20120904

भारतमा सात जना नेपाली मजदुरको मृत्यू

सडक निर्माणका लागि भारत गएका सात जना नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यू भएको छ । पिथौरागढ जिल्लाको धार्चुलादेखि ५० किलोमिटर उत्तर डरग्राम दर्मा एरियामा निर्माणाधिन पाड्वा ग्राम सडक निर्माणमा संलग्न बैतडीको बिशालपुर र शर्माली गाविसका सात जना शनिबार साँझ पुरिएका हुन् । घटनामा चार जना घाईते भएका छन् । मृत्यू हुनेमा बिशालपुर–२ रोकटाका ४३ वर्षिय मानध्वज लुहार, ३५ वर्षिय बिसनराम लुहार, ३२ वर्षिय श्यामराम भूल, ४० वर्षिय सन्तोष लुहार, ३० वर्षिय रामीराम लुहार, शर्माली–७ का २५ वर्षिय बीरेन्द्रराम सोनी र ४९ वर्षिय झुप्पुराम सोनीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकको शव ल्याउने पहल भईरहेको प्रहरी निरीक्षक बिचित्र शाहले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक