20120808

‘राष्ट्रपति बाँसुरी बजाएर बस्नु हुँदैन ।’


 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति डा.रामवरण यादवले मुलुकलाई निकास दिन निर्णायक कदम चाल्नु पर्ने बताएका छन् । गृह जिल्ला भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले मुलुकलाई निकास दिन राष्ट्रपति डा.यादवलाई निर्णायक कदम चाल्न सुझाव दिए । ‘राष्ट्रपतिले मुलुकलाई निकास दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रपति बाँसुरी बजाएर बस्नु हुँदैन ।’ कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद त्याग्न सुझाव दिएका विजुक्छेले मुलुकलाई बन्धक बनाएर राख्न नमिल्ने बताए । उनले भट्टराईकै कारण राष्ट्रियता खतरामा परेको दाबी समेत गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक