20120923

पूर्वराजा ज्ञानेन्द्रलाई एमाले र कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले पनि स्वागत र सम्मान गरे

पूर्वराजा ज्ञानेन्द्रलाई एमाले र कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले पनि स्वागत र सम्मान गरे । उनीहरू पूर्वराजाको कार्यक्रममा सहभागी नहुन पार्टीले दिएको निर्देशन उल्लंघन गर्दै नागरिक अभिनन्दन कार्यक्रममा सरिक मात्रै भएनन्, ‘देश बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासित बिन्ती पनि बिसाए । एमालेका जिल्ला कमिटी सदस्य जब्बरबहादुर लामिछानेले त ‘राजनीतिक दलले देशलाई सिध्याउन थाले, अब सरकारले केही गरी बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासमक्ष बिन्ती बिसाए । ‘माओवादी, कांग्रेस, एमाले कसैले केही गर्न सकेनन्, अब सरकारले केही गरिबक्सियोस्’, उनले रुँदै पूर्वराजासित बिन्ती गरे ।
-दिल शिरीष

बाग्लुङ, ७ असोज । विशुद्ध धार्मिक यात्रा भन्दै गण्डकी र धौलागिरि अञ्चलका विभिन्न जिल्ला भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूका क्रियाकलापप्रति असन्तुष्टि जनाएका छन् । देशको अहिलेको अवस्थाप्रति आफू निकै चिन्तित रहेकोसमेत उनले बताए । शनिबार बिहान पोखराबाट बाग्लुङ पुगेका पूर्वराजा ज्ञानेन्द्रले स्थानीय कालिका भगवती मन्दिरमा पूजापाठ गरी होटल पिस प्यालेसमा आराम गरे । त्यहीँ पत्रकारसित उनले भने, ‘देशको अहिलेको अवस्थाप्रति मेरो चित्त बुझ्या छैन ।’ पूर्वराजा ज्ञानेन्द्रले अप्रत्यक्षरूपमा दलहरूको गतिविधिप्रति असन्तुष्टि जनाए । आमजनताजस्तै आफूलाई पनि देशको अवस्था देखेर चित्त दुखेको उनले
पत्रकारलाई बताए । दोहोरो सवालजवाफ गर्न नदिई एकतर्फीरूपमा आºना कुरा मात्रै राखेका उनले भने, ‘देशको अवस्था मलाईभन्दा तपार्इंहरूलाई धैरै थाहा छ । आमजनताको जस्तै मलाई पनि देशको अवस्था देखेर चित्त दुखेको छ ।’ धार्मिक यात्राका क्रममा सर्वसाधारणबाट पाएको समर्थन र स्नेहले आफूलाई उत्साहित बनाएको उनले बताए । आºनो भ्रमण विशुद्ध धार्मिक आस्थामा केन्द्रित रहेको प्रस्टीकरण पनि पूर्वराजाले दिए ।
दिउँसो साढे १२ बजे पोखराबाट बाग्लुङ पुगेका पूर्वराजा शाहलाई उनका समर्थक र शिवसेनाका कार्यकर्ताले मोटरसाइकलमा स्कर्टिङ गरेका थिए । आफँैले गाडी हाँकेका उनले स्थानीय कालिका भगवती मन्दिरमा पूजा गरे । त्यसपछि उनले जिविस चोकदेखि होटल पिस प्यालेससम्म पैदल यात्रा गर्दै सर्वसाधारणको स्वागत ग्रहण गरे । पूर्वराजा ज्ञानेन्द्रलाई एमाले र कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले पनि स्वागत र सम्मान गरे । उनीहरू पूर्वराजाको कार्यक्रममा सहभागी नहुन पार्टीले दिएको निर्देशन उल्लंघन गर्दै नागरिक अभिनन्दन कार्यक्रममा सरिक मात्रै भएनन्, ‘देश बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासित बिन्ती पनि बिसाए ।
एमालेका जिल्ला कमिटी सदस्य जब्बरबहादुर लामिछानेले त ‘राजनीतिक दलले देशलाई सिध्याउन थाले, अब सरकारले केही गरी बचाउनुपर्‍यो’ भन्दै पूर्वराजासमक्ष बिन्ती बिसाए । ‘माओवादी, कांग्रेस, एमाले कसैले केही गर्न सकेनन्, अब सरकारले केही गरिबक्सियोस्’, उनले रुँदै पूर्वराजासित बिन्ती गरे । त्यस्तै, कांग्रेसका केही नेताले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका आºनो घरअगाडि घडा राखेका थिए । पूर्वराज्ञा ज्ञानेन्द्र शनिबार नै पोखरा फर्किएका छन् । फर्किने क्रममा उनले पर्वत सदरमुकाम कुस्मास्थित गायत्री मन्दिर, गुप्तेश्वर गुफाको दर्शन तथा अवलोकन गरेका थिए ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्रको भ्रमण बिथोल्न एमाओवादीका ६ भ्रातृसंगठनले संयुक्त रूपमा आइतबार स्याङ्जा बन्दको घोषणा गरेका छन् । उनीहरूले ६ घन्टे बन्दको आह्वान गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको आइतबार स्याङ्जाको गुणिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै सदरमुकाम स्याङ्जा बजारमा सर्वसाधारणसित भेट गर्ने कार्यक्रम छ । बन्दका बाबजुत पनि स्याङ्जाको भ्रमण भने स्थगन नहुने पूर्वराजानिकट स्रोतले जनाएको छ ।

कालिका भगवती मन्दिरमा पूजा गर्दै पूर्वराजा।

पूर्वराजाको स्वागतमा पञ्चकन्या।

स्वागत गर्न बसेका सर्वसाधरण।

पूर्व राजालाई बाग्लुङमा स्कटिङ गरेका मोटरसाइकलको ताँती।

2 comments:

  1. long live our king and long live our motherland Nepal...!!

    ReplyDelete
  2. -नेपालको सन्दर्भमा २४० वर्षदेखि राजसंस्थाले नेपालरुपी घर विग्रन–भत्कन दिएको थिएन। जस्तोसुकै अप्ठ्यारा परिस्थितिमा पनि आफ्नो स्वाभिमान बचाईराखेको थियो। बिदेसी दलालले (राष्ट्रद्रोहीले) बिदेसीसँग मिलेर नेपाल बारे बिभिन्न सम्झौता गरे पनि राजसंस्थाले हामी नेपाली हौ भन्नेमा गौरव गरी राखेकै थियो हामी नेपाल र नेपालीलाई। जनतासामु झुक्ने तर विदेशीको पाउ कहिल्यै नमोल्ने राजसंस्था जनतासामु झुक्यो। तर नेपाली ज...
    नताले त्यस्तो राजसंस्थालाई अझै चिन्न सकेका छैनन। जसले घर बनायो उसलाई र उसको सन्ततिलाई त्यो घरको माया सबभन्दा बढी हुन्छ। घर बनाउनले आफूले बगाएको रगत र पसिना सम्भि्करहन्छ। उसले आफ्नो सन्ततीलाई भन्छ सन्ततीले पनि यो मेरो पुर्खाले जोडेको सम्पत्ति हो यसलाई जोगाउनु पर्छ भन्ने कुरा सम्भि्करहेको हुन्छ र जोगाउने कोशिस गर्छ। नेपाल यतिका वर्षसम्म राजसंस्थाले बचाएर राखेको हो भन्ने कुरा अब प्रष्ट भैसकेको छ।-" नेपाल राष्ट्रको एकता र नेपाली जनताको साझा आस्थाकेन्द्र नेपाली राजसंस्था - अनेकतालाई एकतामा आबद्द गर्ने स्रोत नेपाली राजसंस्था । "

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक