(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120926

यो हो तीजको मज्जा, यस्तो हुन्छ वास्तविक तीज, गुल्मीको तीज : भिडियो हेर्नुस आफै मुल्याङ्कन गर्नुस !


सप्तचन्डी महिला समुहको आयोजनामा आज रिडीको रुरुक्षेत्र खेल मैदानमा खुल्ला तिज गीत प्रतीयोगिता सम्पन्न भएको छ्। हजारौ दर्शकहरुको उपस्थिती रहेको आजको कार्यक्रममा १०  समुहले भाग लिएका
थिए। प्रतिस्पर्धीहरु मध्ये सर्बोत्क्रिस्त नाच प्रस्तुत गर्ने समाज सेवा आमा समुह,अस्लेवा प्रथम भइ १० हजार रुपैया पुरस्कार प्राप्त गर्न सफल भएको थियो त्यस्तै रामकृष्ण आमा समुह,कारीकोट दोश्रो भई नगद ६ हजार रुपैया र भगवती जन कल्याण,रिप्दी तेश्रो भइ नगद ३ हजार रुपैया प्राप्त गर्न सफल भएका थिए । कार्यक्रम दुइ खन्डमा बिभाजन गरी सन्चालन गरीएको थियो पहिलो खन्डमा प्रतिस्पर्धीहरुले स्टेजमा उपस्थित भई १० मिनट न्रित्य प्रस्तुत गर्न लगाइएको थियो जसका लागि ९० अंक छुट्टाइएको थियो भने दोश्रो खन्डमा सम्पूर्ण प्रतिस्पर्धीहरु लाई खुल्ला मैदानमा एकै साथ न्रित्य प्रस्तुत गर्न लगाइएको थियो जसका लागि १० अंक छुट्टाइएको थियो। धना रानाको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख अतिथी माया गुरुङ रहनु भएको थियो भने बिशेष अतिथीमा रुरु गाबिस सचिब बोधराज आचार्य रहनु भएको थियो। कार्यक्रमको उदघातन कार्यक्रमका सभापति धना राना र प्रमुख अतिथी माया गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रम सन्चालन सुशिल श्रेष्ठले गर्नु भएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________