिकेशनले पुस्करलालदाई लाई पछ्याउन खोजे, कान्तिपुर बाहेक अरु सबै हराए । पुस्कर दाईको कामना पब्लिकेशन, नेपाल समाचार पत्र सधैं एउटा शान्त नदिझै आफ्नो गन्तब्यमा अबिचलित भएर बिगिरहेको सबैलाई अबगत नै छ । पुस्करलाल बाट नेपाली पत्रकारिता जगतले धेरै सिक्नु जरुरी छ । तिनै महान पत्रकार पुस्करलाल श्रेष्ठ सँग मैले अमेरिका बाट एउटा टेलिफोन अन्तर्वार्ता गरेको छु । सुन्नुस वहाँसँगको टेलिफोन अन्तर्वार्ता - रामप्रसाद खनाल)





।                   


नेपालको पत्रकारिता क्षेत्र को एउटा उदाहरणीय अग्रज, कुशल र ब्यबसायिक सम्पादक / प्रकाशक पुस्करलाल श्रेष्ठ को एउटा पढनै पर्ने महत्वपूर्ण प्रकाशन "कलम" काठमाडौंमा बिमोचित
नेपालको पत्रकारिता क्षेत्र को एउटा उदाहरणीय अग्रज, कुशल र ब्यबसायिक सम्पादक / प्रकाशक पुस्करलाल श्रेष्ठ को एउटा पढनै पर्ने महत्वपूर्ण प्रकाशन "कलम" काठमाडौंमा बिमोचित भएको छ ।     कामना न्युज पब्लिकेशन्स् प्रालि ( नेपाल समाचार पत्र ) का प्रधान सम्पादक एवम् प्रकाशक पुष्करलाल श्रेष्ठकको तीन दशक लामो संघर्षशिल पत्रकारिताको बारेमा लेखिएको पुस्तक ‘कलम’ को बिहीबार एक समारोहकाबीच बिमोचन
गरिएको हो  । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ पत्रकार तथा प्राध्यापक पि. खरेल, वरिष्ठ पत्रकार मदनमणी दिक्षित, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी र नेपाल ब्रोडकाष्टीङ एसोसिएसनका अध्यक्ष आर.के. मानन्धरले सामुहिक रुपमा पुस्तक विमोचन गर्नुभएको थियो । संस्थागत रुपमा नेपालको निजी क्षेत्रमा स्थापित पहिलो सञ्चारगृहका प्रमुख पुष्करलाल श्रेष्ठलाई पात्र बनाएर अशोक सिलवालले लेखेको कलममा नेपाली पत्रकारिताको पछिल्लो तीन दशक देखाउने प्रयास गरिएको छ । पुस्तकमा श्रेष्ठ पत्रकार र प्रकाशक हुँदाका थुप्रै कठिन तर रोमाञ्चक अनुभव र अनुभूति समेटिएका छन् ।
झण्डै ४ सय पृष्ठको ३६ खण्डमा विभक्त ‘कलम’ पत्रकारितामा सम्बद्ध एवम् रुचि राख्ने सवैका लागि रोमाञ्चक रहेको लेखक श्रेष्ठले बताउनुभएको छ ।  पुस्तक अमेरिकाको सनफ्रान्सिस्को, क्यालिफोर्निया, अक्टिन, टेक्सास, बेलायतको राजधानी लण्डन, अष्ट्ेरलियाको सिड्नी अष्ट्रियाको राजधानी भियना, चीनको नानजिन र भारतको राजधानी नयाँ दिल्लीमा आजै एकै साथ सार्वजनिक गरिएको हो ।

 मैले सधै अग्रज पत्रकारका रुपमा श्रद्धा र सम्मान गर्ने पुस्करलाल श्रेष्ठ दाई लाई अमेरिका बाटै भए पनि हार्दिक बधाई र वहाँको यो प्रकाशन सबैका लागि मार्ग दर्शन हुनेकुरामा म पूर्ण रुपमा बिश्वस्त छु ।  - रामप्रसाद खनाल  







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक