एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र
धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् । गणेशमान सिंह स्मृति केन्द्र टोखाले आज काठमाडौंमा गरेको स्मृति सभामा उनले
नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको
टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर छन्,’ उनले भने,
‘पूर्वराजाको भ्रमणलाई पनि कसैले विरोध गर्नु हुँदैन ।’ पूर्व राजा शाहलाई जिल्ला प्रवेशमा रोक लगाएर विभिन्न स्थानमा विरोध भईरहेका समयमा एमाले नेता नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । नेता नेपालले राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म अन्य विषयमा सहमति हुन
नसक्ने प्रष्ट पारे । बाबुराम भट्टराई नेतृत्वको सरकारको सहज वहिर्गमन पछि
राष्ट्रिय सहमतिको सरकार गठन नै आफूहरुको पहिलो सर्त रहेको उनको भनाई छ । उनले सत्ता कव्जाको मानसिकता वोकेर हिँडिरहेको एमाओवादी यही अवस्थामा सरकार छाड्ने मनस्थितिमा नरहेको दाबी पनि गरे । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभामा रहेका विवादित विषयलाई
जनमतसंग्रहबाट टुंग्याउनु पर्ने सुझाव दिए । सिंहले फेरि निर्वाचनबाट बन्ने
संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन नसक्ने जनाए । उनले विवादित विषयमा जनमत संग्रह उपयुक्त विकल्प रहेको बताए । सिंहले सहमति
विना सरकारले नयाँ निर्वाचनको घोषणा गरेकै कारण देश संवैधानिक संकटमा
फसेको आरोप पनि लगाए ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक