20120921

नेपालकी पुष्पा बस्नेत सीएनएन हिरो 2012 को टप टेनमा, अब अनुराधा कोईरालालाई जस्तै पुष्पा बस्नेतलाई प्रथम हुन हाम्रो भोटको आवश्यकता, कसरी भोट गर्ने ?

विभिन्न अपराधका कारण जेलमा रहेका बाबु आमासँगै बस्न बाध्य बालबालिकाहरुको उद्धार गरि पालन पोषण गर्दै आएकी नेपालकी पुष्पा बस्नेत सीएनएन हिरो 2012 को टप टेनमा पर्नु भएको छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनले गएराति सार्वजनिक गरेको टप टेनको मनोनयनमा पुष्पा पर्नु भएको हो । अब भोटिङका आधारमा सीएनएन हिरो घोषणा हुनेछ । सीएनएन हिरोले २ लाख ५० हजार अमेरिकी डलर पाउने छ भने टप टेनमा पर्नेले ५० हजार अमेरिकी डलर पाउने छ । विश्वभरबाट असाधारण काम गर्नेहरुलाई छानेर सिएनएनले सन् २००७ देखि हरेक वर्ष एक जनालाई सिएनएन हिरोको अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१० को सिएनएन हिरोको

अवार्ड माइती नेपालकी अनुराधा कोइरालाले जित्नु भएको थियो ।अब अनुराधा कोईरालालाई जस्तै पुष्पा बस्नेतलाई प्रथम हुन हाम्रो भोटको नितान्त आवश्यकता रहेको छ । नोभेम्बर २८ सम्म खुल्ला हुने सो भोट १ वटा इमेल बराबर १ दिनमा १० भोट गर्न पाउनेछन् । आउनुहोस् भोट कसरी गर्ने सिकौं ।
कसरी भोट गर्ने ?
शुरुमा http://heroes.cnn.com/  मा वा http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html  मा क्लीक गर्ने । त्यसपछि VOTE NOW मा क्लीक गरेपछि पुष्पा बस्नेतको फोटोमा क्लीक गर्ने । त्यसपछि तल पुष्पा बस्नेतको फोटो आउंछ । फोटो नजीकै रहेको खाली बक्समा आफ्नो इमेल राख्ने अनि तल दिइएको कोड जस्ताको तस्तै लेख्ने अनि VOTE मा क्लीक गरेपछि १ वटा भोट पुष्पाको लागि दिएको हुनेछ । यसरी लगातार दिनमा एउटै इमेलबाट १० पटक भोट गर्न पाउनेछौं ।
फेसबुकबाट पनि भोट गर्न सकिने कसरी ?
तपाईले चलाइराख्नु भएको फेसबुकबाट पनि भोट गर्न सकिन्छ । त्यसको लागि माथी दिए जस्तै शुरुमा http://heroes.cnn.com/  मा वा http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html  मा क्लीक गर्ने । त्यसपछि VOTE NOW मा क्लीक गरेपछि पुष्पा बस्नेतको फोटोमा क्लीक गर्ने । त्यसपछि तल पुष्पा बस्नेतको फोटो आउंछ । फोटो नजीकै रहेको इमेलबाट भोट गर्ने तरीका र फेसबुकबाट भोट गर्ने २ प्रकार मध्ये फेसबुकबाट भन्नेमा क्लीक गर्ने । त्यसपछि लग इन गर भनेर आएपछि फेसबुक लग इन गरेपछि एक भोट जानेछ । यो तरिकाबाट पनि एक दिनमा १० पटक लगातार भोट गर्न पाईनेछ ।
अनुराधा कोईरालाले अवार्ड पाउंदाको भिडियो हेर्न यहाँ तलको लिङ्कमा क्लीक गर्नुहोस्
http://www.youtube.com/watch?feature=endscreen&v=dA3dNG3-xLU&NR=1

1 comment:

  1. Thanks for your marvelous posting! I certainly enjoyed reading it, you can be a great author.
    I will remember to bookmark your blog and definitely will come back
    at some point. I want to encourage that you continue your great work,
    have a nice holiday weekend!
    Also visit my website :: how can increase height

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक