(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120804

संकट निकासका लागि राष्ट्रपति शासन र दलहरुबीचको एकता गरी दुईवटा विकल्प, राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकको निकासका लागि राष्ट्रपति शासन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताउनुभएको छ । मुलुकको वर्तमान राजनीतिक संकट निकासका लागि राष्ट्रपति शासन र दलहरुबीचको एकता गरी दुईवटा विकल्प प्रस्तुत गर्दै उहाँले दुई विकल्प मध्ये राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प रहेको बताउनुभयो । “दलहरुबीच सहमति नबनेको अवस्थामा प्रत्यक्ष शासनका लागि मैले राष्ट्रपतिलाई सुझाव दिइसकेको छु, आईतवार राष्ट्रपतिले बोलाएको दलहरुबीचको बैठकमा पनि यस विषयमा छलफल हुनेछ”–अध्यक्ष बिजुक्छेले भन्नुभयो । पार्टीको रुपन्देही जिल्ला समितिले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बिजुक्छेले
प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकार चलाउन नसकेकाले लिखित रुपमै राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्न सुझाव दिनुभयो । सरकारविरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलन कमजोर र फितलो भएको र यस्तो आन्दोलनले भट्टराई सरकारले नछाड्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई बालुवाटारबाट निस्कन नदिने गरी आन्दोलनको आाधीबेहरी ल्याउनुपर्ने उहाँको भनाई छ । कतिपय दल र समुदायले संघीयता नै सबै रोगको उपचार हो भन्ने गरेकोतर्फ संकेत गर्दै उहाँले सबै समस्याको समाधान संघीयताले नगर्ने बताउनुभयो । “संघीयता नै सबै रोगको उपचार हो भन्नु गलत हो, संघीयतामा नै जाने भएपनि जातीय र भाषिक आधारमा नभै भुगोल र प्राकृतिक स्रोत साधनलाई मुख्य आधार बनाइनुपर्छ–उहाँले भन्नुभयो । अध्यक्ष बिजुक्छेले मुलुक आर्थिक–सामाजिक रुपले असफल हुँदै गैरहेको भन्दै समयमै निकास ननिकाले विदेशी हस्तक्षेप झन बढेर जाने टिप्पणी गर्नुभयो । उहाँले लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकाय इतिहासमै भ्रष्टाचारको सबैभन्दा बलियो अखडा बनेको दावी गर्नुभयो । - यमलाल भुसाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________