(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120925

लागूपदार्थ कारोबारको अभियोगमा परेर नौ बर्षदेखि मलेशियाको कारागारमा रहेका नुवाकोट, बसुन्चेत-१ का हरिबहादुर घलेलाई मृत्युदण्ड

ghale

लागूपदार्थ कारोबारको अभियोगमा परेर नौ बर्षदेखि मलेशियाको कारागारमा  रहेका नुवाकोट, बसुन्चेत-१ का हरिबहादुर घलेलाई मृत्युदण्ड दिनेबारेको उच्च अदालतको फैसलालाई क्वालालाम्पुर सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
मंगलबार बिहान भएको अदालती निर्णयले ‘घलेको बचाउमा गरिएको आवेदन’ खारेज गर्दै पुरानै मृत्युदण्ड फैसलालाई सदर गरेको हो । मलेशियामा लागूऔषध कारोबार गरेको अभियोगमा २००३ मे ३० मा घले पक्राउ परेका थिए । क्वालालाम्पुरस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्ती अनुसार मलेशियामा तीन वर्ष काम गरी घर फिर्ने क्रममा र होटेलको कोठामा बसिरहेकै बेला घले पक्राउ परेका थिए । घलेले अर्का चिनारु कामदार गणेश तामाङको आग्रहमा एउटा झोला बोकेका थिए । त्यही झोला खानतलासी गर्ने त्रत्रममा ८सय७५ ग्राम हिरोइन फेला परेको आधारमा प्रहरीले घलेलाई पक्राउ गरेको थियो । उक्त घटनामा मुख्य व्यक्ति मानिएका झोला मालिक गणेश तामाङ्ग
भने घटना हुनु पूर्वै फरार भइसकेको दुतावासलाई जानकारी भएको थियो । घलेसँगै पक्राउ परेका साजन गुरुङ स्वास्थ्य समस्याबाट ग्रसित भएर उपचार क्रममैं मलेशियास्थित काजंग अस्पतालमा गत २०१० जनवरी २० मा निधन भइसकेको छ ।
‘लामो समयसम्म विदेशको जेलमा रहेका घलेको घरको आथिर्क अवस्था दयनीय छ,’दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मलेशियाको प्रहरी प्रशासनले घलेलाई लागूऔषध सम्बन्धी नियम १९५२ को दफा ३९ अन्तर्गत मद्दा चलाएको र यसै क्रममा जालन दत्त उच्च न्यायलयले २००९ नोभेम्बर २६ मा उनलाई मृत्यूदण्ड दिने फैसला गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________