20120802

डिसी नेपाली समाज अमेरिकाले यस बर्ष पनि जनै पुर्णिमा यसरी मनायो

अध्यक्ष अरुण रुपाखेती, पण्डित राजेन्द्र खनाल र समाजसेबीहरुको धारणा पनि सुन्नुस यसबारेमा 











अमेरिकाको वाशिङ्टन डिसीमा जनै पूजन तथा रक्षाबन्धन धारणको कार्यक्रम भब्यरुपमा सम्पन्न


नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको सम्रक्षण, सम्बर्धन गर्ने उद्देश्यका साथ भर्जिनियामा स्थापना भएको संस्था डिसी नेपाली समाज, अमेरिकाले यही अ
गस्त २ तारिख आयोजना गरेको जनै पूजन तथा रक्षाबन्धन धारणको कार्यक्रम भब्यरुपमा सम्पन्न भयो ।

डि सी मेट्रो वरपर बस्ने प्राय सबै नेपालीहरुसहित अमेरिकाका लागि नेपाली राजदुतको परिवारको उपस्थितीसमेत रहेको उक्त धार्मिक कार्यक्रममा नेपाली सँस्कृतिको परम्परा झल्काउने गरी बनाइएको जोग्य(यज्ञ मन्डप)तथा स्वागतद्वारले नेपालकै कुनै भुभागमा भएको जस्तो अनुभव गराउनुका साथै ज्योतिष पन्डित श्री राजेन्द्र खनालद्वारा बैदिक बिधिपुर्बक हवन र रुद्रभिषेकसहित पूजिएको जनै र रक्षाबन्धन धारणको कार्यक्रम अत्यन्त सौहाद्रपूर्ण बातावरणमा सम्पन्न भएको र करीव ४००-५०० जनाको सहभागीता रहेको कुरा संस्थाका अध्यक्ष अरुण रुपाखेतीले बताउनुभयो ।

गत बर्ष गरेको कार्यक्रमको पनि अपार सफलता रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने कुरा संस्थाका उपाध्यक्ष श्री दधी ढुंगानाले बताउनु भयो । संस्थाका महासचिव श्री कमल पोखरेलले भक्तजनहरुको अगाढ स्नेहको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै जनैपुर्णिमाको दिन खाने क्वाटीलाई पनि निरन्तरता दिदै जाने कुराको जानकारी गराउदै आगामी दिनमा पनि गरिने यस्ता खालका सन्स्क्रिती जोगाउने कार्यक्रममा साथ दिनु हुन डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई अनुरोध गर्दै धन्यवाद ज्ञापन गर्नु भयो ।

राजेन्द्र खनाल
वाशिङ्टन डिसी, अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक