20120823

पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारकै मुद्दामा कैद भुक्तान गरिरहेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले जेलमा स्वागत गरे

- जीवन विसी
काठमाडौं, ७ भदौ । पूर्वमन्त्री खुमबहादुर खड्का बुधबार दिउँसो २ बजेर ९ मिनेट जाँदा ठूलै दलबलसहित जिल्ला अदालत काठमाडौंमा पसे । उनी आउनुअघि नै त्यहाँ सञ्चारकर्मी, सुरक्षाकर्मी र समर्थकको भिड लागिसकेको थियो ।
खड्का उपस्थित हुनासाथ फैसला कार्यान्वयन अधिकारी पुनाराम खनालले सोधे, ‘तपार्इं कुन जेल जाने ?’ खड्काले ºयाट्टै जवाफ दिए, ‘जगन्नाथदेवल या सदरखोर डिल्लीबजार ।’ गिरºतारी दिन जिल्ला अदालत आएका उनी हँसिलो मुद्रामा थिए । ती जेल रोज्नुको कारण उनले ठट्याउलो पारामा प्रस्ट्याए ‘नक्खु, भद्रगोल, सिंहदरबार, २ नम्बर गणदेखि दाङ जेलसम्मको यात्रा पूरा गरिसकेको छु, बाँकी जेलमा पनि पालो पुर्‍याउनुपर्‍यो नि †’
त्यत्तिकैमा खड्काले सुरक्षामा रहेका प्रहरीलाई सोधे, ‘मलाई डिल्लीबजारसम्म कसले लैजाने हो ?’ नजिकै रहेका डिएसपी धीरजप्रताप सिंह आएर भने, ‘मैले हो हजुर ।’ खड्काले डिएसपी सिंहलाई भने, ‘म जाँदा
अदालतको उत्तर–दक्षिणमा रहेका समर्थकलाई हात हल्लाउँछु, त्यो व्यवस्था मिलाउनुहोला ।’
सञ्चारकर्मीले खड्कालाई सोधे, ‘डिल्लीबजारमा त तपार्इंका पुराना साथी जयप्रकाश गुप्ता पनि हुनुहुन्छ क्यारे † अहिले उहाँसित कस्तो सम्बन्ध छ ?’ खड्काले सहज रूपमा जवाफ दिए, ‘विचार फरक भए पनि व्यक्तिगत सम्बन्ध त कहाँ टुट्छ र †’
फेरि सञ्चारकर्मीले सोधे, ‘जेल जाँदा कस्तो अनुभूति भइरहेको छ ?’ जवाफमा खड्काले लामै गफ छाँटे । ‘म १६ पुस ०३३ मा पहिलोपटक बिपी, गणेशमान श्रेष्ठ, शैलजा आचार्य, रामबाबु प्रसाईंसँगै जेल गएको हुँ । त्यतिबेला मलाई जन्मकैद तोकिएको थियो । तर, ०३७ सालको जनमतसंग्रहपछि २ वैशाखमा छाडियो । २० वर्षको हँुदा ०२५ सालतिर पनि पक्राउ परेको थिएँ । त्यसपछि सबैभन्दा सानो उमेरमा ०३४ सालमा म कांग्रेसको केन्द्रीय सदस्य भएको हुँ । सबै गरी मैले हालसम्म आठ वर्ष जेल जीवन बिताइसकेको छु । जेल मेरा लागि आराम गर्ने पवित्र स्थल हो । यतिबेला जेल जान लागेको मलाई महसुस खासै भएको छैन । २० वर्षदेखिको यो यात्रा अहिले ६१ वर्ष पुगिसक्दा पनि सकिएको छैन । तर, म जेल जाँदा वैशाखमा हुने चुनाव कस्तो होला भन्नेमा मलाई चिन्ता छ ।’
जेल चलान
सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खड्का बुधबार जेल चलान भएका छन् । सर्वाेच्च अदालतको फैसला पूर्वाग्रही र त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिए पनि फैसलालाई सम्मान गर्दै उनी जिल्ला अदालतमा पुगेका थिए । जिल्ला अदालतले एक वर्ष दुई महिना नौ दिनका लागि उनलाई कारागार चलान गरेको फैसला कार्यान्वयन अधिकारी खनालले बताए ।
सर्वाेच्च अदालतले ३० साउनमा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय सुनाएको थियो । खड्काले फैसलालाई सम्मान गरी अदालतमा उपस्थित भएपछि मुलुकी ऐनको दण्ड सजाय महलअन्तर्गतको २० प्रतिशत कैद र जरिवानामा मिनाहा पाएका छन् । २० प्रतिशत मिनाहामा उनले ३ महिना १९ दिन छुट पाएका हुन् । खड्कालाई भ्रष्टाचारको मुद्दा चलाउनुअघि छानबिन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना २१ दिन थुनामा राखेको थियो । तर, सर्वाेच्च अदालतको फैसलामा भएको प्राविधिक त्रुटिका कारण उनले दुई दिन मात्र छुट पाएका छन् । फैसलामा दुई महिना २१ दिन हुनुपर्नेमा दुई दिन मात्र उल्लेख गरेका कारण उनले कम छुट पाएका हुन् । ‘यदि यस्तो प्राविधिक त्रुटि भएको रहेछ भने त्यो सच्चिन्छ,’ सर्वाेच्चका सह–प्रवक्ता हेमन्त रावलले भने । सर्वाेच्चको फैसला सच्चिएमा उनले थप दुई महिना १९ दिन कैद सजायमा छुट पाउनेछन् ।
त्यसैगरी २० प्रतिशत मिनाहा सुविधा खड्काले जरिवाना रकममा पनि पाएका छन् । सर्वोच्च अदालतले ९४ लाख ७४ हजार एक सय २२ रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । २० प्रतिशत मिनाहा पाएपछि उनले ७५ लाख ६९ हजार दुई सय ९७ रुपियाँ ६९ पैसा मात्र जरिवाना बुझाउनुपरेको छ । खड्काको जरिवाना तिर्न विभिन्न जिल्लाबाट कार्यकर्ताले रकम संकलन गरी ल्याएका थिए । खड्काले जरिवाना बुझाउँदै कांग्रेसका मोरङ सभापति रमेशराज रायमाझीले भने, ‘सबै जिल्लाका साथीले रकम संकलन गरी पठाएका छन् । दाङ, मोरङ, रौतटह र काठमाडौंका साथीहरूले बढी रकम दिनुभएको छ ।’
सयाँै समर्थकसहित अदालतमा पुगेका खड्काले सञ्चारकर्मीसँग अन्तरंग कुरा गर्दै करिब एक घन्टा अदालतमा बिताएका थिए । उनले आफूलाई योजनाबद्ध रूपमा फसाइएको दोहोर्‍याए । जेल जानुअघि उनले भने, ‘मलाई योजनाबद्ध रूपमा फसाइएको छ । तर, जनताको फैसलाका अगाडि यी दुई न्यायाधीशको फैसलाले केही काम गर्नेवाला छैन । जेलबाट निस्केपछि म जनअदालतमा जान्छु ।’
उनले जेल आफ्ना लागि पवित्र घर भएको र छाती फुलाएर बस्ने बताए । खड्काले भने, ‘जेल मेरा लागि पवित्र घर हो, हिजो पनि छाती फुलाएर बसेको थिएँ, आज पनि छाती फुलाएर बस्छु ।’
जेल पवित्र घर हो : खड्का
म नेपाली कांग्रेसको सिपाही हुँ । राष्ट्र र राष्ट्रियताका लागि, छाती ठोकेर भन्छु, म बफादार छु । मैले राष्ट्र, राष्ट्रियता र नेपाली दाजुभाइ दिदी–बहिनीप्रति कहिले पनि बेमानी गरेको छैन । मेरा मन्त्रीकालमा सुरु भएका विकासका संरचनाले सफलता पाउँदै गएका छन् । सुर्खेत, जुम्ला, छिन्चु जाजरकोटलगायत दर्जन बढी योजना सफल भएका छन् । तर, त्यही मन्त्रीकालमा मलाई भ्रष्टाचार गर्‍यो भनेर सर्वाेच्च अदालतका दुई न्यायाधीशले जेल पठाउँदै छन् ।
म प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने मान्छे भएकाले अदालतका दुई न्यायाधीशबाट पूर्वाग्रही र अन्यायपूर्ण फैसला भए पनि म अदालतमा उपस्थित भएको छु । अदालतको सम्मान गर्ने परिपाटी र लोकतान्त्रिक मूल्य र मान्यातालाई अंगीकार गरी म यहाँ आएको हुँ । तर, मैले भन्नै पर्छ, ‘सर्वाेच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले मप्रति पूर्वाग्रह राखे ।’ मेरो सम्पत्ति कति छ त्यसको सही मूल्यांकन नै नगरी अख्तियारले देखाएको सम्पत्तिलाई पनि मानिएन । दाङमा मेरो सम्पत्ति जग्गा–जमिन, कति छ ? त्यसको सही मूल्यांकन भएन । १२ बिघा जमिनको कृषि आम्दानीलाई वर्षको एक लाख मात्र कायम गरिएको छ । त्यही कल्याण श्रेष्ठले स्वास्थ मन्त्रालयका एक डाक्टरको भ्रष्टाचार मुद्दामा १० बिघाबाट प्रति वर्ष तीन लाख आम्दानी भएको मूल्यांकन गरेका थिए ।
वैद्यनाथले रामकृष्ण तिवारीको मुद्दामा तमसुकलाई मान्यता दिएका थिए तर मेरा तीनवटै तमसुकलाई मान्यता दिइएको छैन । यो फैसला त्रुटिपूर्ण मात्र नभई मलाई आगामी वैशाखमा हुने निर्वाचनमा भाग लिन नदिने साजिस पनि हो । योजनाबद्ध रूपमा मलाई फसाइएको छ । तर, जनताको फैसलाका अगाडि यी दुई न्यायाधीशको फैसलाले केही काम गर्नेवाला छैन । जेलबाट निस्केपछि म जनअदालतमा जान्छु । जनताले नै भन्नेछन्– म भ्रष्ट हुँ कि होइन ? यसमा मेरो पार्टी पनि साथमा छ ।
जेल मेरा लागि पवित्र घर हो । हिजो पनि छाती फुलाएर बसेको थिएँ, आज पनि छाती फुलाएर बस्छु । अब पुनरावलोकनका लागि पुन: सर्वाेच्च जान्छु, त्यतिबेला न्याय पाउने आशामा छु । अर्काे कुरा पनि भनिहालाँै– पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले मेरो मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए । अनि उनकै साढुभाइ कल्याणले मुद्दाको अन्तिम फैसला गरे । कानुनी रूपमा उनले यो मुद्दा नै हेर्न मिल्दैनथ्यो ।
(समर्थकलाई खड्काले गरेको सम्बोधन ।)
कारागारमा गुप्ताको स्वागत
काठमाडौं जिल्ला अदालतबाट सदरखोर डिल्लीबजार पुगेका खड्कालाई भ्रष्टाचारकै मुद्दामा कैद भुक्तान गरिरहेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले स्वागत गरे । गुप्ताले नमस्कार भनेर स्वागत गरेपछि खड्काले अंकमाल गर्दै धाप मारेका थिए । विगतमा एउटै पार्टीमा आबद्ध उनीहरू हितैषी साथी पनि हुन् । कांग्रेसको राजनीतिक हैसियतमा सिनियर खड्कालाई गुप्ता ‘दाइ’ भनेर सम्बोधन गर्छन् । स्रोतका अनुसार कारागार बसाइबारे गुप्ताले खड्कालाई कहीबेर सम्झाए पनि । सीमित आफन्तजनसँग भेटघाटपछि गुप्तासँगै खड्का ब्लकभित्र प्रवेश गरेका थिए । खड्कालाई गुप्ता राखिएकै ब्लक ‘क’ मा राखिएको छ ।
खड्का बुधबार अपराह्न ३ बजेर १० मिनेट जाँदा सेतो रङको गाडीमा कारागार प्रवेश गरेका थिए । गाडीभित्र खड्कासहित उनका आफन्त पनि थिए । गाडीको अघि र पछि प्रहरीको भ्यान थियो । कारागार प्रशासनका सबै प्रक्रिया पूरा गर्दा खड्कालाई करिब ४५ मिनेट लागेको थियो । कारागार प्रवेश गरेलगत्तै उनलाई भेट्न कांग्रेस नेता देवेन्द्रराज कँडेल र शंकर भण्डारीले भेटेका थिए ।
कारागार बाहिरपट्टि मूलगेटमा खड्काका आफन्त तथा कांग्रेस कार्यकर्ताको बाक्लो भिड थियो । सम्भावित दुर्घटना हुन सक्ने आशंकामा कारागार आसपासको क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो थियो । प्रहरीले कारागारभित्र कसैलाई पनि प्रवेश गर्न दिएको थिएन । खड्का भित्र प्रवेश गरेलगत्तै मोटरसाइकलमा आएका तरुण दलका कार्यकर्ताले केहीबेर कारागारबाहिर चक्काजामसमेत गरे ।
आफन्तजनसँग भेटघाटपछि गुप्तासँगै खड्का ब्लकभित्र प्रवेश गरेका थिए । खड्कालाई गुप्ता राखिएकै ब्लक ‘क’ मा राखिएको छ । खड्का बुधबार अपराह्न ३ बजेर १० मिनेट जाँदा सेतो रङको गाडीमा कारागार प्रवेश गरेका थिए । गाडीभित्र खड्कासहित उनका आफन्त पनि थिए । गाडीको अघि र पछि प्रहरीको भ्यान थियो । कारागार प्रशासनका सबै प्रक्रिया पूरा गर्दा खड्कालाई करिब ४५ मिनेट लागेको थियो । कारागार प्रवेश गरेलगत्तै उनलाई भेट्न कांग्रेस नेता देवेन्द्रराज कँडेल र शंकर भण्डारीले भेटेका थिए ।
कारागार बाहिरपट्टि मूलगेटमा खड्काका आफन्त तथा कांग्रेस कार्यकर्ताको बाक्लो भिड थियो । सम्भावित दुर्घटना हुन सक्ने आशंकामा कारागार आसपासको क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो थियो । प्रहरीले कारागारभित्र कसैलाई पनि प्रवेश गर्न दिएको थिएन । खड्का भित्र प्रवेश गरेलगत्तै मोटरसाइकलमा आएका तरुण दलका कार्यकर्ताले केहीबेर कारागारबाहिर चक्काजामसमेत गरे ।
*******************************
यो सूचना केबल अमेरिका बस्ने नेपाली साथीहरुका लागि हो । अन्य देशबाट संपर्क नगर्नु हुन बिनम्र अनुरोध छ । नेपाली लाई नै मौका दिउँ भनेर यो सूचना www.nepalmother.com र face book मा समेत राखिएको छ । यदी तपाईं वा तपाईंका कोही साथी आफन्त लाई जागीर चाहिएको छ भने हामीलाई संपर्क गर्न भनिदिनुस् है त ।
४ जना नेपाली क्यासियर, जना एसिस्टेन्ट 
        म्यानेजरको आवश्यकता !
हामी द्वारा सँचालित भर्जिनियाकै ठुलो 7-11 Store (Front Royal) लाई तुरुन्त ४ जना नाइट तथा डे सिफ्ट मा काम गर्ने नेपाली क्यासियर, २ जना एसिस्टेन्ट म्यानेजरहरु चाहिएको छ । अमेरिकाको भर्जिनिया, डिसी, म्यारिल्यान्डमा बसोबास गरेका वा अमेरिकाका अन्य स्टेट बाट मुभ भएर भर्जिनिया आउन चाहने, कामको खोजी मा रहेका, श्रीमान श्रीमती, साथी साथी वा कोही पनि नेपालीहरु (जसलाई 7-11 वा अन्य कामको अनुभब छ भने) हामीलाई तु संपर्क गर्नुस
 - 703-419-0924, email : rampdkhanal@gmail.com   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक