(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120930

नेपाली कांग्रेसका कार्यकर्ताहरुले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाए

(अमेरिकाका लागि नेपाली कांग्रेस प्रतिनिधि मुदुला कोइरालाले विरोध पत्र श्रेष्ठलाई यसरी बुझाएकी थिइन् )
नेपाली कांग्रेसका कार्यकर्ताहरुले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाएका छन् । न्यूयोर्कमा भएको एक कार्यक्रममा श्रेष्ठलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । कांग्रेस कार्यकर्ता कराँते खेलाडी मकेन्द्र सिंह, उत्तर अमेरिकाका लागि नेपाली कांग्रेस प्रतिनिधि मुदुला कोइराला, मुनेन्द्र नेम्वाङ, बिष्णु सुबेदी, जेनिश गुरुङ, नबिन शेरचन  सहितका कांग्रेसीहरुले श्रेष्ठलाई कालो झण्डा देखाउंदै नाराबाजी गरेको बताइएको छ । प्रदर्शनकारीहरुले भट्टराई सरकार अवैधानिक रहेको र तुरुन्त सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका थिए । उनीहरुले ज्ञापनपत्र पढेर सुनाउने प्रयत्न गरे पनि आयोजकहरुको विरोध गरेपछि कोइरालाले विरोध पत्र श्रेष्ठलाई बुझाएकी थिइन् । सो पत्रमा माओवादी नेतृत्वको सरकारले निरङ्कुशता लाद्न खोजेको आरोप लगाइएको छ ।
*******************************************
र यो फोटो पोज पनि ओबामा र मिसेल सँग को ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________