20121001

अविरल बर्षाका कारण कोलबुङ–२ स्थित मेची राजमार्गमा माथिबाट पहिरो खस्दा पाँच वटा सवारी साधन पुरिए, पहिरोमा पुरिएर १४ जना बेपत्ता

इलाम जिल्लामा पहिरोमा पुरिएका भएका मध्ये सात जनाको शव फेला परेको छ । अविरल बर्षाका कारण कोलबुङ–२ स्थित मेची राजमार्गमा माथिबाट पहिरो खस्दा पाँच वटा सवारी साधन पुरिएका थिए । पहिरोमा पुरिएर १४ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिनेमा मे.१ ज २६१९, मे.१ ज ११९६ नम्बरको पिकअप, को.१ ख १६१९ नम्बरको ट्रक, मे.१ च ११९१ नम्बरको सेन्ट्रो कार र को.१ च १२५६ नम्बरको अल्ट्रोकार पुरिएको प्रहरीले जनाएको छ । सोमबार राति साढे आठ बजे भएको घटनामा मे.१ ज २६१९ नम्बरको पिकअप गाडीमा सवार ३ जनामध्ये २ जना बेपत्ता छन् । सामान्य घाईते चालक फिक्कल–५ बस्ने रोशन तामाङलाई क्लिनिकमा उपचार गरिएको छ । प्रहरीका अनुसार मे.१ ज ११९६ नम्बरको गाडीमा सवार ७ जना सकुशल रहेका छन् भने को.१ ख १६१९ नम्बरको ट्रकमा सवार ३ जना पनि सकुशल रहेका छन् । ट्रकका एक जना यात्रु बेपत्ता छन् । मे.१ च ११९१ नम्बरको कारमा सवार ५ जनामध्ये चालक सकुशल रहेका छन् भने ४ जना बेपत्ता भएको प्रहरी भनाई छ । को.१ च १२५६ नम्बरको कारमा सवार ६ जना पनि बेपत्ता छन् ।
पहिरोमा परेकाहरुको जिल्लास्थित सुरक्षा निकायले उद्धार गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक