ऐतिहासिक तथ्यबारे आफूले लेखेको कुराबारे स्पष्ट गर्न चर्चित भारतीय बुद्धिजीवी एवम् नेपालविज्ञ एसडी मुनी यो साता काठमाडौं आइपुग्नुभएको छ। हिंसात्मक आन्दोलनको समयमा माओवादीका प्रमुख नेताहरू प्रचण्ड र बाबुरामले नयाँदिल्लीमा के–कस्तो कसम खाएका थिए भन्नेबारेमा मुनीले अमेरिकाबाट प्रकाशित 'नेपाल इन ट्रान्जिसन: फ्रम पिपल्स वार टु फ्रेजाइल पिस' पुस्तकमा उल्लेख गर्नुभएको छ। ललितपुरस्थित यलमाया केन्द्रमा नेपाली बुद्धिजीवी तथा पत्रकारसमक्ष उपस्थित भएर मुनीले लेखमा उल्लिखित तथ्य विवरण र आफूले त्यसको खुलासा गर्नुको औचित्यबारे स्पष्ट गर्नुभयो। पछिल्लो समयमा बाहेक एकीकृत माओवादीको नेतृत्वले आफ्ना प्रत्येकजसो बैठकमा क्रान्तिको दुश्मन भारत रहेको दाबी गर्दै भारतविरुद्ध आन्दोलनको विकल्प नरहेको उल्लेख गर्ने गरेका थिए। अझ आन्दोलनको सुरुवातमा त भारतीय शासकविरुद्ध आन्दोलन उद्घोष नै गरेको थियो। आफ्ना बैठकहरूबाट उनीहरूले आन्दोलनका कार्यक्रम मात्र सार्वजनिक नगरी आन्दोलन नै गरेका थिए। आन्दोलनका नाममा नेपालका लागि भरतीय राजदूतमाथिसमेत माओवादीले भौतिक रूपमा आक्रमण गरेका थिए र आफूलाई सच्चा राष्ट्रवादी कम्युनिस्ट भएको दाबी गरेका थिए। तर, उनीहरूका बैठकले गरेको निर्णय र आन्दोलनका कार्यक्रमलाई हालै प्रकाशित नेपाल इन ट्रान्जिसन: फ्रम पिपल्स वार टु फ्रेजाइल
पिस पुस्तकमा छापिएको एसडी मुनिको लेख 'ब्रिङगिङ माओइस्टइस्ट फ्रम दि हिल्स्: इन्डियन रोल्स' शीर्षकको लेखले स्पष्ट पारेको छ, उनीहरूको राष्ट्रवाद र भारतलाई लक्षित गरी घोषणा गरिएको आन्दोलनका कार्यक्रमबारे।
भारतीय प्राध्यापक एसडी मुनिले उक्त पुस्तकमा तत्कालीन हिंसात्मक विद्रोही माओवादीले भारतीय हित प्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित प्रतिबद्धाता जनाएको आफ्नो लेखमा उल्लेख गरेका छन्।
मुनीले आफ्नो लेखमा भनेका छन्, 'अमेरिका र भारतबीचमा चलिरहेको खटपटको भेउ पाएर तथा शाही नेपाली सेनालाई प्राप्त भइरहेको अन्तर्राष्ट्रिय सहयोगका कारण जनयुद्ध सञ्चालन गर्न कठिनाइ भइरहेको बुझेर माओवादीले भारतसँग गोप्य राजनीतिक सम्पर्क स्थापना गर्न २००२ को सुरुवाततिर आफ्नो नेता बाबुराम भट्टराईलाई नयाँँदिल्ली पठायो। तर, कुनै पनि वरिष्ठ भारतीय नेता, यहाँसम्म कि जवाहरलाल नेहरू विश्वविद्यालयमा डा. भट्टराईका सहपाठी रहेका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (भाकपा) का सीताराम येंचुरी, नेसनलिस्ट काङ्ग्रेस पार्टीका डीपी त्रिपाठी र जनता दलका दिग्विजय सिंहले पनि उनीसँग भेट गर्न चाहेनन्। अन्य धेरै काङ्ग्रेस र समाजवादी नेताहरूले झैं पूर्वप्रधानमन्त्री आईके गुजरालले पनि माओवादी नेताहरूसँग भेट्न अनिच्छा देखाए। माओवादीमाथि लागेको आतङ्कवादीको छापा र चर्को भारतविरोधी अडानले गर्दा भारतीय राजनीतिक समुदाय उनीहरू अछुतजस्तै भए।
अन्ततः दिल्लीमा आफ्ना कुरा राख्ने अवसरका लागि माओवादीले गरेको अनुरोधलाई जुन २००२ मा भारतीय प्रधानमन्त्री कार्यालय पुर्याइयो र त्यहाँबाट द्विविधा एवम् सतर्कताका साथ उत्साहबर्द्धक जवाफ आयो। माओवादीलाई आफ्नो दृष्टिकोण लिखित रूपमा राख्न भनियो। जसलाई उसले अनिच्छुक भएर पनि गर्यो। सक्दो वाक्पटुताको प्रयोग गरेर लेखिएको पत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा भारतीय नेताहरूलाई आश्वस्त पारेको थियो। यो पत्रको जवाफ केही महिनापछि आयो– माओवादीहरूमाथि भारतमा हुँदै आएको गुप्तचरहरूको निगरानी र आवतजावतमा बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादीका प्रतिनिधिहरूसँग छलफल गर्यो। माओवादीले पुनः लिखित रूपमा आईबीका गुप्तचरसामु आफ्नो दृष्टिकोण प्रस्तुत गरे। त्यसपछि माओवादी र 'रअ'का बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो। माओवादीले अझ बढी सहजतापूर्ण हिँडडुल गर्न र भारतमा अन्य नेपाली राजनीतिक नेताहरूसँग पनि सम्पर्क बढाउन थाले।
माओवादी र भारतीय सुरक्षा एजेन्सीहरूबीच आंशिक रूपमा खुल्दै गएको सम्बन्धमा माओवादी नेता सीपी गजुरेलको अगस्ट २००३ मा चेन्नईमा तथा मोहन वैद्य किरणको मार्च २००३ मा सिलिगुडीमा भएको गिरफ्तारीले अवरोध पुर्यायो। गिरफ्तारीका लागि जिम्मेवार हुनसक्ने कारणमध्ये एउटा आईबी र 'रअ'बीच चलेको प्रभाव क्षेत्रको युद्ध थियो। जसमा अघिल्लोले पछिल्लोलाई पछाडि पार्न गिरफ्तार गर्यो। नेपालका माओवादी र नक्सलाइटबीच बढ्दो सम्पर्कबारे बारम्बार आइरहने मिडिया रिपोर्टबाट पनि आईबी बढी चिन्तित लाग्दथ्यो। केही रिपोर्टमा त सेप्टेम्बर २००४ मा भनिएको भारतको पिपुल्स् वार गु्रप
(पीडब्ल्यूजी) र माओइस्ट कोअर्डिनेसन कमिटी (एमसीसी)को एकतामा सहजीकरणको श्रेय नेपाली माओवादी प्रचण्डलाई दिएको थियो। तर, भारतका विदेश मन्त्रालयले आईबी र 'रअ'लाई भारतीय नक्सलाइटलाई नेपालका माओवादीको सहयोगको सही चरित्र के हो भनेर सोध्दा कुनै ठोस प्रमाण प्राप्त भएन। विदेश मन्त्रालयका एक उच्च अधिकारीले लेखकसँगको एक अन्तर्वार्तामा बताएअनुसार स्थानीय तह र वैचारिक रूपमा सम्पर्क भइरहेको हुनसक्थ्यो, तर दुई माओवादी समूहबीच भारत नेपाल सीमा क्षेत्रमा सङ्गठित र संरचनात्मक किसिमको कुनै सहकार्य भएको थिएन।
उता काठमाडौंबाट नयाँदिल्लीमाथि लुकिछिपी माओवादीलाई सहयोग पुर्याइरहेको छ भन्ने लागेर गरेका आरोपको प्रतिवाद गर्न पनि दबाब परिरहेको थियो। भारतमा माओवादी नेताहरूको गिरफ्तारी ती आरोपलाई प्रमाणित गर्ने एउटा उपाय पनि थियो। नेपाली माओवादी केन्द्रीय समितिका केही गिरफ्तार सदस्य सुरेश आलेमगर, मातृका यादव र वामदेव क्षेत्रीलाई राजाको सरकारसमक्ष बुझाइयो। चाखलाग्दो कुरा के हो भने क्षेत्रीबाहेक धेरैजसो नेता माओवादीको कट्टरपन्थी समूहमा आबद्ध थिए, जो बाबुराम भट्टराईको नेतृत्वमा सङ्गठित नरमपन्थीहरूलाई हानि नपुर्याउन र नेपाली संसद्वादी दलहरूसँग गठबन्धनको मूलधारको लाइनबाट विचलित नहुन सन्देश दिएको थियो। अतीतलाई हेर्दा, माओवादी नेताहरूको गिरफ्तारीले भारतमाथि माओवादीको आशङ्कालाई गहिरो र स्थायी बनायो र माओवादी दलभित्रका विभिन्न गुटहरूबीच हाल चालू शक्ति सङ्घर्षमा भारतलाई एउटा कारकको रूपमा उभ्यायो।'

एस डि मुनी ले आफ्नो लगौटी च्यातिएको चाल पाएपछी हतारमा दिल्लिले गोपनियता भङग गरेको आरोप लगाउनु भन्दा पहिलेही नेपालामा गएर आफ्नो बचाउ गर्ने प्रायस गरेको प्रमाण यो एकातिर छँदै छ भने आर्को तिर अझै लेन्डुपको सरकार टिकाइ रखाउने नया तरिकाको चाल पनि हो भन्ने बुझिन्छ ।
ReplyDelete